आत्महत्या रहर होइन कहर हो

समाजमा धेरै प्राणी अवस्थित हुन्छन् ति प्राणीहरु मध्य मानव एक चेतनशील प्राणी हो । मानवले आफ्नो जीवन निर्वाह गर्न धेरै सङ्घर्ष गर्नु पर्छ । समाजमा हुने खाने भन्दा हुँदा खाने एकदमै निम्न अवस्थामा आफ्नो जीवन गुजारिरहेका हुन्छन् । त्यसमा ठूलाबडा भनौदाहरुको सास्ती व्यहोर्दै अघि बढ्नु पर्छ ।समाजको नीतिलाई इंगित गर्दै अघि बढ्न बाध्य हुन्छौँ । ठूलाबडाहरूको भयानक कमजोरीहरूलाई पनि हाँसीहाँसी भुल्न सक्नु पर्छ जब आवाज उठाउने प्रयत्न गरिन्छ तब कमजोर हैसियतको मान्छे नै पछि पारिन्छ र भनिन्छ । यस्ता सानातिना कुरामा मन दुखाउने होइन।हामी त आफ्नै मान्छे या त घरपरिवारमा कलह ल्याउनु उत्तम ठानिदैन यस्तै कुराले कमजोर बनाइन्छ । जस्ले निर्दोषलाई दोषी बनाइदिन्छ । समाजको नीतिलाई अंगाल्न नसकिने अवस्थामा पनि चुप लागेर हि हि गर्दै दाँत देखाउन बाध्य भइन्छ । सिधै नाङ्गो आँखाले देखेका तस्विरहरुले मान्छेलाई झुक्काएको हुन्छ भने हामी अरुको आँखा र मुखको भर पर्ने गर्छौं ।

आत्महत्या गर्न किन खोज्छन् ?

सुनेकै कुराहरूलाई भयावह अवस्था ल्याइदिन्छ । यस्तै कैयौं घटनाक्रम हामी देख्न सक्छौँ ।

१ चाहेका कुराहरू पूरा नहुँदा
२ घरपरिवारको माया ममता र साथ नपाउँदा
३ कसैले गरेको अपशब्द र अपमान सहन नसक्दा
४ प्रेममा असफल
५ तनाव र पिडा
६ आफ्नो बसमा अरू नचलाइदिँदा(आफूलाई हेपेको,दबाब दिएजस्तो ठानेर)
७ समाजको अभद्र र अनैतिक व्यवहारले गर्दा
८ आफूभन्दा ठूलाको दबाबको कारण

यि सबै कुराहरू कसैको सामु व्यक्त गर्न नसक्दा मानिसहरु आत्महत्या गर्दछन् ।सबैसँग एउटै सोच,बिचार,चाहना र तरिका हुदैन । जीवन निर्वाह गर्न सबैको आआफ्नो कला हुन्छ र सबैको कलालाई हामीले सम्मान गर्न सिक्नु जरुरी छ । कोही जिद्दी स्वभावका हुन्छ तिनीहरूको इच्छा बुझिदिन घरपरिवारको दायित्व हो । कोही गम्भीर स्वभावका हुन्छन् भने कोहि चन्चले स्वभावका हुन्छन् त्यसैले व्यक्तिपिच्छे सबैको स्वभाव पहिचान गर्नु परिवारको ठूलो दायित्व हो । चाहेको कुरा पूरा गर्न नसक्दा या पूरा नगरिदिँदा छोराछोरीले नराम्रो बाटो रोज्न सक्छ ।

गुमेका कुरा फेरि पनि प्राप्त गर्न सबैसँग खुबी हुँदैन तर पनि हजार पटक प्रयास गर्दा गर्दै पनि असफल भयो भने कोही मर्न नसकि घर छाडेर हिड्छ भने कोही झुन्डिएर आत्महत्या गरेका घटनाहरु हामीले सुन्दै आएको छौँ । आफ्ना इच्छाचाहना पूरा गर्न भनि डिप्रेसनमा धकेलिएका कतिको जीवन मरेतुल्य भएको होला तर पनि कैयौं प्रयास गर्दा पनि असफल भयो भने र खुशीको कुनै पाटो भेटिएन भने मनमा गुम्सिएका अनेक थरी समस्यालाई अभिभावक र निकट साथीसँग खोल्न डरले या लाजले गर्दा, समस्या कसैले नसुनिदिदा,बुझिदिँदा आत्महत्या गर्न पुग्छन् ।

आफ्नो परिवारको उज्वल भविष्यको लागि युरोप नै पठाउन पर्दैन त्यस्को साटो राम्रो संस्कार र बलियो मनस्थिति दिने हो । सबैसँग महङ्गो कार र मोटरसाइकल चढ्न रहर हुदैन कतिपयले त मुढामा चढेर पनि समुद्र पार गरेका छन् । सबैसँग महङ्गो घरमा बस्ने रहर हुदैन कतिपय परिवारको मायामा पनि बेरिन रहर हुँदो हो । सबै महङ्गो पलङ्गमा पल्टिन चाहँदैनन् जस्लाई ओतमुनि झार नै काफी हुन्छ । सबैलाइ स्मार्ट फोन चाहिँदैन जस्लाई परिवारसँग छाक टार्न एक गाँस भए पुग्छ,सबैको रहर महङ्गो लुगा लगाउने हुँदैन कसैलाई त नाङ्गो शरीर ढाक्न एक सरो भए पुग्छ तर पनि यहाँ मान्छेका आफ्नै किसिमको जीवन प्रक्रिया छ। नेपाली हौँ भन्ने पनि यकिन छ तर पनि कमजोर हामी नै कहलिन्छौँ ।

निष्कर्ष

भनिन्छ नि समस्या पछि समाधान पनि छिपेर आएको हुन्छ हामीले त्यसलाई नदेख्दा कायर कहलिन्छौँ । अभिभावकले आफ्नो बालबालिकालाई सहि पदमा निरन्तर लाग्न हौसला दिनुपर्छ । घरका सदस्यहरुको मनोवृत्ति बुझेर मास्टर प्लानसँगै अगाडि बढ्नु पर्छ । घरपरिवार र सदस्य बिचको नाता सँधै निकट बनाउन पर्दछ । समाजमा घट्ने हरेक घटनाहरूको पहिचान गर्न त्यहाँका जनतालाई प्रतिनिधित्व गर्ने व्यक्तिले ख्याल गर्नु पर्दछ ।

मानिसका हरेक क्रियाकलाप उस्को व्यक्तित्वमा भर पर्छ र विचारवादी , प्रयोगवादी र संज्ञानवादी भावनालाई समेटेको हुन्छ । विचारहीन मान्छे बुद्धिहीन हुन्छ भन्ने भनाई छ मतलव आफ्नो मनमा लागेको कुरा कसैलाई सहजै भन्नु पनि एउटा कला हो । मानिस भएर जन्मिए पछि केही उतारचढाव आउनुलाई स्वभाविक नै मान्नुपर्छ तर आफूले नजाने नबुझेका कुराहरूलाई अरु सामु प्रस्तुत गर्न नसक्नुले जीवनको अन्तिम क्षणसम्म पिडा दिइरहन्छ । परिवारको खुशीको लागि आफ्नो अमुल्य जीवन वर्वाद बनाउन पुग्छन् ।

यस्ता धेरै घटनाहरू छन् जसले घरपरिवार र समाजमा रीति नै लगाएका छन्। आजको यो युगमा आएर पनि हामी युवा झुककियौं भने हामीले आउने भावी पुस्तालाई के सिकाउन सक्छौं । हामीले नै परिवर्तन गर्न ‌सक्छौ । हाम्री आमाले गुनिऊ लगाउने छोरीबुहारी राम्री र सोझी मान्छिन् तर हामीले गुनिऊ लगाएर हिड्न सक्दैनौं किनकी हामी त्यो युग त्यो जमाना भन्दा फरक वातावरणमा ‌रमाइरहेका छौँ । त्यो जमानामा हातले भात खान्थिए भने‌ अहिले चम्चा र कांटाहरू प्रयोग गरिन्छ त्यस्तै त्यो जमानामा आमा बाबुको आँखाको इसारामा चलेका हाम्रा आमा बाबु अचेल छोराछोरी त्यसै गरून भन्ने ठान्दछन्।

हामीले आफ्नो व्यक्तिगत अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्न सक्नु पर्छ किनकी यो युगमा ‌परिवर्तन ल्याउन एकदम जरूरी छ साथै अभिभावकहरू के कुरामा ध्यान दिनुपर्छ भने आफ्नो परिवारको सदस्यको रुचीका बारेमा जानकार हुन जरूर छ । परिवारमा सबैजना खुशी बाँड्दै अगाडि बढ्नु पर्छ।परिवारले छोराछोरीको खुशीमा आफ्नो खुशी देख्न सक्नुपर्छ तब सबै परिवर्तन हुन्छ।