काभ्रे तेक्वान्दोमा केशव

काठमाडौं, केशव थापालाई अध्यक्षमा निरन्तरता दिदै काभ्रे जिल्ला तेक्वान्दो संघको दोश्रो चुनावी साधारण सभाले १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।

उद्धव सापकाटो र अमृत हुमागाईं उपाध्यक्षमा चयन भए । रामकृष्ण घिमिरेले सचिव, दीपक थापाले सह–सचिव र रुपक ताम्राकारले कोषाध्यक्षको जिम्मेवारी पाए ।

सदस्यमा दीपेन्द्र थापा, सुरज तामाङ, स्नेहा भेटवाल, चाँदनी पौडेल, सुनिल सापकोटा, विनोद थापा, मनोज सापकोटा, अमृत हुमागाईं र कृष्णप्रसाद घिमिरे रहेका छन् ।