स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि कलुमले काएल कोत्जरसँग ८२ रनको साझेदारी गरे । कोएत्जरले अविजित ४४ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।

त्यसअघि ग्लास्कोस्थित टिटवुड मैदानमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए ।