नदीमा नुहाउन गएकी किशोरीको डुबेर मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक ११, मंगलवार ०७:५२
प्रकासित समय : ०७:५२
अछाम,अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक किशोरीको ज्यान गएको छ ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
हिजा (सोमबार) बिहान दशैंको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परी बेपत्ता भएकी र पछि शव भेटिएको उनले बताए । किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो ।