बौद्ध घटनामा डीएनए परीक्षण गर्ने तयारी

काठमाडौं,बौद्धको टाउन प्लानिङमा प्लास्टिकको बोराभित्र भेटिएको खुट्टा पुरुष वा महिला कसको हो भन्ने खुल्न सकेको छैन। लिंग पहिचानका लागि प्रहरीले डीएनए परीक्षण गराउने तयारी थालेको छ।प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्की भन्छन्, ‘खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउन पनि गाह्रो भयो, डीएनए परीक्षण गर्ने तयारी गरेका छौं।’

मंगलबार बिहान ७ बजेतिर मानिसको खुट्टा भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार घटना गम्भिर प्रकृतिको भएकाले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फेरिन्सक विज्ञको टोली पनि बोलाइएको थियो । टोली पनि डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ।

‘खुट्टा जलेको अवस्थामा भएकाले पनि लिंग छुट्टयाउन गाह्रो भयो’ सिंहले अनलाइनखबरसँग भने, ‘उमेर समूहचाहिँ हड्डीको परीक्षणबाट खुल्छ कि भन्ने अपेक्षा छ ।’