मिटरब्याज पिडित किसानको आन्दोलनमा अखिल (क्रान्तिकारी) को ऐकेबद्दता

काठमाडौं, काठमाडौंमा केही दिन देखि जारी मिटर ब्याजबाट पिडित किसानहरुको आन्दोलनमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले ऐकेबद्दता जनाएको छ । मिटरब्याजि र ठगि आतंक बिरुद्ध संयुक्त किसान-मजदुर संघघर्ष समितिद्दारा बिगत ४ दिन देखी काठमाडौंको मइतिघर मण्डलामा जारी उक्त आन्दोलनमा अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा सैयौँ विद्यार्थी नेता तथा कार्यकर्ता पुगेर उक्त किसान आन्दोलनमा ऐकेबद्दता जनाउदै प्रदर्शन समेत गरेका छन् ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य गोबिन्द बिस्टले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पिडित किसान र मजदुरहरुलाई न्याय दिई मिटरब्याजि ठगहरुलाई कार्वाही गर्न सरकारसङ्ग माग गरे । उनले देशैभरीबाट पिडित किसान- मजदुरहरु आखामा आसु चुहाउदै, श्रावणको झरीमा राज्यसङ्ग न्यायको आसामा सडकमा बसिरहेका छन । यो अन्धो सरकार किसानका पिडा देख्दैन, यो बहिरो सरकार मजदुरहरुको आवाज सुन्दैन, राज्यले जनताको अभिभावकत्व ग्रहण गर्नुपर्छ तर देउवा सरकार मिटरब्याजी ठगहरुको सङरक्षणमा लागेको छ, बिस्टले भने ।

‘सरकारले रास्टघाती नागरिकता बिधेयकको बिरोधमा उत्रीएका युवाहरुलाई गिरफ्तार गर्छ, एमसिसीको बिरोधमा उत्रेका देशभक्तहरुलाई गिरफ्तार गर्छ तर ठगि धन्दा चलाइरहेका मिटरब्याजिहरुलाई राज्यले कार्वाही गर्दैन’, उनले भने । पछिल्लो समय देशैभरी मिटरब्याजिहरुको बिगबिगि बढ्दो छ, नेकपा (बहुमत) ले देशैभरी मिटरब्याजिबिरुद्द सङ्घर्ष गरीरहेको छ ।’

आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार, मिटर ब्याजलिनेलाई कारबाही गर्, मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहिन बनाउन पाइँदैन, लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।