जानकी गाउँपालिकाद्धारा फरक फरक विषयमा तालिम सम्पन्न

बाँके,जानकी गाउँपालिकामा रहेका विद्यालय व्यवस्थापन समिति,हेल्पडेस्क तथा मेलमिलापकर्तालाई तालिम दिईएको छ । तालिम २०७८/३/१८ देखि २०७८/३/२० गतेसम्म संचालन भएको थियो ।

तालिममा जानकी गाउँपालिकामा रहेका ६० जनाले तालीमको लाभ लिएका छन् । ३ दिन संचालन भएको तालिममा विभिन्न विषयमा केन्द्रित रहेर प्रशिक्षण गराईएको थियो । तालीमको अन्तिम दिन ६० जनालाई १ थान झोला र भत्ताको व्यवस्था समेत गरिएको तालिममा सहभागीले बताए ।

तालिमको आयोजना जानकी गाउँपालिका अन्तर्गतको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमले गरेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि बाँके जिल्ला बिकास समन्वय समितिका सभापति अजयकुमार श्रीवास्तव,विशेष अतिथि गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल तथा वडा अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको थियो। तालिमको प्रशिक्षण भने गाउँपालिकाका कर्मचारीहरुले गराएका थिए ।