मुख्यमन्त्री पोखरेलले गरे महिला भलिबल प्रतियोगिताको उदघाटन

नेपालगन्ज,बाँके प्रधानमन्त्री कप अन्तर्रा्िष्ट्रय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण आज देखि शुभारम्भ भएको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता आजदेखि २२ गतेसम्म सञ्चालन हुने भएको हो ।
छैटौं संस्करण प्रतियोगिताको उद्घघाटन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेल क्षेत्रको बिकासले नै देशको आर्थिक समृद्धि सम्भब बताए ।

भलिबल खेल राष्ट्रिय खेलकुद भएको हुदा महिला खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि खेलले महत्वपुर्ण भुमिका खेल्ने बताए । प्रदेश सरकारले उच्च प्राथमिकता राखेको समेत जानकारी दिए ।उनले भने भबिष्यमा यस खेलले अन्तराष्ट्रिय स्तरको पहिचान बनाउनेमा बिश्वस्त रहेको समेत बताए ।

प्रतियोगिताको विजेतालाई दुई लाख रुपैयाँ र उपविजेतालाई एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार रुपैयाँ प्रदान गरिने बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।  आयोजक बाँके जिल्ला भलिबल संघले दक्षिण एशियामै नम्बर एक प्रतियोगिताका रुपमा स्थापित गर्न उद्देश्यले यस बर्षदेखि उपमहानगरपालिका , नगरपालिका ,गाउपालिका जनप्रतिनिधिको संयोजकत्वमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मुल आयोजक समिति तयार गरेको छ ।

प्रधानमन्त्री कपमा विभागीय टिम पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाली सेना, न्यु डायमन्ड भारतयि दुइ टिम सहितका ६ वटा टिमको सहभागिता रहेको छ । आजको पहिलो खेल त्रिभुबन क्लब र एपिएफ बिच भैरहेको छ ।  पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टिम तथा पाँचौंमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेका थिए ।