जलाउन कोइला होइन कोहिनुर मिल्नुपर्छ…

गजल

गएपनी टाढा भएनी पत्ताचुर मिल्नुपर्छ,
फुटेको मस्तक र टुटेको खुर मिल्नुपर्छ।

उ ज्युँदो छ यहि भरोसामा बाँचुन मित्रहरु,
म मरेको खबर शत्रुलाई जरुर मिल्नुपर्छ।

हरेकलाई खुशी दिन सकुँ चाहाना हो मेरो,
तब रमाउँदै शव उठाउन मञ्जुर मिल्नुपर्छ।

मेरो गाउँको मान्छे रुनेछन नियाल्दै मलाई,
हे ईश्वर! यो शरीरको अस्थी दुर मिल्नुपर्छ।

सँधै गरिबी र अभावमा बाँचेको जीवन मर्दा,
जलाउन कोइला होइन कोहिनुर मिल्नुपर्छ।