अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : अर्थमन्त्री पौडेल
प्रकासित मिति : २०७७ कार्तिक १५, शनिबार १९:४८
प्रकासित समय : १९:४८
काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन अधिकतम प्रयास रहने बताएका छन् ।शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्र पुरानै लयमा फर्काउन चुनाैतीपूर्ण रहेपनि आफूले अधिकतम प्रयास गर्ने बताका हुन् ।
कोरोना महामारीका कारण देशमा उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको उनले बताए । स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ केन्द्रित रहने अर्थमन्त्री पौडेलले जोड दिए ।
उनले अहिलेको विषम परिस्थितिमा सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडी बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताए ।