लुम्बिनी प्रदेशका मुख्यमन्त्री अल्पमतमा

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै समयमा अर्को झट्का लागेको छ ।

राज्यमन्त्री सुमन शर्मा रायमाझीको राजीनामासँगै पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको हो ।

८३ सदस्यीय प्रदेशसभाको अंकगणितका आधारमा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्नेमा उनको राजीनामासँगै मुख्यमन्त्री पोखरेलको पक्षमा अब ४१ सांसदमात्र देखिएका छन् ।