आईटीएफको सिनियर डान ग्रेडिङ्ग सम्पन्न

काठमाडौं, त्रिपुरेश्वरस्थित नेपाल आईटीएफको केन्द्रिय प्रशिक्षण सेन्टरमा शुक्रबार सिनियर डान ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा २ जनालाई छैठौं डान र एक जनालाई पाँचौं डान प्रदान गरिएको नेपाल आईटीएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

छैठौं डान प्राप्त गर्नेमा राजमन्दिर श्रेष्ठ र गोपाल श्रेष्ठ रहेका छन् भने राजेश बुलाखेले पाँचौं डान हासिल गरे । भारतका नवौं डान ग्राण्डमास्टर राजेन्द्र बलानले ग्रेडिङ्ग लिएका थिए ।

अध्यक्ष धमलले नेपाल आईटीएफले आयोजना गरेको डान ग्रेडिङ्ग कार्यक्रमले तेक्वान्दो खेलाडी उत्पादनमा थप टेवा विश्वास व्यक्त गर्दै नेपालमा सिनियर डान प्राप्त प्रशिक्षकहरु भएमा खेलाडी उत्पादनमा थप गुणस्तर वृद्धि हुने बताए ।