बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक जारी

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठक देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।