सम्भावना सकिए सँगै आस मरिसक्यो ।

सकियो सबै भइसक्यो लास मरिसक्यो,
घचघच्याएर हुन्न अब खास मरीसक्यो।

कहिँ केही बाँकी रहेन त जिउँनु पनि के?
सम्भावना सकिए सँगै आस मरिसक्यो।

कर थिएन मर्नु साहेद जिउँने रहर हुँदा,
देखेन नाफा जिन्दगीकै आभास मरिसक्यो।

अर्थ हिन जिन्दगी बाँचेजस्तो लागेपछि,
कठै! उसको ढुकढुकी र सास मरिसक्यो।

हिजो उसलाई लत्याएर बाटो मोड्नेहरु
भन्दैछन आज मेरो मधुमास मरिसक्यो।