जन्मदिनको अबसरमा अध्यक्ष बमद्धारा भिडियो एक्सरे मेसिन हस्तान्तरण

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पलाँता गाउँपालिका स्थित सरुवा रोग शाखा खिर्पीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा प्रत्येक वर्ष आफ्नो जन्मदिनमा सामाजिक काममा लागीपरेका बमले फजुल खर्चलाई कटौती गरि सामाजिक सेवामा खर्च गर्ने गरेका छन् ।

समाजमा अझैपनि केहि व्यक्तिहरु एकल जिवन तथा आर्थिक अवस्था कम्जोर भएका व्यक्तिहरुलाई सहयोग गर्न पाउदा आफ्नो मनलाई पनि केहि उत्साह हुने गरेको बमको भनाइ रहेको छ । बमले आफ्नो जन्मदिनको अवसरमा समाजमा केहिन केहि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।उक्त मेसिन सरुवा रोग शाखा खिर्पिका निमित्त प्रमुख बिमल बिश्वकर्मा लाई हस्तान्तरण गर्दै बमले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । 

बिश्वकर्माले बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताए। सरुवा रोग शाखा खिर्पिमा सेवा लिन आउने बिरामीलाई मेसिनले सहज हुने बताउँदै सही सदुपयोग गर्ने प्रतिबद्धता जनाए । सरुवा रोग शाखा खिर्पिले ओपिडी, डेलिभरी इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, अतिरिक्त सेवासमेत प्रदान गर्दै आइरहेको छ ।