तास खेलिरहेको ३१ जना पक्राउ

काठमाडौं,तारकेश्वर नगरपालिका-७ फुटुङ्गस्थित लालबहादुर तामाङको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अवैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५५ रुपैयाँ र ताससहित उनीहरुलाई पक्राउ गरिएको हो।

यसैगरी चन्द्रागिरी नगरपालिका-३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखतीलगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-१५ विजेश्‍वरीस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङलगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नगद २२ हजार १३० रुपैयाँ र १२ बुक ताससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१७ कुजौली बस्ने ३९ वर्षीय जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेत लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।