दलाल तथा नोकरशाही पुँजीपति वर्गको पहिचान

कम्युनिस्ट आन्दोलनको जगतमा अत्यन्त महत्व तर प्रमुख घृणाका साथ चर्चा गरिने शब्दावली हो ‘दलाल तथा नोकरशाही पुरानो जीपति वर्ग’ । यस शब्दावलीको सही अर्थ बुझ्ने क्रममा हामीले पढेका देखेका र भोगेका कैयौं घटना र प्रवृत्तिबाट समेत यसको अर्थ बुझ्न सक्छौ । कम्युनिष्ट विचारधारामा पुँजीपति वर्ग पनि विभिन्न प्रकार र तहका हुन्छन् । दलाल पुँजीपति वर्ग र नोकरशाही पुँजीपति वर्ग दुई भिन्न प्रकारका पुँजीपति वर्ग हुन । तर यिनीहरु एक अर्काको निकटतम सहयोगी र मिलेर सँगै काम गर्ने र प्राप्त उपलब्धि बाँडीचुँडी मिलेर खाने भएको हुँदा कम्युनिस्टहरुले यिनीहरुलाई एकै ठाउँमा राखेर चर्चा गर्ने चलन चलाएको देखिन्छ ।

दलाल पुँजीपति वर्गभन्दा नोकरशाही पुँजीपति वर्गलाई पहिचान गर्न सजिलो छ । नोकरशाही पुँजीपति भनेको राज्य संयन्त्रको त्यो तलबी कर्मचारी अर्थात राष्ट्रसेवक भनिने नोकर हो जसले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी अकुत सम्पति कमाउँछ । अर्थात सेवाग्राही र अपराधीबाट घुस खाएर, राजश्व संकलन गर्दा त्यसलाई चुहाएर, सरकारी जिन्सी तथा रकम हिनामिना गरेर, सेवा र वस्तु खरिद गर्दा मूल्य बढाएको रकम चप्काएर, विदेशबाट सेवा र वस्तु खरिद गर्दा र विदेशी लगानीकर्ताबाट कमिसन खाएर, राज्यको गोपनीयता विदेशीलाई बेचेर, राज्यबाट अनुचित भौतिक तथा आर्थिक सुविधा लिएर, सरकारी स्रोत साधनको दुरुपयोग गरेर, अर्थात यावत भ्रष्टाचार एवं अनैतिक कुकृत्य गरी अकुत सम्पति कमाउनेलाई नोकरशाही पुँजीपति भन्ने गरिन्छ ।

अब आउनु होस, दलाल पुँजीपतिको पहिचान गरौं । दलाल पुँजीपति कस्ताकस्ता लाई भन्ने विषयलाई झट्ट बुझ्न गार्‍हो पर्छ । २०५२र०५३ साल ताका कम्युनिष्ट पार्टीले हामीलाई दिने गरेको सैद्धान्तिक वैचारिक प्रशिक्षणमा दलाल पुँजीपति भनेको त्यो हो जसले दलाली ९अर्थात कमिसन० खाएर काम गर्छ भनेर सिकाइने गरिन्थ्यो र नेपालका ठुला व्यापारिक घरानाहरु र तिनीहरुसँग मिलेर कमिसन खाएर अकुत सम्पत्ति थुपार्ने शासकहरु समेत दलाल पुँजीपति भएको घोकाइन्थ्यो ।

जस्तै ज्योति समुह, हुलास समुह, गोल्छा अर्गनाइजेसन, वैद्य अर्गानाइजेसन आदिलाई दलाल पुँजीपतिको उदाहरण स्वरुप प्रस्तुत गर्ने गरिन्थ्यो । यिनीहरुले विदेशी उत्पादन बिक्री गरेर ठुलो पैमानामा कमिसन खान्छन र वैदेशमा रहेको मालिकलाई समेत मनग्य मुनाफा दिलाएर नेपाली जनतालाई कंगाल बनाउँछन् भनिन्थ्यो । अर्कोतिर बिना कुनै लगानी कुरा मिलाइदिएको भरमा कमिसन खाएर बाँच्ने घरजग्गा तथा वेश्यावृत्तिको दलाललाई समेत दलाल पुँजीपति हुन भनेर व्याख्या गर्ने गरिन्थ्यो ।

तर त्यतिबेला सुरुमा त्यस्तो व्याख्या मलाई कत्ति पनि चित्त बुझ्दैनथ्यो । सभ्य मानव समाजको विकास र राज्यको उत्पत्तिदेखि चलिआएको वैदेशिक व्यापार गर्नेहरु पुँजिपति अवश्य हुन । तर स्वदेशमा उत्पादन नहुने विदेशी उत्पादन यहाँ ल्याएर आपूर्ति गर्नु सेवा नै हो । स्वदेशी उत्पादन विदेशमा निकासी पनि गर्छन भने कसरी दलाल पुँजीपति भए त भन्ने लाग्दथ्यो । अगाडि सरेर दुख गरेर जुत्ता फटालेर त्यस वापत नाफा वा कमिसन खान्छन भने त्यसको विरोध गर्नु पर्ने किन ? के उनीहरुले फोकटमा काम गर्नु पर्ने हो ? अनि जुत्ता फाट्ने गरी दिन भरी हिंडेर (त्यस बेलाको हालत)  घरजग्गा खरिद बिक्री सम्पन्न गर्न सघाए वापत पाएको दलाली रकमले आफ्नो र परिवारको पेट पाल्ने घरजग्गा दलाललाई पनि पुँजीपति भन्न सुहाउँछ रु भनेर मैले उतिबेला प्रशिक्षणमा सवाल गर्दथे । पार्टीका वौद्धिक प्रशिक्षक कमरेडले “यस्तो कुरा यति छिट्टै बुझ्न सकिन्न । अध्ययन गर्दै गर्नु होला, पछि स्पष्ट बुझ्नु हुने छ” भनेर भनेको अहिले पनि झलझली सम्झन्छु ।

त्यसपछि दलाल पुँजीपति वर्गको खास अर्थ र परिचय जान्ने र यो वर्ग जनताको दुश्मन कसरी भयो भन्ने ठुलो जिज्ञासा मेटाउन विभिन्न सामाग्री जुटाएर स्व अध्ययनमा लागियो । अनि बल्ल हामी विदेशी पुँजीपतिका खेताला अर्थात् दलाल पुँजीपतिहरुद्वारा शासित रहेछौं भन्ने कुरा थाहा भयो । दलाल पुँजीपतिको काम भनेको विदेशी लगानी भित्र्याउने र अत्यधिक कमिसन खाएर ब्यक्तिगत अकुत सम्पत्ति जम्मा पार्ने काम रहेछ ।

त्यसको असर राष्ट्रिय पुँजी र पुँजीपतिमाथि प्रत्येक्ष पर्दोरहेछ र जसको कारण राष्ट्रिय उद्योगहरु धराशायी हुँदा रैछ्न् । यस्ता मानिस दुइ थरी हुँदा रहेछन् । एउटा विदेशी पुँजीपतिको लगानीमा ठुला ठुला उद्योगहरु खोलेर यहाँको सम्पुर्ण बजार कब्जा गरि मनग्ये आम्दानी कमाएर कमिसन स्वरुप आफुले अकुत सम्पत्ति थुपार्ने र विदेशी पुँजीपतिलाई पनि प्रशस्त मुनाफा गरि पठाउने ब्यापारी समुह । अर्को थरी भनेको शासन सत्तामा रहेर ती ब्यापारी समुह र विदेशी पुँजीपतिको अनुकुल राज्यको कानुनी व्यवस्थापन गर्ने, राष्ट्रिय उद्योग धन्दा निजीकरण गर्ने, विकास निर्माणको बहानामा देशको सार्बभौमसत्ता माथि समेत आँच पुग्ने गरिकन विदेशी परियोजना भित्र्याउने, नदिनाला र माटो बेच्ने, विदेशी शक्ति राष्ट्रसँग असमान संन्धी सम्झौता गर्ने, सत्ता बचाउन उनीहरुको सामु घुडा टेक्ने, सम्पुर्ण साशक र त्यसको संरक्षण गर्ने संगठित राजनीतिक दल वा त्यसको नेतृत्वदायी पंक्ति पनि दलाल पुँजीपति नै हुन् । यिनिहरु दुबै थरि व्यापारी घराना समुह र यो प्रतिक्रियावादी राज्यव्यवस्थामा रहेका शासक दुबै दलाल पुँजीपतिमा पर्दछ्न् । यिनिहरुलाई राष्ट्रिय अर्थतन्त्रको माया हुँदैन जसरी हुन्छ आफ्नो व्यक्तिगत सम्पत्ति कमाउन कमिसनसँग मुख्य चासो रहन्छ ।

सत्ता तथा सरकारमा पुग्नु पहिले चुँडेको फित्ता पोलेर गाँसेको फाटेको हवाई चप्पल लगाएर हिंड्ने, शुभचिन्तकको घरमा पाहुना नलागे पेटमा माड नपर्ने नेताहरु न त उनको उद्योग व्यापार व्यवसाय केहि थियो, न त उनिलाई बम्पर चिट्ठा वा लाटरी केहि परेको हो तर आज उनीहरु कसरी नवधनाढ्य बने ?  करोडौं मूल्य पर्ने आलिसन महल, करोडौं मूल्य पर्ने लक्जरी गाडी, करोडौंको जग्गाजमिनको मालिक कसरी बने रु विदेशी बैंकमा अरबौं रुपिया राख्न सक्ने हैसियत कहाँबाट आयो ? र आफुलाई कम्युनिस्ट बताउँनेले समेत त्यो कमिसनबाट जम्मा भएको कालो धन सेतो बनाउन अहिले आएर पूर्वाधार विकासमा लगानी गरे त्यसको स्रोत नखोज्ने भन्ने राज्यको नीति बनाइरहेका छन् । अब कुरा बुझ्नुहोस् कि नेपालमा कुन कुन पार्टी दलाल पुँजीपति वर्गका पार्टी हुन् कुनकुन ब्यक्ति दलाल पुँजीपति हुन्, आफै विश्लेषण गर्नुहोस्, ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर प्रत्यक्ष शासन गर्न शुरु गरे । म त्यतिबेला काठमाडौमा बस्थे । उनले आफ्नो त्यस निरंकुश तथा अलोकतान्त्रिक कदममा जनसमर्थन जुटाउन र विरोधीहरुलाई दबाउने हतियारको रुपमा प्रयोग गर्न भ्रष्टाचार विरुद्ध अभियान नै चलाए । मेलम्ची खानेपानी आयोजनामा ठुलो भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक योजना तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बर्खास्त गरी जेलमा हाले । संचार माध्यमहरुमा भ्रष्टाचारबारे संवादहरु चल्न थाले ।

एनजिओहरुले भ्रष्टाचार बारे सार्वजनिक बहसहरु चलाउन थाले । त्यसै क्रममा एक दिन एउटा एनजिओले काठमाडौं बसन्तपुरमा भ्रष्टाचार बारे खुला सार्वजिनिक बहस चलाएको रहेछ । त्यतिबेला म आफ्नो उपचार खर्च जुटाउन स्कुल र कलेजमा गएर अक्सफोर्ड डिस्नेरी बेच्ने काम गर्दथे । घुम्दै जादा भ्रष्टाचार बारे बसन्तपुरमा भएको खुल्ला सार्वजनिक बहस कार्यक्रम नियालेर हेरे । त्यसमा अरु वक्ता र व्यक्तित्वको अलावा नेपाली काँग्रेसका नेता डा. रामशरण महत र तत्कालीन नेकपा एमाले नेता झलनाथ खनाल पनि अतिथिको रुपमा उपस्थित थिए । दर्शकहरुले खचाखच भरिएको त्यस कार्यक्रममा कार्यक्रमका सँचालकले डा। रामशरण महतलाई वैदेशिक लगानी निम्त्याएर कमिसन खानु भ्रष्टाचार हो कि होइन भनेर सोध्दा उनले कमिसन खानु भनेको ज्याला पाउनु हो, काम गरेर ज्याला पाउनुलाई भ्रष्टाचार भन्न मिल्छ ?  भनेर उल्टै प्रतिप्रश्न गरे ।

तपाईले कमिसन खानु हुन्छ त भनेर अर्को प्रश्न सोध्दा राजनीति गर्ने मान्छेले बाँच्नु पर्दैन रु भनेर पुनः प्रतिप्रश्न गरेर कमिसन खाने गरेको कुरा हाक्काहाक्की सकारे र खान पर्ने कारण पनि प्रष्ट्याए । कार्यक्रमका संचालकले अर्का वक्ता झलनाथ खनाललाई डा। रामशरण महतको भनाई कस्तो लाग्यो भनी टिप्पणी गर्न अनुरोध गरिंदा उनले डा। महतको भनाईसँग म धेरै मात्रामा सहमत छु । तर खाएको कमिसन पारदर्शी हुनु पर्छ र करको दायरामा आउनु पर्छ भन्ने हाम्रो आग्रह हो भन्दै कमिसन खानुलाई वैधता प्रदान गर्नु पर्ने कुरामा जोड दिए । त्यस बहसमा र नेताद्वय महत तथा खनालको भनाईले मेरो दिमागमा भुइचालो गयो । किनभने नेपाली काँग्रेस दलाल पुँजीवादी पार्टी भएकोले महतले त्यस्तो भन्नू ठिकै हो भाइ तर झलनाथ खनाल त कम्युनिस्ट हुन् किन यस्तो विचार राखे त भनेर त्यतिबेला म अचम्मै परेको थिए । तर अहिले आएर धेरै वर्षमा यो प्रष्ट भएको छ कि कम्युनिस्टको खोल ओढ्ने गरेका पनि प्रतिक्रियावादी व्यवस्थाका रक्षक वा दलाल पुँजीपति हुनसक्दो छन् ।

नेपालमा दलाल पुँजीपति वर्गको जन्म विदेशी लगानी अर्थात विदेशी पुँजीको आगमनसँगै भएको हो । यो पंचायत कालमै जन्मेको र अहिले विकराल रुपमा झांगिएको छ । अहिले नेपालीहरुसँग पुँजी हुँदै नभएको होइन । कुनै वित्तीय संस्था अथवा विद्युत आयोजनाको शेयर बिक्री आव्हान हुँदा २०औं गुणा बढी दरखास्त पर्ने गरेको हामीले देखिरहेकै छौं । तर सत्तामा रहेका दलाल तथा नोकरशाही पुँजीपतिले कमिसन नपाउने भएकोले स्वदेशी पुँजी प्रति दलाल पुँजीपति शासकहरु र तिनका मतियार नोकरशाही पुँजीपतिहरुको चासो र आकर्षण हुन सकेको छैन ।

दलाल तथा नोकरशाही पुँजीपति वर्गले स्वदेशी पुँजीलाई हतोत्साही एवं निषेध गर्छ र विदेश पलायन हुन वाध्य पार्छ । तर दलाल पुँजीपति शासकहरुले विदेशीहरुलाई लगानी गर्न आऊ, लगानी गर्न आऊ भनेर दुनियाँभरीको हार गुहार गरिरहेका हुन्छन र देशको प्राकृतिक स्रोतसाधन समेत विदेशी पुँजीपतिलाई सुम्पेर देशलाई बन्धक बनाउन पनि तयार हुन्छन । प्रत्येक्ष सिमा सुरक्षा गर्ने सवालमा जनतालाई देखाउन दलाल पुँजीवादी शक्तिहरुले पनि राष्ट्रवादी व्यबहार देखाउन सक्छन् तर आत्मनिर्भर अर्थतन्त्रको विकास, विदेशी पुँजी लगानी रोक्ने र राष्ट्रिय लगानीमा जोड दिने कुरामा सहमत हुँदैनन् ।

उनीहरुको विशेषता भनेको दलाली गर्ने र जसले बढी कमिसन दियो त्यसलाई समात्ने प्रकारको हुन्छ । लगानीमा मात्रै होइन, संन्धी सम्झौतामा समेत बिक्री हुने गर्छन् । कोशी, गण्डकी, महाकाली लगायतका चर्चित सम्झौतामा दलाल तथा नोकरशाही पुँजीपतिले अकुत कमाएका छन् । पंचेश्वर बहुद्देश्यीय जलविद्युत आयोजना जस्ता ठुला ठुला मल्टी बिलियन डलर मेगा प्रोजेक्टहरु निर्माण गर्न स्वदेशी लगानीले नपुगेर विदेशी लगानी खोज्नु पर्ने आवश्यकता पर्न सक्छ । तर माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायतका स्वदेशी पुँजीले निर्माण गर्न सकिने आयोजना पनि विदेशी कम्पनीलाई सुम्पने गरेको सबैलाई थाहै छ । राष्ट्रिय तथा स्वदेशी पुँजीलाई वेवास्ता गरेर कमिसनको लोभमा विदेशी लगानी मात्र खोज्नु भनेको देशलाई नवउपनिवेश बनाईराख्नु हो । नवउपनिवेश भनेको अप्रत्यक्ष पराधीनता हो ।

अर्थमंत्री डा। युवराज खतिवडाले ०७५ सालमा न्युयोर्क पुगेर अज्ञात विकास कार्यमा लगाउन भनी विगत ४ वर्षको भन्दा दोब्बर अर्थात ५ खर्ब ४० अर्ब रुपिया बराबरको ऋण सहयोग उपलब्ध गराउन विश्वबैंकलाई मनाएर फर्केका थिए । यसरी खास कुनै किटानी आयोजना बिना र स्वदेशी पुँजीको खोजी नगरीकनै विदेशी ऋणको याचना गर्नु भनेको कमिसनको निरन्तरताका लागि नै हो भन्ने कुरा प्रष्ट छ । यसले दुई तिहाई बहुमतको कथित कम्युनिष्ट सरकारको समाजवादउन्मुख कार्यक्रमको प्रचार भ्रम मात्रै हो यो सरकारले पनि वैदेशिक लगानीमा जोड दिइरहेको छ ।

कमिसनको त कुरै नगरौं, स्थानीय तहदेखि केन्द्रिय तहसम्म कमिसन बिना कुनै काम नै नहुने अवस्था जगजाहेर छ । गणतन्त्र स्थापना पछि सत्तासीन डबल नेकपा पार्टीको कार्यशैली, नीति र अहिलेको सरकारको सम्पुर्ण क्रियाकलाप, आर्थिक नीति, मौद्रिक नीति, बजेट, नीति तथा कार्यक्रम सम्पुर्ण दलाल तथा नोकरशाही पुँजीपति वर्गको हितमा नै ल्याएको देखिन्छ । यदि अब पनि सत्तासीन नेकपा ९ नेकपा ० को नेतृत्व पंक्ति दलाल पुँजीपतिमा रुपान्तरण भैसक्यो भनेर कन्जुस्याइँ गर्नु नेपाली जनता, राष्ट्रिय पुँजीपति वर्ग र नौलो जनवादी क्रान्ति पक्षधर माथिको अन्याय हुनेछ । त्यसैले सम्पुर्ण कुराहरु गतिशीलतामा बुझ्नुपर्छ स्थिरतामा होइन ।