बाँकेको राप्ती नदिमा र्याफ्टिङ सुचारु

बाँके, बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गत प्रने राप्ती नदिमा र्याफ्टिङ सुचारु भएको छ । गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्मको करिब २७ किलोमिटरको दुरिको राप्ती नदीमा शुक्रवार देखी र्याफ्टिङ सञ्चालनमा आएको हो ।राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले र्याफ्टिङ सञ्चालनमा ल्याएको हो । र्याफ्टिङको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उदघाटन गरेका छन् ।

र्याफ्टिङको पहिलो सुरुवतीमा मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का लगायतले र्याफ्टिङ गरे ।

पर्यटन प्रवर्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न र्याफ्टिङ शुरु गरिएको बताइएको छ ।