समर्थन फिर्ता नलिन दबाब छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्को दबाव रहेको बताएका छन्।बृहत् नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै उनले भने, ‘समर्थन फिर्ता नलिन आफुमाथि दबाव रहेको वताए । हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ सक्छ।

अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु।’ओलीको प्रतिगमनविरुद्ध साझा धारणा बनाउनुपर्ने उनको भनाई छ।‘सेटिङ गरेको भन्ने ओली पक्षले कुरा गरिरहेका थिए। मैले सार्वजनिक रुपमा त्यो सेटिङ जनताको बलमा भयो। हामीले एउटा ब्याटल जित्यौँ, उनले भने, ‘हामीले सोच्यौँ संसद पुनःस्थापनापछि ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको हो।

त्यो निर्णयपछि हामीले राजनीतिक रिल्याक्स गरेका थियौँ। तर, लोकतन्त्रको विरुद्ध डिजाइन छ भनेर हामीले तयारी गर्नुपर्थ्यो तर, हामी त्यहाँ चुक्यौँ।’पार्टी एकता भंग गर्ने सर्वोच्चको दुई न्यायाधीशको निर्णय अस्वभाविक भएको दाबी गरे। ‘हामीले विवादित निर्णय मानेका छौँ। तर, त्यो निर्णय सहि छैन। त्यसैले पुनरावलोकन जान्छौँ’ उनले भने।