समाजशास्त्रीय दृष्टिकोण : कोरोना कहर र सामाजिक मनोविज्ञान

करिव ६ महिना अघिदेखी चिनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ अर्थात नोवल कोरोना भाइरसले विस्वभर ५३ लाख ७० हजार ३७५ मानिसहरु संक्रमित भएका छन भने यसको संक्रमणबाट बाल बच्चा, दिर्घरोगी , वृद्ध उमेर समुहका मानिसहरु आज सम्म कुल ३ लाख ४४ हजार ४५४ जना यस महामारिको संक्रमणबाट मृत्यु हुन पुगेका छ्न ।

यस महामारीले मानिसको जिवनलाइ लामो समयसम्म असर पर्ने गरी नै विस्वभर कोरोना फैलिएको छ। यसको मुख्य चपेटामा विस्वका अधिकांश मुलुक र शक्तिसाली मुलुक नै शुरुमा चिन र हाल अमेरिका, इटाली ,स्पेन , फ्रान्स लगायत भारत समेत गरी शक्तिशाली मुलुकले नै यस महामारिको सामना गरिरहेका छन ।

नेपाल जस्तो अल्पविकसित र स्वास्थ्य क्षेत्र अन्य देशको तुलनामा निकै कमजोर रहेको हाम्रो मुलुकमा हिजो सम्म ७७२ संक्रमित र ४ जनाको मृत्यु समेत भएको छ भने भयावह फैलिने निश्चित जस्तै देखिन्छ र यो विषम परिस्थितीबाट हाम्रो समाज गुज्रिरहेको छ । कोरोनाको कारणले गर्दा दिनहुं मानिसको मानसपटलमा अनेकौ कुराले घचघचाइरहेको यो अवस्थामा नेपालमा यसको न्यूनीकरणका लागी अवलम्बन गरिएको पहिलो चरणको लकडाउन ले खासगरी श्रमजीवी वर्ग र विपन्नताको संकटबाट गुज्रिएका परिवार नै यसको मुख्य चपेटामा परेका छ्न ।

दिनभर काम गरेर छाक टार्ने समुहका मानिस नै यसको मुख्य शिकार भएको देख्न र सुन्न पाइन्छ। शुरु चरणमा गरेको लकडाउनको आकारलाइ सिंगो समाजले यसको आकार कस्तो होला आंकलन गर्न सक्थेन नै यो जव बढ्ने संकेत देखा पर्दै गयो त्यसपछी स्थानीय तहमा रहेका सरकारका जनप्रतिनिधिले यसको भविष्यको भारबारे आउने दिनमा के होला भन्ने अन्दाज गरेर यसको चुनौती सामना गर्नु पर्ने अवस्था सिर्जना भएको हुंदा बेरोजगार व्यवस्थापन र नेपाल भित्रिने लाखौ युवाहरुको व्यवस्थापन गर्नु पर्ने थप चुनौती थपिएको छ । यसलाइ व्यवस्थापन गर्न को लागी कृषिमा ठुलो बजेटको हिस्सा छुटाएर आत्मनिर्भर बनाउने भौतिक विकास निर्माण कार्यमा प्रयोग गरेर रोजगारी सिर्जना गर्नु पर्ने देखिन्छ ।

दुइ महिना भन्दा लामो समयावधिको बन्दाबन्दिको कारणले गर्दा ४ सय ४२ जना भन्दा बढी संख्यामा मानिसहरुले आत्महत्या गरेका तथ्यांक बाहिरिएकाे छ् भने खान नपाएर आत्म हत्या गरेका थुप्रै अप्रीय घटना सुन्नु पर्यो र देख्नु पर्यो । करिव दुइ महिनाको लकडाउनको मार खेप्नु पर्ने यो अवस्था सम्म आइपुग्दा झेल्नु परेका थुप्रै समस्याका चाङ हाम्रो सामु छ्न भने लकडाउन भएको लामो समयले गर्दा अवका दिनमा नेतृत्वले समाजलाइ कुन दिशा तर्फ लैजाला मुख्य सवाल नै बनेको छ  ।  जनताको हरेक चिन्तनले सोच्नु पर्ने अवस्था नयां ढंगले विकसित हुनु पर्ने देखिन्छ । पहिलो चरणको लकडाउनको कारण ले सामाजिक रुपमा मानिसको कोरोना प्रतिको दृष्टिकोण निकै नै डरलाग्दो थियो भने केहि हल्का रुपमा लिनेको ठुलै जमात समेत थियो । यसको मुख्य कारण सामाजिक संजाल टिभी रेडियो लगायतका संचारका साधन नै सिंगो विस्वलाइ एउटा गाउं बनाइदिएकै कारणले थियो ।

सबै खाले सुचना प्रवाह छिन भरमै संसारभर पुग्थे त्यही क्रम मै चिन ,इटाली ,स्पेन ,फ्रान्स,अमेरिका र भारत लगायत का मुलुकमा पछिल्ला दिनमा संक्रमितको संख्या ह्वातै बढ्नु र मानिसहरु सो संक्रमणबाट मृत्यु भएका लासहरु छरपस्ट देखिनु ले मानिसको अन्तिम अस्तित्वको लडाइ संग मानिस जुधिरहेको छ भन्ने लाग्दथ्यो ।

जताततै लास गाड्ने ठाउं समेत नपुग्ने घटनाले हाम्रो समाजको मनोविज्ञान र यसबाट कसरी बच्ने र स्वास्थ्य क्षेत्रका विज्ञहरुबाट यसबाट बच्ने कुरा अवलम्बन गर्नु पर्ने कुरामा बढी ध्यान केन्द्रीत थियो। हाम्रो देशमा विस्वमा कोरोनाको चपेटामा परेको देशको उदाहरण ले हामिलाइ सिक्नु पर्ने पाठ र समय प्रशस्त नै दिएको थियो तर पनि यसको रोकथाममा ब्रेक गर्ने उपाय रोज्न राज्यले नसक्नु र नागरिक स्वयम नसक्नु ले नागरिकले स्वतन्त्रताको नाममा कर्तव्य विर्सनु ले नेपाली समाज यसको मुख्य चपेटामा पर्ने खतराका संकेतहरु देखा परेका छ्न।

नेपालमा खासगरी कोरोनाको मनोवैज्ञानिक सामाजिक असरलाइ अझ बढी मजवुत भएर जिवन निर्वाह गर्ने र उत्पादनसंग जोडिने प्रेरणा त कोरोनाबाट प्राप्त भएको पाउन सकिन्छ । सामान्य भन्दा सामान्य रुपमा यस रोगलाइ लिनु पर्ने सामाजिक धाराणा समेत निर्माण भएर मानिस बाच्न सकिन्छ भन्ने दृढ्ता पैदा भएको केहि सामाजिक मनोविज्ञान सजिलै पाउन सकिन्छ। कोरोनाको कारणले मानिसलाइ हरेक कुरा सापेक्षतामा निर्भर हुने कुरा तर्फ डोर्याएको र नकारात्मक भन्दा सकारात्मक तवरले लिंदा संक्रमित भैहाले पनि ठिक हुन्छ भन्ने मनोविज्ञान र आत्मविस्वास थपिदै गएको छ।

तसर्थ केहि दिर्घ रोगि वृद्ध मानिस सुत्केरी महिला सल्यक्रिया का बिरामी भने यसबाट जोगिनु नै उनिहरुको मुक्ती हुने र जिवन बांच्ने छ भने आम धारणा पाइन्छ । दोश्रो अन्तिम पटक को लकडाउन सम्म आइपुग्दा सामाजिक मनोविज्ञान सकारात्मक नै थियो भने पछिलो संक्रमित संख्या एकै दिन सयको हाराहरिमा पुग्ने गरी बढ्नु ले थप चिन्ता थपिदै गएको देखिन्छ यसको मुख्य जिम्मेवारी पक्ष नै लकडाउन खुकुलो हुनु र नागरिकले संकटमा आफ्नो स्वतन्त्रता खोज्नु नै मुख्य जिम्मेवार रहेको छ।

कोरोनालाइ रोकथाम गर्नु पर्ने अवस्थाका माझमा अधिकांश समस्या थपिनुले ढोका बन्द गर्ने र झ्याल खुल्ला राख्ने प्रवृती राज्यको निकायबाट नै भएको देखिन्छ ।  अस्पतालमा आउने सल्यक्रीया लगायतका बिरामी र संभावित जोखिमयुक्त ठाउंबाट आएका बिरामीको पिसिआर नगरी उपचार अघि बढाइनुले थप समस्या देखिने र थप कोरोना फैलिन सक्ने सम्भावना बढेर जाने देखिन्छ भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न राज्यले नसक्नु नै कोरोनाको संक्रमण फैलिन दिने प्रमुख कारक हुन भन्न सकिने प्रशस्त आधार रहेका छ्न।

यसरी हेर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मी घर आउने जाने गर्दा उसमा देखिएको संक्रमण देखिन थाले भने उसको परिवार छरछिमेक पसल लगायतका ठाउंमा यसको जोखिम बढदै जाने देखिन्छ भने यसको मुख्य दोषिको हुने रुउदाहरण को लागी त्रिवि शिक्षण अस्पतालमा छ वर्षिय बालिकामा संक्रमण देखिएसंगै त्यहांको न्युरो वाड सिल गरेको र स्वास्थ्यकर्मी लाइ क्वारेन्टाइनमा राखेको समाचार त आयो तर वाड पिक्षे स्वास्थ्यकर्मी आवतजावत गर्ने सबारी साधन त त्यहां थिएनन ।

त्यसो हुंदा सो वाडमा आउनेजाने र अन्य वाडमा काम गर्ने समेत संगै आवतजावत गर्दा कति सम्भावित जोखिम बढ्यो यता तर्फ पटकै ध्यान नदिएको पाइयो।तसर्थ यस्ता सामान्य कुरामा समेत ध्यान नदिंदा स्वास्थ्यकर्मी सुरक्षित राख्न नसक्नाले रोग भयावह फैलिने हो भने यसको जिम्मेवार को हुनेरु तसर्थ निश्चित रोग र वाड पिक्षेका स्वास्थ्यकर्मी लाइ निश्चित परिधिमा रहने गरी अस्पताल वा कुनै होटल मा राख्ने र आवतजावत सहज हुने गर्न किन नसकिने र राज्य, अस्पताल प्रशासन र स्वास्थ्य विज्ञको सल्लाह अनुसार कन्ट्र्याक ट्रेसिङ गरेर सम्भावित जोखिमका स्वास्थ्यकर्मी कोरोना देखिएको वाड बाहेक अन्य वाडमा हुदैनन भन्ने आधार के ? संगै आवतजावत गर्ने र एउटै यातायातको साधन प्रयोग गर्दै अस्पतालसम्म सबै वाडमा कार्यरत स्वास्थ्यकर्मी जाने भएसी वाड फरक भएर संक्रमित हुने सम्भावना कम हुने आधार केरु सोहि वाडमा मात्र सम्भाव्य कोरोना संक्रमित खोज्ने तरिका अवलम्बन गर्दै गर्दा कति मानिस थप संक्रमित हुन्छ्न बेलैमा ध्यान दिनु जरुरी छ भने थप चुनौती अवस्य नै निम्तिने देखिन्छ।

स्वास्थकर्मी नै उच्च जोखिम मा रहेका छ्न भन्दै जाने र बुझेकै आधारमा उनिहरुको व्यवस्थापनमा चुकियो भने यसको परिणाम सिंगो देशले भोग्छ तसर्थ स्वास्थ्यकर्मी नै संक्रमित भए भने उनिहरुको परिवार समाज हुंदैछ र छिमेक कसरी बच्न सक्ला भन्ने तर्फ सरकारले ध्यान दिनु जरुरी छ अन्यथा कोरोनामा ब्रेक लगाउन सकिएला भन्ने आधार देखिदैन।तसर्थ संभावित जोखिमलाइ ध्यान दिएर कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको को व्यवस्थापन र उनिहरु प्रती उत्तरदायी बन्नु नै हो । यसरी हेर्दा अस्पतालमा आउने संभावित जोखिमयुक्त ठाउंका बिरामिहरुको पिसिआर गरी स्वास्थोपचार तर्फ ध्यान दिनु जरुरी छ भने यो पनि एक कोरोना ब्रेक गर्ने काममा बहु उपयोगी सुचक मानिने नै देखिन्छ।

तसर्थ स्वास्थ्य तर्फका स्वास्थ्य सिपाहिको व्यवस्थापनमा ध्यान नदिंदा पारिवारिक वातावरण सामाजिक वातावरण कस्तो हुन्छ सोच्नु पर्दैनरु मनोविज्ञान उच्च राख्ने तर्फ ध्यान दिंदा राम्रो हुने कि रु यि बाहेक उत्पादन तर्फ प्रत्यक्ष जिवन निर्वाह संग जोडिएका उत्पादनका साधन र कृषि उत्पादन तर्फ ध्यान नदिंदा भोकमरि बेहोर्नु नपर्ला भन्न सकिदैन भने कोरोनाको प्रभाव खुल्ला सिमानाको कारण ले गर्दा पनि थप चुनौतिको रुपमा हाम्रो सामु खडा भएको छ ।

यसलाइ ब्रेक गर्न पछि आउने दिनमा के कुरालाइ आधार मानिएको थियो भन्ने कुरा स्पष्ट नहुने र कोरोनाको यात्रा कहां पुगेर ठप्प होला आंकलन गर्न नसकिने हुंदा केहि गरी खाने वर्ग ले यस लकडाउनको पालना गर्लान भन्ने लाग्दैन भने मान्छे आफ्नो स्वतन्त्रता खोज्ने तर्फ उत्प्रेरित गर्ने तर्फ लाग्ने अनुमान लगाउन सकिन्छ।कोरोना समयाबधी निकै लामो हुन सक्ने हुंदा अहिले आम जनता राज्यको अनुशासनलाइ पालना गरेका छ्न भने व्यक्तिगत स्वतन्त्रता लाइ कैद गराएका छ्न ।

तसर्थ सामाजिक मनोविज्ञानलाइ हेर्दा गरिखाने समुहका लागी ठोस कदम चाल्नु पर्ने बांझो जमिन उपयोग निति प्रारम्भ गर्नु पर्ने बिउपल बितरण कार्यलाइ तिव्रता दिनु पर्ने जस्ता कार्यहरु अवलम्बन गर्ने कुरामा ध्यान जानु पर्छ भन्ने आम नागरिक र खास गरिखाने वर्गको माग देखिन्छ।

सामान्यतया सामाजिकिकरणको अभ्यास गर्नु नै कोरोना पराजित गर्ने शुत्र र जिवन निर्वाहको बाटो हुन सक्छ र संंसार जिवित छ श्रोत र साधन देश अनुसार फरक छ्न र राज्य व्यवस्थामा थप जिम्मेवारी पर्न सक्ने हुंदा केहि समयावधि को लागी मानविय अस्तित्व मानविय सकृयता शरिरको कृयाशिलता अनुसन्धान मुलक खोज फरक बिधामा तर्क र बहस उत्पन्न भैरहेको छ भन्ने कुरा कोरोना कै प्रभाव हो भन्न सकिन्छ। यस संकटमा स्वास्थमा हुने समस्यालाइ मध्यनजर राखी दीर्घ रोगी वृद्ध मानिस र बालबच्चाको राम्रो स्याहार सुसार गर्ने गरी स्वास्थ्य उपचार वर्गिकरण गरी गर्नु पर्ने देखिन्छ।खास गरी ब्ल्याक डेथ र प्लेग रोग जस्ता महामारिले करोडौं मानिसको मृत्यु भएको इतिहास विस्व समुदाय माझ छ ।

यस्लाइ सम्झिएर कोरोना मुक्त पार्ने अभिभारा र सकृय जिवनशैली निर्धारण गर्ने कार्य तर्फ ध्यान जानु जरुरी देखिन्छ।यसरी कोरोनाको प्रवृतिलाइ हेर्दा यसको आकार र गति अनुमान भन्दा बाहिर रहेको हुंदा थप चुनौती बन्दाबन्दी रहिरहनु पर्ने अवस्थाले मनोरोग बढ्ने , गरिबी बढ्ने ,सामाजिक कलह उत्पन्न हुने , लागु औषध दुर्व्यसनिमा फस्ने , खाद्य सन्तुलनको भण्डारमा ह्रास आउने,जि डिपी ओरालो लाग्ने ,राजस्व घट्ने ,आर्थिक वृद्धिदर करिव एक दशमलव पांचमा झर्ने, अर्थतन्त्र धरासायी हुने ,कालो बजारी बढ्ने, उध्योग धन्दाको पुनर्जीवन नहुने, जस्ता दुर्गामी असर भोग्दै लामो समयको महामारिका कारण शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, राजनितिक क्षेत्र ,आर्थिक क्षेत्र लगायतका क्षेत्रमा निकै ह्रास आउन सक्ने र समाज गुज्रीनु पर्ने देखिन्छ यिनै खाले प्रवृतिले सामाजिक मनोविज्ञान निकै खतरामा पुग्न सक्ने देखिन्छ।

तसर्थ यसबाट बच्नको लागी अनुशासन, समन्वयकारी निति ,जागरण अभियान ,अन्य मुलुकले अबलम्बन गरेका कोरोना विरुद्धको गतिविधी अवलम्बन गर्ने ,सहुलियत बैंकिङ ऋण प्रदान र ब्याजदर घटाउने,स्वास्थ्य क्षेत्र मा खटिएका स्वास्थ्यकर्मी को रोकथाम नहुन्जेल अस्पताल मा वस्ने वातावरण मिलाएर हौसला प्रदान गर्ने ,सुरक्षा क्षेत्रमा खटिएका सुरक्षाकर्मी लाइ अन्य कर्मचारी को तलब काटेर भएनि उचित प्रोत्साहन प्रदान गर्ने जस्ता कार्यले कोरोना लाइ जित्न सकिने आधार सुचक निर्माण हुन सक्छ्न।

यसतर्फ राज्यको ध्यान जानु आजको आवस्यकता हो र सामाजिक न्याय हुने मार्ग पनि यहि हो भन्न सकिन्छ। यसको मध्यनजर गर्दै आगामी दिनमा तिन तहकै सरकार नागरिक समाजका अगुवा लगायत को अहम भुमिका बाट कोरोना महामारी रोकथाम बारे नयां कार्यदिशा बनाएर अघि बढ्नु पर्ने देखिन्छ ।