विप्लव नेकपाले गर्यो बारबर्दियामा वडा कमिटी बिस्तार

बर्दिया, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बर्दिया निरन्तर संगठन बिस्तारमा लागेको छ । शुक्रबार जिल्लाको बारबर्दिया नगरपालिका ३ को वडा कमिटीको प्रथम भेला सम्पन्न भएको हो ।जनसेवा संङ्गठन विस्तार अभियान अन्तर्गत उक्त उक्त भेला सम्पन्न गरिएको नेकापाले जनाएको छ । उक्त भेलाले मीन बहादुर बिकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

बारबर्दिया नगर संयोजक मीन बहादुर बिकको अध्यतामा भएको भेलाको प्रमुख अथिती नगर इन्चार्ज लोकेशराज जोशिले गर्नुभएको थियो ।

उक्त भेला सम्बोधन गर्दै इन्चार्ज जोशिले घरघरमा नेकपा, टोलटोलमा कमिटी भन्ने उद्देश्यका साथ जनसेवा तथा संङ्गठन बिस्तारमा लाग्न्न नगर कमिटीलाई निर्देशन दिएका थिए ।

भेलामा उपस्थित अन्य अथितिहरुमा नगर् सेक्रेटरी बिजय बिक, अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ बारबर्दियाका अगुवा नर बहादुर छिनाल, थारू मुक्ति मोर्चाका नेता बाबुलाल थारू रहनु भएको थियो ।