सबैको रोजाईमा किन वागेश्वरी क्याम्पस ?

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशको प्रवेशद्धारमा रहेको विकाशोन्मुख सहरका रुपमा परिचित शैक्षिकहवका रुपमा विकास हुदै गएको सहर हो कोहलपुर । पछिल्लो समयमा निकै चर्चा कमाएको यो सहरमा वि.स. २०४८ सालमा अवस्थित यस क्षेत्रकै जेठो विश्वविद्यालयका रुपमा रहेको क्याम्पस हो बागेश्वरी बहुमुखी क्याम्पस । वि.स. २०७५ साल भाद्र १० गते सम्म त्रिभुवन विश्वविद्यालयको पब्लिक क्याम्पसका रुपमा थियो । यो क्याम्पस नेपाल सरकारको शत प्रतिशत लगानीमा स्थापित मध्यपश्चिम विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पसका रुपमा रहेको छ ।

 

यो कोहलपुर नगरपालीकाको एकमात्र उच्च शिक्षा प्रदान गर्दै आईरहेको एक मात्र सानका रुपमा रहेको छ । नेपालको दुरदरारमा रहेका जिल्लाबाट यस क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि आउने गरेका छन् । स्नातक तह देखि स्नातकोत्तर तह सम्म सेमेष्टर प्रणालीमा पठनपाठन गर्दै आईरहेको छ । आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जनगरी विश्व वजारमा प्रतिस्पर्धी गर्ने क्षमतावान तथा दक्ष नागरिक निर्माण गर्न हरेक क्याम्पस सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा यसले आफुलाई अब्बल सावित गरेर आफुलाई पहिचान गराउने काम समेत गरेको छ ।

वर्तमान विज्ञान, प्रविधी एवम् सूचनायुक्त आधुनीक समाजलाई उच्च शिक्षामा लैजान, समाजलाई सुधारगरी चेतना प्रदान गर्ने जिम्मेवारी यस क्षेत्रको यो क्याम्पसलाई रहेको छ । विश्वविद्यालयका शैक्षिक कार्यक्रमले देशको विकासका लागि आवश्यक पर्ने साधारण देखि प्राविधिक क्षेत्रका जनशक्ति उत्पादन गर्नुका साथै समाज उपयोगी नविनतम खोज तथा अनुसन्धानका कार्यहरु निरन्तर गरिरहेको छ । राज्यले शिक्षा क्षेत्रको लगानीलाई तत्काल के फाइदा र के बेफाइदा हुन्छ भनेर नतिजा हेर्ने भन्दापनि शिक्षित जनशक्तिलाई मानव संसाधनको रुपमा हेरिनु पर्दछ । यसले दिर्घकालिन रुपमा समग्र देशविकासको सूचकलाई सकारात्मक बाटोमा लैजान्छ ।

सेमेष्टर प्रणाली

नियमित गृहकार्य, आन्तरिक परीक्षा, कक्षाकार्य, नियमित हाजिरी रेकर्ड, समय–समयको एकाई, मासिक एवम् आन्तरीक परीक्षाको कारण विद्यार्थीहरु अध्ययन कार्यमा व्यस्त रहने, खोज अनुसन्धान गर्ने, प्राध्यापक तथा विद्यार्थीहरु विच प्रत्येक दिन अन्र्तक्रिया हुने तथा विद्यार्थीहरुको नियमितता नै सेमेष्टर प्रणाली हो । प्राध्यापक संगसंगै र सधै सिक्ने सुनौलो मौका प्राप्त गर्ने, विद्यार्थीको नियमित रुपमा मूल्याङ्कन हुने वातावरणले गर्दा विद्यार्थीहरु अनुशासित र सधैं पढाईमा अहोरात्र रहने गर्दछन् ।

किनकी वार्षिक परीक्षामा जस्तो वर्ष भरीको पढाई गरी वर्षको अन्तमा एकैपटक परीक्षाको बोझ बोक्ने वातावरण हुदैन । पाठ्यक्रममा क्रेडिट आवर उल्लेख गरिने भएकाले तोकिए अनुसारको क्रेडिट पूरागर्नु पर्ने अवस्था रहन्छ । सेमेष्टर प्रणालीमा ६ महिनाको एक शैक्षिक सत्र हुन्छ भने वार्षिक परीक्षामा १२ महिनाको हुन्छ । यस प्रणालीको सैद्धान्तिक अवधारणाको कुरागर्दा ६ महिनामा भर्ना, पढाई एवम् आन्तरिक, तथा बाह्य परीक्षाको परिणाम सम्मका कामहरु सकेर सातौं महिनामा अर्को सेमेष्टरको सुरुवात हुने काम हुन्छ ।

मध्यपश्चिम विश्वविद्यालयले आफ्नो पाठ्यक्रमको पठनपाठन सुरु गरे देखि नै सेमेष्टर प्रणालीको प्रयोग गरेको थियो । यस प्रणालीमा साधारण विषयहरुमा ४० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिन्छ भने ६० प्रतिशत छ भने प्राविधिक तर्फ ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्याङ्न गर्ने प्रावधान छ । जसबाट विद्यार्थीहरुमा सुधारात्मक, उपचारात्मक एवम् निदानात्मक मूल्याङ्कन प्रक्रियाहरु अवलम्बन गरी निर्णयात्मक मूल्याङ्कनमा महत्वपूर्ण फाइदा पुग्दछ ।

प्रवेश परीक्षा र भर्ना

सेमेष्टर प्रणालीमा वर्षमा एकपटक नयाँ विद्यार्थीको भर्ना लिइन्छ । यसका लागि सम्बन्धित अध्ययन संस्थान वा संकायले निर्धारण गर्दछ । विश्वविद्यालयको डिन कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुनका लागि विद्यार्थीको आधारभूत क्षमता जाँच गर्न प्रवेश परीक्षा लिने गर्दछ । यसको लागि सम्बन्धित क्याम्पसमा गई प्रवेश परीक्षा अनिवार्य दिने प्रावधान छ । विद्यार्थीहरुको भर्ना प्रवेश परीक्षाको शैक्षिक विशिष्टता (मेरीटलिष्ट) का आधारमा गर्ने व्यवस्था छ । विद्यार्थीको खुल्ला प्रतिस्पर्धाका आधारमा असी प्रतिशत र बाँकी वीस प्रतिशत समावेशी कोटाको आधारमा गर्ने प्रावधान छ ।

शैक्षिक कार्यपात्रो

क्याम्पसमा विभिन्न संकायहरु स्नातकोत्तर तह (शिक्षा, व्यवस्थापन, मानविकी) मा विभिन्न विषयको भर्ना खुलेको छ । जस अन्र्तगत २०७८ साल श्रावण १ देखि ३१ गते सम्म ईन्ट्रान्स परीक्षाको फारम वितरण भई रहेको छ । यहि श्रावण ३२ गते दिउँसो २ बजे ईन्ट्रान्स परीक्षा हुदैछ भनेत्यसको नतिजा प्रकाशन भाद्र ३ गते हुनेछ । भाद्र ४ गते देखि ११ गते सम्म भर्ना कार्यक्रम राखिएको छ । निर्धारित समयमा निर्धारित कार्यक्रम हुने भएकोले पनि बागेश्वरी क्याम्पस सबैको रोजाईमा परेको छ ।

शैक्षिक भार

स्नातक तहको पाठ्यभार ३ क्रेडिट आवर प्रति विषय छ । यस प्रणालीमा प्रतिपाठ्य घण्टा बरावर १६ कक्षा घण्टा हुन्छ । अन्तराष्ट्रिय प्रचलन अनुसार एक सेमेष्टर पाठ्यघण्टा भनेको सैद्धान्तिक विषयमा १६ घण्टा लेक्चर र ३२ घण्टा गृहकार्य गरी ४८ घण्टा कार्य र प्रयोगात्मक विषयमा ४८ घण्टा प्रयोगशालामा सुपरीपेक्षण भनी उल्लेख गरिएको छ । एक सेमेष्टर एक विषय ३ पाठ्य घण्टाको हुन्छ । एक प्राध्यापकले दुई सेमेष्टरमा ९ पाठ्य घण्टा कार्यभार लिने प्रावधान छ । यस अनुसार एक वर्षमा १४४ कक्षाभार हुन्छ ।

अध्ययन विधी

अन्र्तरक्रियात्मक विधी, व्याख्यान विधी, सहभागीतामुलक विधी, कार्यपत्र लेखन, कक्षाकार्य, समूहकार्य, प्रस्तुतीकरण, प्रयोगात्मक कार्य, परीयोजना कार्य जस्ता विभिन्न विधीहरुको प्रयोग गरिन्छ । विद्यार्थीहरुको हाजिरी सम्बन्धमा ८० प्रतिशत हुने प्रावधान छ । अध्ययनको अवधी स्नातकोत्तर तहको ४ सेमेष्टर हुन्छ । ४ सेमेष्टरका लागि २४ महिनाको समय छ ।

परीक्षा र मूल्याङ्कन

विद्यार्थीहरुको क्षमता परीक्षणका लागि निरन्तर मूल्याङ्कन प्रणालीको प्रावधान छ । मूल्याङ्कन आन्तरिक तथा सेमेष्टर अन्तिम सत्रान्त परीक्षाबाट गरिन्छ । यसका लागि प्रत्येक सैद्धान्तिक पाठ्यभारको आन्तरिक मूल्याङ्कनको भार साधारण विषयतर्फ ४० प्रतिशत र बाह्य परीक्षा ६० प्रतिशत भारको व्यवस्था छ । विद्यार्थीहरु आन्तरीक एवम् बाह्य दुबै परीक्षामा पास हुनुपर्दछ । यसको उत्तिर्णाङ्क ५० प्रतिशत राखिएको छ । आन्तरिक परीक्षा पाठ्यक्रम र विषयवस्तु अनुकूल तीन देखि पाँचपटक सम्म गर्नुपर्दछ ।

आन्तरिक मूल्याङ्कनको कुल भारलाई विभिन्न शीर्षकमा विभाजन गर्ने जस्तैः हाजीरी, कक्षाकार्य, उपसत्र लेखन, कक्षा प्रस्तुती, एकाई परीक्षा, प्रतिवेदन लेखन, परियोजना कार्य, गृहकार्य र प्रयोगात्मक कार्यगरी मूल्याङ्कन गरिन्छ । पछिल्लो समयमा यस क्याम्पसमा स्नातकोत्तर तह तर्फ एम.एड. जस भित्र पाठ्यक्रम तथा मूल्याङ्कन, अंग्रेजी शिक्षा, नेपाली शिक्षा तथा स्वास्थ्य शिक्षा विषहरु पठनपाठन भईरहेका छन् । एम.ए तर्फ ग्रामिण विकास तथा एम.वि.एस. को पठनपाठन भईरहेको छ त्यसकारण पनि आजको समयमा आवश्यक तथा विद्यार्थीहरुको रोजाईका विषयहरुमा पठनपाठन भईरहेकोले पनि यो क्याम्पस सबैको रोजाईमा छ ।

शुल्क

यो सेमेष्टर प्रणालीमा आधारित भएकोले यसको शुल्क यस प्रकार रहेको छ । एम.एड तर्फ प्रथम सेमेष्टरको क्याम्पस भर्ना देखि सबै लाग्ने शुल्क ९,५५६, दाश्रो सेमेष्टरमा ८,०८६, तेश्रो सेमेष्टरमा ८,०८६ तथा चौथो वा अन्तिम सेमेष्टरमा शोध पत्र थेशिस सहित १६,०८६ गरेर जम्मा पुरै सेमेष्टरका शुल्क ४१,८१४ मात्र लाग्ने गर्दछ । एम.वि.एस तर्फ प्रथम सेमेष्टरको क्याम्पस भर्ना देखि सबै लाग्ने शुल्क शोध पत्र थेशिस सहित १३, ५५६, दोश्रो सेमेष्टरमा ७०८६, तेश्रो सेमेष्टरमा ७०८६ तथा चौथो वा अन्तिम सेमेष्टरमा ७,०८६ गरेर जम्मा पुरै सेमेष्टरका शुल्क ३४,७ ८४ मात्र लाग्ने गर्दछ ।

एम.ए तर्फ प्रथम सेमेष्टरको क्याम्पस भर्ना देखि सबै लाग्ने शुल्क शोध पत्र थेशिस सहित १३, ५५६, दोश्रो सेमेष्टरमा ७०८६, तेश्रो सेमेष्टरमा ७०८६ तथा चौथो वा अन्तिम सेमेष्टरमा ७,०८६ गरेर जम्मा पुरै सेमेष्टरका शुल्क ३४,७ ८४ मात्र लाग्ने गर्दछ । त्यसकारण पनि निकै न्यून शुल्कमा आफनै स्थानीय ठाउँमा उच्च शिक्षा प्राप्त गर्न सकिने भएकोले पनि सबैको रोजाईमा परेको छ यो क्याम्पस । अति सुविधा सम्पन्न पुस्तकालय भएको, दक्ष जनशक्ति उत्पादन गराउन र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिकोउत्पादन गरिरहेको छ ।

हाल यस क्याम्पसबाट उच्च शिक्षा प्राप्त गरेका जनशक्ति स्थानीय स्तर देखि देश एवम् विदेशका विभिन्न ठाउँमा विभिन्न पदमा रहेर काम गरिरहेको प्रमाणहरु तथा उहाँहरुका कामहरु बाट देख्न सकिने भएकोलेपनि यो क्याम्पस सबैको रोजाईमा परेको हो । लागि गरीब समूदायका छोराछोरीहरुले सहज रुपमा शिक्षा प्राप्त गर्ने ठाउँ भनेको यस क्याम्पसमा छ । १२ प्रतिशत विभिन्न शीर्षकमा छात्रवृति समेत व्यवरुथा रहेकोले पनि आजको समयमा यो क्याम्पस सबैको रोजाईमा छ । स्थापना कालमा समुदायद्धारा सञ्चालित उच्च शिक्षाको एकमात्र ठूलो शैक्षिक संस्था, अधिकांश प्राध्यापकहरुले एम.फिल तथा विद्यावारिधी समेत अध्ययन गरिरहेकोले पनि योक्याम्पसको उच्च जनशक्ति बाट प्राध्यापन गर्ने गराउने भएकोले पनि यो क्याम्पस सबैको रोजाईमा परेको छ ।

यहाँबाट क्यु ए. ए प्रमाणपत्रको प्रक्रियामा रहेको, दक्ष, अनुभवि एवम् योग्य क्षमतावान तालिम प्राप्त प्राध्यापकबाट प्राध्यापनरत, ई–लाइब्रेरी सहित पुस्तकालको राम्रो व्यवस्था भएको, हरियाली, शान्त वातावरणमा पठनपाठन गरिने, आधुनिक शैक्षिक प्रविधीको प्रयोगगरी शिक्षण गरीने, सि.सि.टि.भी. क्यामराबाट सुरक्षित भएको मध्यपश्चिम विश्वविद्यालयको आंगिक सरकारी क्याम्पसका रुपमा वागेश्वरी बहुमुखी क्याम्पसमा भर्ना भई, गराई हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गरी सेमेष्टर प्रणालीको पठनपाठनमा सामेल हुन र गराउन अपिल गरिएको छ । यस क्षेत्रका प्रतिष्ठीत राजनीतिक दल, समाजसेवी सामेल भई नीति नियम तर्जुमा गरी सरकारी क्याम्पस बनेकोमा हाम्रो गौरव भएको महसुस होस् । अस्तु !

लेखकः मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँके पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख समेत हुन् ।