डुंगा चढेर फेवातालमा सरर, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद

पोखरा,नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ। मध्यान्ह १२ बजे पोखरा आइपुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए।

कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति हमिदलाई फेवातालमा सयर गराइएको हो। राष्ट्रपति हमिद बुधबार काठमाडौंमा राष्ट्रपतिसहितका उच्च अधिकारीहरुसँग भेट गरेर पोखरा पुगेका हुन्।

उनलाई प्रहरीको सुरक्षाबीच डुंगामा चढाएर फेवातालमा घुमाइएको हो। फेवा तालमा डुंगा सयर गराएपछि उनलाई सराङकोट डाँडामा पनि लगिने भएको छ।