एक स्वास्थकर्मीले अस्पतालको सैयाबाट भोगिरहेको त्यो कहाली लाग्दो दृष्य

मलाई लाग्छ ! जिन्दगीको अन्तिम क्षेण यही नै होला ? जहाँ कोभिड- १९ ले अरूलाई झै मृत्यु उपहार दिएर जाला जस्तो छ । आफुलाई कोभिडको उपहार हुन असमर्थ जनाउदै मृत्यु जित्नकै लागी संघर्ष गरीरहेको एक म छु र मेरो छेउमै मेरो सहकर्मी स्टाफ जो मेरो कोठामासंगै बस्ने रुम पाटनर पनि हो ।

कैयौँ बिरामीसंग नजिक भैइयो होला तिनै बिरामिको सेवा गर्दागर्दै कतिबेला कोरोनाले आफैलाई पो समाती सकेछ । हिजोसम्म अरुलाई बचाउन खोज्ने हामी दुबै जना आज आफै मृत्युलाई जित्न संघर्ष गरीरहेका छौँ । बेडको सिरानी तिर औषधी चाङ लगाउदै हातका शिराहरु क्यानुलाको डोबहरुले छियाछिया पार्दै कृतिम अक्सिजनको सहायताले बाच्ने झिनो आस बोकेर अस्तालको सैयामा लखरन्न तरिकाले मृत्युुसंगको भिषण यद्धमा छौँ ।

गन्धहिन खानाको स्वादमा घरको आमा बुवा, गाउँघर आफन्त जनहरुको सम्झना गर्दैगर्दा चेकजाचको लागि जब डाक्टर र नर्सहरु जब हाम्रो बेड सैयामा आउनु हुन्छ, अनि महसुस हुन्छ जन्म दिने बाबा आमा पछी फेरि पुर्ण जन्म दिन अर्को भगवान प्रकट हुनु भयो र उहाँहरु नै हुनुहुन्छ । हामीलाई मात्र हैन् हामी जस्तै कैयन बिरामी बेडमा छटपटाइरहनु भएको छ । कसैले छिटै अक्सिजन नपाएर बेड्मा राख्न नपाउदै मृत्युवर्ण गरेको देखिन्छ त कोही अक्सिजन पाएर पनि बाच्ने अवस्था नभएर मृत्युवरण गर्दै गरेको चित्कार हृद्धय विधारक कारूणिक दृश्य दैनिक रुपमा देखिन्छन् । मृतकका आफन्तीहरू पिपिइ सेट कवच चलगाएर टाढैबाट मृतकको प्राथिव शरीर निहाली रहेका हुन्छ्न् ।

एक छिन ती आफन्तिहरुको रोदनले वार्ड पुरै सन्नटा छाएको हुन्छ । एकै छिनमा मृर्त शरिरलाई प्लास्टिकमा बेरेर सब बहनमा राख्दै गर्छ्न र उनिहरुले आफ्नो आफन्त लाई सदाको लागी गुमाई सकेका हुन्छ्न । बचाउनलाई भगवान रुपी डाक्टर र नर्सहरूले सकेसम्म आफ्नो शिप प्रयोग गरेकै हुन्छन तर जती गर्दा पनि आखिर केही उपाए नलाग्दा उहाँहरूको अनुहारमा पनि एक किसिमको सन्नटा नै छाएको देखिन्छ ।

जसी सक्दो उहाँहरुले आफ्नो कर्तव्य पूरा गर्नु हुन्छ । हामीले जुन खालको पीडा भोगी रहेका छौ त्यो कसैले पनी भोग्न नपरोसम जहाँ आफ्नो सन्तानले अस्पताल सम्म जाने एम्बुलेन्स नपाएर, अस्पताल पुगिहाले पनी बेड र अक्सिजन नपाएर छट्पटाई छ्टपटाई मर्नु पर्ने अवस्था नआओस। अनिवार्य रुपमा सामाजिक दुरी कायम गरौँ। अनावस्यक भिडभाड नगरौँ । स्यानिटाइजर र साबुन पानीले हात धुन कहिल्यै नभुलौँ। जसबाट आफू र आफ्नो परिवार बचाउनु छ, समाज, समुदाय र देश बचाउनु छ ।
३कपिलवस्तु