ट्रकमा भेटियो १७५ किलो गाँजा, दुई जना पक्राउ

मकवानपुर, मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका ३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।