दाङका अधिकांश पालिकाको राजस्व लक्ष्य भन्दा थोरै

नौ वटा पालिकाद्धारा आधा अरब भन्दा बढी राजस्व संकलन

दाङ, कोरोना माहामारीले देशभरको अर्थतन्त्रमा ठुलो असर पारेको छ ।सरकारले कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि गएको चैत ११ गतेदेखि असार सम्म बन्दाबन्दी गरेकै कारण देशको अर्थतन्त्रमा ठुलो असर परेको हो । लामो समय सम्म बन्दाबन्दी हुदा दाङ सहित देशभर आर्थिक कारोवार ठप्प भएको थियो । यता दाङमा पनि कोरोनाको प्रभावले गर्दा अर्थतन्त्रमा ठुलो असर परेको छ ।

तर पनि दाङका नौ वटा पालिकाले वितेको आर्थिक वर्ष ०७६/०७७ मा आधा अरब भन्दा बढि राजस्व संकलन गरेका छन् । यद्यपी अधिकांस पालिकाले अनुमानित लक्ष्य पुरा गर्न सकेका छैनन् । केही पालिकाले लक्ष्य भन्दा धेरै राजस्व संकलन गर्न सफल भएका छन् भने अधिंकाशले लक्ष्य पुरा गर्न नसकेको सम्वन्धित पालिकाहरुले दिएको तथ्याङकमा उल्लेख गरिएको छ ।

जिल्लाका दुई वटा उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी जम्मा दश वटा स्थानिय तह भएपनि शान्तीनगर गाउँपालिका कार्यालय बाहेक अन्य नौ वटा पालिकाबाट प्राप्त भएको विवरण अनुसार वितेको आर्थिक वर्षमा जम्मा ६२ करोड ४४ लाख ८० हजार ५ सय ९६ (बैसठ्ठी करोड चवालिस लाख असी हजार पाच सय छयायन्नब्बे) रुपैया राजस्व संकलन भएको छ ।

उक्त राजस्व पालिकाहरुको आन्तरिक श्रोतबाट संकलन भएको सम्वन्धित पालिकाहरुले बताएका छन् । कोरोना माहामारीका बाबजुद राजस्व संकलन गरेका कतिपय पालिकाहरुले आयश्रोत भन्दा बढि लक्ष्य राखेको हुदा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताएका छन् ।

तर नौ वटा पालिकाबाट प्राप्त विवरण अनुसार तिन वटा गाउँपालिकाले अनुमानित लक्ष्य भन्दा बढि राजस्व संकलन गर्न सफल भएको बताएका छन् । जसमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिकाले लक्ष्य भन्दा बढि राजस्व संकलन गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिका कार्यालयले वितेको आर्थिक वर्षमा १८ करोड २७ लाख ९४ हजार ८ सय २८ रुपैया राजस्व संकलन गरेको जनाएको छ । कार्यालयका सुचना अधिकारी बाबुराम न्यौपानले दिएको जानकारी अनुसार कार्यालयले २५ करोड अनुमानित लक्ष्य लिएको थियो । तर कोरोना माहामारी संगै अन्य विविध कारणले लक्ष्य पुरा गर्न नसकेको सुचना अधिकारी न्यौपानेले बताएका छन् ।उपमहानगरपालिका कार्यालयको क्षेत्रमा धेरैजसो राजस्व संकलन हुने शिर्षकहरु नदीजन्य पर्दाथ उत्पादन,घरनक्सा पास, व्यवसायी दर्ता,पुर्वाधार सेवाको उपयोग कर, मालपोत सिफारिस दस्तुर लगाएतका रहेका छन् ।

घोराही उपमहानगरपालिका

घोराही उपमहानगरपालिकाले वितेको आर्थिक वर्षमा २२ करोड ९३ लाख ३७ हजार ५सय २ रुपैया राजस्व संकलन गरेको छ ।कार्यालयले २५ करोड राजस्व संकलन गर्ने अनुमानित लक्ष्य लिएकोमा झन्डै दुई करोड रुपैया कम राजस्व संकलन भएको छ । कार्यालयले दिएको जानकारी अनुसार सम्पत्तीकरबाट १ करोड ३९ लाख ४० हजार ६ सय १२ , घरजग्गा करबाट १ करोड ३५ लाख २० हजार ६ सय ९२ र नदीजन्य पदार्थ लगाएतका विषयमा आम्दानीको श्रोत रहेको छ ।

बबई गाउँपालिका

पश्चिम दाङको बबई गाउँपालिकाले वितेको आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन । कार्यालयले अनुमानित लक्ष्य ३ करोड २८ लाख रुपैया राखेकोमा ९७ लाख २ हजार १ सय ९७ रुपैया राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयको आम्दानी श्रोत सम्पतीकर, भुमीकर, घर बहाल कर लगाएतको रहेको लेखा अधिकृत खिमलाल वलीले जानकारी दिएका छन् ।

लमही नगरपालिका

लमही नगरपालिकाले ७ करोड २५ लाख ६८६८ रुपैया राजस्व संकलन गरेको छ । नगरपालिकाले १५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा झन्डै पचास प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । नगरपालिकाको आम्दानीको श्रोत मालपोत सिफारिस, नदीजन्य पदार्थ, सरसफाई, व्यवसायी दर्ता, घरबहाल कर लगाएतको रहेको कार्यालयका राजस्व शाखाका सहायक कम्युटर अपरेटर राम शंकर चौधरीले जानकारी दिएका छन् ।

राजपुर गाउँपालिका

राजपुर गाउँपालिकाले वितेको आर्थिक वर्षमा १ करोड ४८ लाख १३ हजार रुपैया राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले १ करोड २९ लाख ५० हजार रुपैया लक्ष्य लिएकोमा लक्ष्य भन्दा धेरै राजस्व संकलन गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले जानकारी दिए । गाउँपालिकाको आम्दानीको श्रोत नदीजन्य पदार्थ, सम्पत्तीकर, मालपोत सिफारिस लगाएतका रहेका छन् ।

दंगीशरण गउँपालिका

दगीशरण गाउँपालिकाले ८० लाख लक्ष्य लिएकोमा १ करोड ८ हजार १ सय ४७ रुपैया राजस्व संकलन गरेको जनाएको छ । घर जग्गाबाट २१ लाख ४६ हजार ५ सय ४१ , भुमिकर मालपोत सिफारिस करबाट २९ लाख ५३ हजार ६ सय १६ , प्राकृतिक श्रोतबाट १९ लाख रुपैया राजस्व संकलन भएको लेखा अधिकृत सोमराज डाँगीले जानकारी दिएका छन् ।

बंगलाचुली गाउँपालिका

बंगलाचुली गाउँपालिकाले लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ । गाउँपालिकाले १ करोड ७० लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९० लाख रुपैया राजस्व संकलन भएको लेखा अधिकृत नारायण आचार्यले जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकामा सवैभन्दा धेरै चुनढुङगा उत्खनन र मालपोत सिफारिसबाट राजस्व संकलन हुदै आएको छ ।

राप्ती गाउँपालिका

राप्ती गाउँपालिकाले वितेको आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गरेको छैन । गाउँपालिकाले ७ करोड १० लाख ५४ हजार १०७ रुपैया राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ५ करोड ५७ लाख १८ हजार ५४ रुपैया राजस्व संकलन गरेको लेखा अधिकृत धनप्रसाद शर्माले जानकारी दिएका छन् । उनका अनुसार १ करोड ५४ लाख ३२ हजार ३३ रुपैया राजस्व उठाउन नसकीएको हो । गाउँपालिकाको आम्दानी श्रोत नदीजन्य पदार्थ, घर नक्सा पास आदी रहेका छन् ।

गढवा गाउँपालिका

गढवा गाउँपालिकाले लक्ष्य भन्दा धेरै राजस्व संकलन गरेको छ । वितेको आर्थिक वर्षमा गाउँपालिकाले ३ करोड ७७ लाख राजस्