नेपालगन्जका समाजसेवी राजा खानद्धारा दैवीप्रकोप कोषमा १ लाख सहयोग

नेपालगन्ज । नेपालगन्जका समाजसेवी राजा खानले रसुवामा गएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रू १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१२ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका खानले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

समाजसेवामा विगतदेखि नै सक्रिय खानको तर्फबाट नेपालगन्ज टेलिभिजनका पत्रकार इरफान अलीले आज बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष उक्त रकम हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा पीडित नागरिकको सहयोगका लागि गरिएको यस योगदानले मानवीय सेवाप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ ।