युभेन्ट्सको सहज जित

काठमाडौँ,इटालियन सिरी एमा युभेन्ट्सले सहज जित दर्ता गरेको छ। गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-०ले पराजित गरेको हो।

पहिलो हाफक खेल गोलरहित बराबरीमा सकिएको थियो।६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।खेलको ७१औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे।

त्यसपछि ८९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३-० को सहज जित दिलाए  सिजन लिगमा रोनाल्डोको यो २०औं गोल हो। उनी लगातार १२ सिजन युरोपको शीर्ष ५ लिगमा २० गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।

जितसँगै युभेन्ट्स २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ।पराजित स्पेजिया २५ अंक जोडेर १६औं स्थानमा रहेको छ।