सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५ सयले घटेर ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ।तेजावी सुनको मूल्य तोलाको ८५ हजार ५५० रुपैयाँ‍ रहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।