“समयनै बलवान”

 

सुख पछी दु:ख समयकै चक्र ,
दुलाहा हुदा जन्ती अगी आफु पछी
लास हुदा मलामी पछी आफु अगी,
कहिले अगी कहिले पछी समयनै बलवान।

जिउँदो हुँदा स्नान गरेकै छन् सबैले,
मरे पछि लास छुदा पनि नुहाउनु पर्ने,
भगवानको शरणमा सबैले मागेकै छन भिख,
एकै समयमा गरिबले मन्दिर बाहिर माग्दै छ,
धनीले मन्दिर भित्र ,रीतमा पनि समयनै बलवान्।

एक रुपैयाको टिकीले शीरै उज्यालो,
हजारौंको पाउजु खुट्टमा के अर्थ भयो र,
समयले शिरको टोपी हेर्नेले मित्र देखायो,
खुट्टाका जुत्ता हेर्ने अगि पछि शत्रु चिनायो।
देखाउने र चिनाउनमा पनि समयनै बलवान्।

सस्कृतिलाई बिकृतिले खै कसरी झुक्यायो,
मरे पछि बत्ती जगाउने सु-सस्कृतिका हामी ,
जन्म जयन्तीका बत्ती खै किन निभाउन थालियो,
आफ्नो बिर्सीअरुकै रीत सिकाउन समयनै बलवान्।

जोडिएका सम्बन्धलाई छुट्टाउने समय नै,
भाग्यलाई दोष दिदा कर्मलाई बिर्साउने,
मुखबाट आउने बोली बन्द भयो यहाँ ,
मनमा पीडा बढाउन पनि समयनै बलवान्।

साथमा बसी मुस्कुराउदै धोका दिने आफ्नै भए,
खुल्लेआम लड्ने यद्ध जिते कै छन् सत्यले,
सधै एकैनास नहुने समयले घुस नखाने रहेछ ,
बर्खामा फुक्ने खोला हिउदमा सुक्ने समयनै बलवान।