पत्रपत्रिका Archive

देश बेइमानले चलाएका छन् : ओली

काठमाडौं, प्रमुख प्रति पक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइमानले चलाएको आरोप लगाएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले गरेको एक कार्यक्रमलाई आज (मंगलबार) सम्बोधन गर्दै ओलीले अहिले जताततै विकृति

महामन्त्रीमा उठ्ने गगनको घोषणा

काठमाडौं, कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु।

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि…

डोटी, डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको

भरतपुर अस्पतालमा एक वर्षमा ७ जना मेडिकल सुपरिटेण्डेण्ट फेरिए

चितवन, भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको

भागबण्डा मिलाउन बालुवाटारमा छलफल

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी छ । केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र

राहदानी लिनै हैरानी

काठमाडौं, मौसम विभागले सार्वजनिक गरेको सूचना ठ्याक्कै मिलेर हुनुपर्छ झरी रोकिएको थिएन । घडीले बिहानको ४ बजाएको थियो । झरीमा रूझ्दै सेवाग्राही पुगिसकेका थिए । ढिला पुगे काम नहुने चिन्ता । घुम्न, पढ्नभन्दा पनि नेपालमा रोजगारी

आज कृष्ण जन्माष्टमी : सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १४ गते कृष्ण

पहिरोको कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं, अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ ।त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले

अफगानिस्तानका यि पूर्व मन्त्री, जसले ‘डेलिभरी ब्वाइ’को काम गर्छन्

काठमाडौं, सयेम सादात अफगानिस्तानका पूर्व सञ्चारमन्त्री हुन् । दुई वर्षसम्म मन्त्री पदमा रहेका सादातले सन् २०१८ मा आफ्नो पदबाट राजीनामा दिए र, जर्मनीतर्फ लागे । भविष्यको खोजीमा जर्मनीको पूर्वी सहर लेइपजिगमा पुगेका उनी ‘डेलिभरी ब्वाइ’ को

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च

काठमाडौं, पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड