विप्लब नेकपाका दुई नेता एकै दिन गिरफ्तार

विप्लब नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरी लाई  आइतबार फरक–फरक ठाउँबाट एकै दिन प्रहरीले गिरफ्तार गरेको छ ।

पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट बैशाख बैशाख २२ गते आइतबार साँझ ६ बजे जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिएका छन् ।

प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको एसपी रावलले बताएका छन् ।

पछिल्लो समय सरकार विप्लव नेकपा प्रती आक्रामक देखिएको छ । सरकारले उक्त पार्टी माथीनै प्रतिवन्ध लगाईसके पछी सम्पुर्ण नेता तथा कार्यकर्ता धमाधम प्रकाउ पर्न थालेका छन् ।