यस्तो छ माओवादी नेतृत्वको बाँडफाँड

माओवादी केन्द्रमा महासचिव को ?

काठमाडौं, नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पार्टीको मुल नेतृत्व ३२ वर्ष देखी अध्यक्ष प्रचण्डले नै गरिरहेका छन् ।पार्टीको आठौं महाधिवेशनमा पनि उनलाई काउन्टर दिन कुनै पनि नेता तयार छैनन् । तर अध्यक्ष पछिका बाँकी १४ वटा कार्यकारी पदमा भने ठुलै हानाथाप देखिन्छ ।

यसबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने महाधिवेशनबाट पदाधिकारी टुंग्याउन निकै सकस पर्ने देखिएको छ । विषेशगरी अध्यक्षपछिको कार्यकारी पद महासचिवमा आकाँक्षीहरुबीच कडा टक्कर हुने देखिएको हो ।

केन्द्रीय सदस्य तथा पदाधिकारीमा आकाँक्षीहरुको संख्या ठूलो भए  निर्वाचनमार्फत पदपूर्ति हुने  देखिएको छ । माओवादी केन्द्रको महाधिवेशनले अहिले राजनीतिक प्रतिवेदन र विधान पारित गर्नेछ भने प्रदेशको सिफारिसका आधारमा समावेशीतासहितकाे केन्द्रीय कमिटी चयन गर्नेछ ।

तर पदाधिकारीमा भने ठूलै रस्साकस्सी चल्ने माओवादी नेताहरुले बताएका छन् ।  अहिले अध्यक्ष प्रचण्डलाई पदीय व्यवस्थापन गर्न निकै चर्को पर्ने देखिएको छ । नेताहरुको पंक्ति र आकाँक्षीको संख्या देखेरै अध्यक्ष प्रचण्डले विधानमा पदाधिकारीको संख्या बढाउनेगरि मस्यौदा गर्न सुझाव दिएका थिए । सोही अनुसार विधानमा १५ पदाधिकारीको व्यवस्था गरिएको हो ।

माओवादी केन्द्रको विधान अनुसार महाधिवेशनबाट केन्द्रीय सदस्यको टुंगो लागेपछि मात्रै पदाधिकारी चयन प्रक्रियामा प्रवेश गर्ने छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्य टुंगो लगाएर उनीहरु घर फर्किनेछन् । निर्वाचित भएको केन्द्रीय कमिटीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो चयन गर्नेछ ।

अध्यक्ष प्रचण्डले नेताहरुको पंक्ति हेरेरै पदाधिकारीको स्केच तयार पारेर विधान संशोधन गरेको उनी निकट एक नेताले बताए । प्रचण्डले तयार पारेको स्केच अनसार नै विधानले दुई वटा उपमहासचिव पद र एक वरिष्ठ उपाध्यक्ष पद थप गरेपछि धेरै सशंकित पनि भएका छन् ।

दुई उपमहासचिवमा को रहने भन्ने विषयले नै पार्टीको महासचिव तय हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । ति नेताले भने,‘दुई उपमहासचिव पद त्यसै विधान संशोधन गरेर थपिएको होइन, महासचिवका आकांक्षीलाई त्यस पदमा व्यवस्थापन गर्नका लागि थपिएको हो ।’

माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६, महासचिव, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष गरी १५ पदाधिकारी हुनेछन् । अध्यक्ष बाहेकको पदमा आकांक्षी धेरै भएकाले पदाधिकारी सर्वसम्मत बनाउन चर्को पर्ने देखिएको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ लगभग टुंगिए सरह भएका छन् । त्यस्तै कृष्णबहादुर महरालाई प्रचण्डले महासचिव बनाउन लागेका हुन् । महासचिवमा बढिनै रक्सारक्सी पर्ने देखिपछी सर्बमान्य नेताका रुपमा रहेका उनलाई महासचिव बनाउन लागिएको स्रोतको दाबी छ । त्यस्तै माओवादीमा सालिन नेताको छवि निर्माण गरेमा देव गुरुङ लाई पनि प्रचण्डले उपाध्यक्ष बनाउन लागेको स्रोतको दाबी छ ।

महासचिव बलियो दावेदार मध्यकी नेतृ पम्फा भुसाल पनि लगभग उपाध्यक्ष बन्ने पक्कापक्की भएको छ । उनी माओवादीले जनयुद्ध सुरु गर्दाको एकमात्र महिला केन्द्रीय सदस्य पनि हुन् । उनी माओवादीको स्थायी समिति सदस्य भएकाे बेलामा पार्टी विभाजन भएको थियो । ०६९ सालमा प्रचण्ड नेतृत्वको माओवादीलाई छोडेर मोहन वैद्य किरण नेतृत्वको नेकपा– माओवादीतिर लागिन् । पछि वैद्य नेतृत्वको पार्टी विभाजन गरी रामबहादुर थापाको नेतृत्वमा पुरानै घर फर्किइन् । भुसालले अहिले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वसमेत गरिरहेकी छन् ।

यस्तै महासचिवका अर्का दावेदार जाजरकोटका युवा नेता शक्ती बहादुर बस्नेत उपमहासचिब बन्ने लगभग पक्कापक्की भएको छ । बौद्धिक तथा सालिन नेताको छवि बनाएका शक्ति बस्नेत प्रचण्डका बलिया खम्बाका रूपमा मानिन्छन । माक्र्सवादी दर्शनको अध्ययनमा विशेष दख्खल राख्ने नेता बस्नेत पाटीका बिचार र नीति तर्कपूर्ण शैलीमा स्पष्ट रूपमा सम्प्रेषण गर्ने नेता मानिन्छन । पुस्तक अध्ययनमा निकै रुची राख्ने उनी जनयुद्धका बेला भेरी कर्णालीलाई लालकिल्ला बनाउन बिशेष भुमिका खेलेका नेता हुन् । माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला बस्नेत जनमुक्ति सेनाको डिभिजन कमिसार भएर गण्डकमा रहेको सेनाको नेतृत्व गरेका थिए । जति बेला माओवादीले ढाडमा टेकेर टाउकोमा हान्ने कार्यनीति लिएको थियो । स्वास्थ्य, वन र गृहमन्त्री बनेर तीनपटक कुशलतापूर्वक भूमिका निर्वाह गरेका बस्नेत आफै चर्चामा आउन भने नचाहने नेतामा पर्दछन् ।

महासचिवकै अर्का दाबेदार जनार्दन शर्मा ‘प्रभाकर’ लाई उपमहासचिव बन्ने सम्भावना देखिन्छ । जनमुक्ति सेनाको पुर्ब डेपुटी कमाण्डर समेत रहेका शर्मा बरियतामा शक्ती बहादुर बस्नेत भन्दा जुनियर हुन । हाल अर्थमन्त्री समेत रहेका शर्मा माओवादी केन्द्रको संगठन विभाग प्रमुख पनि हुन् । अहिले सम्म ४ पटक मन्त्री भएका शर्मा पूर्वगृह तथा शान्ति र ऊर्जामन्त्री भईसकेका छन् ।

यस्तै महासचिवका अर्का दावेदार वर्षमान पुन ‘अनन्त’ बिरामी भएर स्वास्थ उपचारको लागि चिन गएका छन ।महासचिवका दावेदार बस्नेत र शर्मा उपमहासचिव बनेको खण्डमा नेता पुन सचिव बन्ने सम्भावना छ । सैन्य क्षेत्रका पुर्व डेपुटी कमाण्डर समेत रहेका पुनले माओवादी जनयुद्धमा पूर्वी नेपालकल राजनीतिक तथा फौजी कमाण्ड सम्हालेका थिए ।
उनी संगै प्रदेश १ का ईन्चार्जसमेत रहेका राम कार्की पनि सचिव बन्ने सम्भावना बलियो छ । कार्की माओवादी केन्द्रका वैचारिक एवं पुराना नेतासमेत हुन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्तावसमेत पेस गरेका छन् । 

७ उपाध्यक्ष को को हुँदैछन् ?

माओवादी केन्द्रको विधान अनुसार एक वरिष्ठ सहित सात जना उपाध्यक्ष बन्नेछन् । माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बन्नेछन् । यस्तै बाँकी ६ जना उपाध्यक्षमा देव गुरुङ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल बन्नेछन् । यस्तै उपाध्यक्षमै मधेश क्लस्टरबाट गणेश साह र मात्रिका यादवमध्ये एकजना बन्ने सम्भावना छ ।

तीन सचिव :

माओवादी केन्द्रको विधानमा तीन जना सचिवको व्यवस्था गरिएको छ । बर्षमान पुन, राम कार्की, लीलामणि पोखरेल, देवेन्द्र पौडेल र चक्रपाणि खनाल मध्यवाट र मधेश क्लस्टरबाट उपाध्यक्ष हुन नपाएमा मातृका वा गणेश मध्य एक सचिव बन्ने सम्भावना छ । पदाधिकारीमा युवा पनि समेट्न माग माओवादी केन्द्रको विधानले केन्द्रीय समितिमा २० प्रतिशत युवा समेट्ने व्यवस्था गरेको छ । पदाधिकारीमा युवा नेतालाई पनि समेट्न माग भइरहेको छ । माओवादी केन्द्रका युवा तथा वैचारिक नेता लेखनाथ न्यौपानेलाई सचिव वा पदाधिकारीमा समेट्न दबाब परिरहेको छ । माओवादी केन्द्रका युवा तथा विद्यार्थीबाट प्रतिनिधि बनेका नेताहरुले उनलाई पदाधिकारीमा समेट्न दबाब दिएका हुन् । पदाधिकारीका आकांक्षी स्थायी र पोलिटब्यूरोमा समेटिने माओवादी केन्द्रले पदाधिकारीमा आकांक्षा देखाएका धेरै नेतालाई पार्टीको स्थायी कमिटी र पोलिटब्यूरो सदस्य बनाएर समेट्ने भएको छ । पदाधिकारीमा दाबी गरिरहेका खगराज भट्ट, हितमान शाक्य, उर्मिला अर्याल, जयपुरी घर्ती, ओनसरी घर्तीलगायत नेताहरुलाई स्थायी कमिटी र पोलिटब्यूरोमा समेट्न लागिएको माओवादी स्रोतको दाबी छ ।