प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा
प्रकासित मिति : २०७७ फाल्गुन ७, शुक्रबार १७:४६
प्रकासित समय : १७:४६
काठमाडौं,प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।