नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौ,नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । वैठकको एजेण्डामा पार्टी सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित रहेको छ ।

शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो । उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।