वाइसीएल बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको सहायक संगठन (वाइसीएल) बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण गरेको छ ।सोमबार बाँकेको नरैनापुर गाउँपालिका वडा न.४ खोदवाका कुल १२० आगलगि पीडित घर परिवारलाई उक्त राहत बितरण गरेको हो । राहतको रुपमा प्रति परिवारलाई २ थान तन्ना र १ थान झुल बितरण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी, ‘नमुना,’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ र जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपी ओम बहादुर राना लगायत स्थानीय हरुको रोहबरमा आगलागी पिडित परिवारलाई राहत वितरण गरिएको वाईसियल बाकेले जनाएको छ ।

वाइसीएल नेपालका केन्द्रिय सचिब रतन शाहीको नेतृत्वमा संगठनका बाँके जिल्ला संयोजक आकाश कार्की, केन्द्रिय कमिटी सचिवलाई सदस्य मनिषा चडारा, केन्द्रिय सदस्य सुरज जागा, लुम्बिनी प्रदेश कमिटी सचिवलाई सदस्य पुर्ब जिल्ला उपाध्यक्ष जीत शेष, लुम्बिनी प्रदेश सदस्य पुर्ब जिल्ला उपाध्यक्ष तिराथराम चिडिमार, नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष इमाम खान लगायत जिल्लाका युवा नेता कार्याकर्ताहरुको बिशेष पहलमा राहत वितरण गरिएको हो ।