कुशेका भरत शाहीको कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव

अस्पतालको वेडबाटै गरे सहयोगको अपिल

जाजरकोट, कुशे गाउँपालिकाका शिक्षक भरत शाहीको कलेजो प्रत्यारोपणको लागि आर्थिक अभाव सिर्जना भएको छ । कुशे गाउँपालिका ९ बस्ने शिक्षक भरत शाही कलेजोमा समस्या भएका कारण लामो समयदेखि चितवनको भरतपुर मेडिकल कलेजमा उपचार गराइराखेका छन्।

साधारण उपचारले निको नहुने त्यसको लागि कलेजो प्रत्यारोपणनै गर्नुपर्ने अस्पताल स्रोतले जानकारी दिएपछी आर्थिक सहयोग माग्न थालिएको पारिवारीक स्रोतले बताएको छ । 

कलेजोमा भएको समस्याका कारण अस्पतालको बेडमा थलिएका शाहीले गहभरी आसुँ पार्दै म बाँच्न चाहान्छु । मलाई बचाइदिनुहोस भन्दै सहयोगको अपिल समेत गरे ।

सहयोग संकलनको लागि कुशेका युवाहरुले भरत शाही बचाउ अभियान संन्चालन गरेका छन् । सहयोग गर्न ईच्छुक व्यक्तिले भरत बचाउ अभियान तथा उहाँलाई सिधा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।