प्रधानमन्त्री ओलि विरुद्ध नेपालगन्जमा विद्यार्थी प्रद्धशन

नेपालगन्ज, प्रधानमन्त्री केपि शर्मा ओली विरूद्ध नेपालगन्जमा विद्यार्थीहरूले प्रद्धशन गरेका छन । बुधबार संयुक्त विद्यार्थी संगठनहरूले नेपालगन्जको बिपि चोकमा कालो ब्यानरत सहित प्रधानमन्त्री ओलीको पुत्ला दोहन समेत गरेका छन ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिगठन गरेर प्रतिगमन लादेको भन्दै नेपाली कांग्रेस निकट नेबुसंघ, माओबादी केन्द्र निकटको अखिल (क्रान्तिकारी), एमाले माधब समुहको अनेरास्ववियु, जसपाको समाजवादी विद्यार्थी युनियन र जनमोर्चाको निकटको अखिल (छैठौ)ले संयुक्त रूपमा बिरोध प्रद्धशन गरेका हुन । उनिहरूले प्रधानमन्त्रीले संविधानमा स्थापित अधिकारलाई समाप्त पर्ने सडयंत्र गरेको भन्दै राजिनामा समेत माग गरेका छन ।

संयुक्त विद्यार्थी संगठनले केन्द्रीय कार्यक्रम अनुरूप बाँके जिल्लामा पनि प्रद्धशन गरिएको माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का बाँके जिल्ला संयोजक सुरेन्द्र जंग शाहले जानकारी दिए । उनले बर्तमान वलि सरकार विरूद्ध निरन्तर सशक्त आन्दोलन चर्काउदेै जाने जानकारी दिए ।

संयुक्त विद्यार्थी संगठनले सरकारको संसद विगठन विरूद्ध भएको आन्दोलनमा संसदीय व्यवस्थाकै विकल्प दिनुपर्ने माग सहित अघाडी बढिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) भने सहभागी भएको छैन ।