नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले बुझाए मागपत्र (मागपत्र सहित)

माग पूरा नभए कडा संघर्षमा जाने चेतावनी

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत रहेका कर्मचारीहरूका भिभिन्न आधिकारिक ट्रेड युनियनले रूपमा मागपत्र बुझाएका छन ।मेडिकल कलेजमा रहेका तिनवटा ट्रेड युनियन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रूपमा अस्पतालको व्यावस्थापन पक्षसँग बुधबार मागपत्र पेश गरेका हुन ।

उनिहरूले संयुक्त रूपमा मुख्य ७ बुदा अन्तर्गत ५१ बुदे मागपत्र संस्थाका उप-निर्देशक श्याम कुमार शर्मा समक्ष बुझाएका हुन ।

उनिहरूले २०७५ साल देखी हाल सम्म पनी कर्मचारीहरुको तलब भत्ता वृद्धी नभएको, अावस्यक दरबन्दी शिर्जना, पदपूर्ति नभएको र बढुवा नभएको, स्वास्थ उपचार एवम् सेवा सुविधा नभएको लगायतका मागहरू अस्पताल समक्ष राखेका छन ।

साथै उनिहरूले आफ्ना मागहरूको सम्बोधन नगरिए अझै कडा संघर्षमा जाने चेतावनी पनि अस्पताल प्रशासनलाई दिएका छन ।

यस्तो छ मागपत्र