अनलाइन कक्षाको शुल्क लिने बाटो निजी विद्यालयहरूलाई खुल्यो

काठमाडौँ, सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरूलाई शुल्क लिने बाटो खुलेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेर अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै निजी विद्यालयहरूले शुल्क लिन पाउने भएका हुन् ।निर्देशिकाअनुसार निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने छन् ।

‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ’ जारी निर्देशिकामा उल्लेख छ ।यसअघि मन्त्रालयले अनलाइन शिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । विद्यालयहरूले असार १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।