खप्तडमा राष्ट्रिय निकुञ्जमा हिमपात

तापक्रम माइनस ४ डिग्री सेल्सियस

डोटी, सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात परेको छ ।निकुञ्जमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो ।हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ ।

बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए ।