नेपालमा लुकेर बसेका एक चिनियाँ नागरिक पक्राउ

चितवन, भिसा अवधी सकेर पनि लुकेर बस्दै आएका एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५१ वर्षीय चिनियाँ नागरिक हुआङ शिक्वान रहेका छन् । भिसाको मिति सकिए पनि चितवनको सौराह क्षेत्रमा लुकिछिपी बसोवास गरेकोमा शिक्वानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमार्फत् अध्यागमन विभाग बुझाइएको छ ।