लुटखसोट भित्रको अस्तित्व !

कुनै कालमा सूर्यबाट टुक्रियर अन्तरिक्षमा अड्कीएको एउटा टुक्रा नै पृथ्वी हो । शुरुमा पृथ्वी एकदमै तातो थियो । विस्तारै सेलाउँदै जाने क्रममा पानी र जमिन छुट्टीयो । पृथ्वीको ३ भाग समुद्र बन्यो र एक भाग जमिन बन्यो । जमीनमा पहाडहरु बने मैदान बने मुलहरु बने नदी नलाहरु बने विस्तारै जलचरहरुको विकास हुँदै थलचरहरु बने बोट विरुवाहरु फुलहरु रुखहरु र सुन्दर जीवजन्तुहरुको विकास भई पृथ्वीले आफ्नो अतुलनीय सुन्दरता भरेको कुरा भुगर्भ शास्त्रि वैज्ञानीकहरुले बताएका छन् ।

पहिलो जीवको रुपमा एल्गी(कउष्चयनष्चब)को विकास हुँदै हजारौं लाखौं गर्दौ करोडौं जिवजन्तुहरुको विकास ज्यामितिय गतिमा भएको कुरा गणितशास्त्रीहरुका तथ्याङ्कहरु छन् । आज सम्म त्यो संसारको अतुलनिय प्राकृतिक सुन्दरता भित्रको अति सुन्दर जाती मध्यको मानव जाती रहेको छ । मानव जातीको विकास एउटा ढेडुबाँदरबाट भएको कुरा क्रमविकासको सिद्वान्तका प्रतिपादक चाल्स डार्विनले बताएका छन् । जुन बाँदरहरुले जंगलबाट मैदानमा आउँदै गय उनीहरु विकास हुन थालेको देखिन्छ ।

 – प्रशिद्द दार्शनीक चाल्र्स डार्विनले आफ्नो अस्थित्वको सिद्वान्त Survival of the fittest मा भनेजस्तै यो दुनीयाँमा समय, परिस्थिति र संस्कृतिका आधारमा मुकाविला गर्न सके मात्र अस्थित्व बरकरार रहने कुरा स्पष्ट छ ।
– विश्वब्यापाी रुपमा फैलियका कोरोना भाईरसले पुँजीवादी चिन्तनको खिल्ली उडाईदिएको छ । निजी पुँजी र ब्यक्तिगत स्वार्थबाट उज्जेलीत भएका कारण आफुलाई संसारका बादसाह सम्झीने ट्रम्सले नै चाहिना सँग सहयोग माग्नु प¥यो, रसासँग हात थाप्नु प¥यो ।

तर जो जंगलबाट वाहिर आउन नसक्नेहरु बाँदरको बाँदरै रहेको विश्लेशन छ । क्रमशः विकास हँुदै उनीहरु रामापितिकस – अस्ट्रैलोपितिकस — होमो सिकनेस हुदै विभिन्न जातजाती र समुदायमा विभाजन अएका थिए । त्यतिबेला देखि नै कविले संस्कृतिबाट विकसीत हुँदै गएको र आ–आफ्ना कविला बनाउँदै जाने गरेको पाईन्छ ।

युग देखि युग वित्दै जाँदा उनीहरुमा चेतनाको विकास हुन थाले पछि एक कविलाबाट अर्को कविलामा जाने विहेवारी गर्ने एक कविलाले अर्को कविलाको सह–अस्थित्व स्वीकार गर्ने एकले अर्काको मद्दत गर्ने माया ममताको संसार बन्यो जसलाई हामी आदिम साम्यवाद भन्ने गरेका छौं । कसैको कसैमाथि रिस राग नभएको प्रयाप्त प्राकृतिक श्रोत साधनले भरिपूर्ण व्यक्तिगत अभिलाशा नभएको अवस्था थियो ।

विस्तारै युग परिवर्तन हुँदै जाँदा संसारमा मानवको जनसंख्या ज्यामितिय गतिमा बढ्यो र श्रोतसाधनको अंकगणितिय हिसावले विकास हँुदै गएपछि श्रोत साधनहरुको कमि हुँदै गयो । मानिसहरु भण्डारणको चेतनामा प्रवेश गरे । निजि भण्डार बनाउने चेतनाको विकास भयो । उक्त निजी भण्डार बनाउने प्रतिस्पर्धा बढ्यो ।

आफ्नो क्षेत्र बनाएर बढाउँदै जाने त्यो क्षेत्रमा शासन गर्ने क्षेत्रिय प्रचलनको विकास भयको पाईन्छ । तेरो मेरो भन्ने संस्कारको विकास भयो, भगबण्डाको प्रथा शुरु भयो । मानिसहरुमा अविश्वास, रिश, ईश्या, घमण्ड, बदला जस्ता हजारौं दोषहरुको विकासले गर्दा प्रकृतिको अति उत्कृष्ट सुन्दरतामा कालो दाग भरिदै गएको पाईन्छ । त्यही क्षेत्रिय प्रथाबाट सृजना गरिएको क्षेत्र विशेषलाई राज्य भन्ने गरिन्छ ।

आफ्नो राज्य बढाउनका लागि लडाकु दल निर्माण गर्ने विभिन्न हात हतियारहरु निर्माण गर्ने एक राज्यलाई अर्को राज्यले आक्रमन गर्ने । बरबर हत्या गर्ने बन्दी बनाउने दास बनाउने प्रथाको विकास हुँदै गयो । यसै विचबाट विभिन्न जातहरु विभाजन भए शक्तिशाली जातका मान्छेहरुले कमजोर जातीहरुलाई दास बनाउने दास युगको शुरुवात भएको पाईन्छ ।

एकले अर्कालाई हेप्ने, कुटपिट गर्ने, शोषण, दमन, अन्याय, अत्याचार मात्रको विधिबाट निजी भण्डार र क्षेत्र बढाउने कार्य गरेको पाईन्छ । त्यसै विचबाट एक जातीले अर्को जातीलाई कमजोर बनाउँदै जाँदा धनी र गरिव दुईवटा वर्ग बनेको पाईन्छ । धनी वर्ग शक्तिशाली हुँदै जाने र गरिव वर्ग कमजोर हुँदै जान थाल्यो ।

धनी र गरिव विचमा शक्ति र सम्पत्तिको हिसावले ठुलो अन्तर देखा प¥यो । धनी वर्गले गरिव माथि हिंशा, हत्या, बलात्कार, डर, त्रास लागु गर्दै आफ्ना ईच्छा पुरा गर्न थाले । धनीहरुले गरिव माथि पशु जस्तै बेच विखन गर्ने, यौन, शोसन गर्ने, कमारा, कमारी, हलिया, गोठाला, हरुवा, चरुवा, कम्लहरी, देउकी, झुमा आदी खालका शोषण गर्न थाले । ठुला–ठुला महासंग्रामहरु चल्दा चल्दै क्रमशः प्रथम विश्व युध्द र दोश्रो विश्य युध्द सम्म भएको थियो । यसैलाई बरबरर्ताको युग अनि दास युग भनिन्छ ।

यकातिर राज्य राज्य विचको दुश्मनी र ईश्र्या बैमनश्य चलिरहेको थियो भने अर्को तिर जाती जाती विचको युध्दहरु पनि चलेकै थिए । आज सम्म पनि त्यो महा समरको यात्रा चलिरहेकै देखिन्छ । धनी र गरिव वर्गको विचमा शक्ति र सम्पत्तीको अन्तर मात्र भएन संख्यामा पनि उल्टो ठुलो अन्तर देखा प¥यो ।

धनीहरुले सबैलाई अन्याय गर्ने क्रममा एकपछि अर्को गर्दै चुसेर फाल्ने रितिरिवाजका कारण गरिवहरुको संख्या बढेर ठुलो भएको हो । ठिक एसै समयमा जर्मनका दार्शनीक कार्ल हेनरीच माक्सले अर्थशास्त्र, ईतिहाँस, सामाजिक शास्त्र र राजनीतिक शास्त्रको विश्लेशन गर्ने क्रममा अति सुन्दर साम्यवादको परिकल्पना गरेको पाईन्छ ।

यो संसारमा शोषित, पिडीत मजदुर किसानहरु लगायतका निम्न वर्गको विशाल संख्यालाई सिमित कपटी, छली, शंकालु, ईश्यालु, घमण्डी, पाखण्डी धनी वर्गहरुले शासन गरिरहेको कुरा बताउनु भएको छ । यसको विकल्प संसारका उत्पीडीत वर्गको विशाल संख्यालाई एक जुट गरेर त्यो धनी वर्गको लुटको श्वर्ग ढाल्न सकिने कुरा निश्चित गर्नु भएको छ ।

म र मेरो भन्ने धारणलाई जरै देखि मेटाएर हामी र हाम्रो भन्ने धारणाको विकास गर्नुमा नै संसारको हित अडियको कुरा पनि पक्का गर्नु भएको छ । उहाँले पुजी भन्ने कितावमा पहिलो कुरा वहुसंख्यक उत्पीडीत जातजाती, वर्ग, समुदायका मानिसहरु एकजुट हुन जरुरी छ भन्नु भएको छ। त्यसपछि श्रम गर्नुपर्छ र सामुहीक पुजीको विकास द्वारा समाजको सामुदायिक विकास हुँदै जान्छ भन्नु भएको छ । अर्थशास्त्रमा पनि उत्पादनका ३ वटा साधन संगठन, श्रम र पुँजी नै भएको कुरा मार्सलले बताउनुभयको छ ।

त्यसै गरि निम्न पुँजीपति वर्गमाथि भएका अत्याचारहरुका पनि एक पछि अर्को गर्दै प्रतिकार गरेर नै सामान्तीहरुको लुटको स्वर्ग ढल्दै जाने क्रममा जनवादी ब्यवस्थाको विकास हुँदै समाजवाद अनि शासन रहित, शोषण रहित, जात रहित, वर्ग रहित ब्यवस्था(साम्यवाद)को स्थापना हुने कुरा सत्य सावित गरिदिनुभएको छ ।

त्यो सुन्दर ब्यवस्था आदिम साम्यवादको भन्दा कयौं गुणा सुखमय र रमाईलो हुने कुरा ब्यक्त गर्नु भएपछि संसारका सबै बुद्विजीवी, विद्वान, दार्शनिकहरुले त्यो बाटोलाई आवलम्बन गरि संसारका तानाशाहा अन्याय र अत्याचारका प्रतिमुर्तिहरुको लुटको स्वर्ग हिउमा पानी हाले जस्तै गरि विलाउँदै गएको सर्व विदित कुरा हो ।

आज पनि संसारमा धेरै ब्यक्तिहरु म र मेरो भन्ने निम्न पुँजीपति नोक्करशाही मानसिकताबाट अगाडी बढेको कारणले राज्य भित्रका जल, जमिन, जंगल, जडिबुडी, उद्योगधन्दा, कलकारखाना, शिक्षा, स्वास्थ्य, पारवाहन र हवाई अड्डाहरुमा निजिकरणको होडवाजी चलेको देखिन्छ । भण्डारणको पुरानो ढरर्राको मानसिकताको कारणले जम्मा खोरीहरु बढेर मुद्रा संकुचन भएको अवस्था छ ।

दलाल पुजीवादी चिन्तनका कारण राजद्रोह बढेको छ । कसैलाई २४ का २४ घण्टा मोज छ कसैलाई जिवनका हर पल बोझ बनेका छन् । कतै भातैभात, कतै पम्फरा हात भन्ने उखानले सिद्दी पाएको छ । कोही रातादिन ५ तारे होटल रिसोर्टहरुमा सुरा सुन्दरी र महंगा मदीरापान गरेर ऐस आराम गरिरहेका छन् भने कोही सडकका गल्लीहरुमा श्रम गर्दै भोक प्यासले मरिरहेको अवस्था देखिन्छ ।

यहि रोगले नेपालमा पनि जरा गाडेको देखिन्छ । नेपालमा पछिल्लो चरणमा उही पुरानो ढड्डाको निम्न पुजीवादी नोक्करशाही चिन्तनबाट प्रभावित पुँजीवादी लोकतान्त्रीक संघिय गणतन्त्र स्थापना गरिएको छ । एउटा राजा ढलेपछि ६०१ राजा बनेका छन् भने सामान्ती सिंहदरवार गाउँ–गाउँमा पुगेको छ । गाउँ देखि शहर सम्म ब्रम्हान देखि सुद्रसम्म सबै व्यक्तिहरुमा निजी पुँजी कसरी आर्जन गर्ने ? भन्ने प्रश्न मात्र चलिरहेको छ । निजि पुँजी आर्जन गर्नका लागि हालै ललिता निवास प्रकरण चल्यो । सुनकाण्ड चले नदिनाला बेचविखन भएकै छन् । सीमासाँधीहरुमा सौदावाजी चलिरहेकै छ ।

विप्पा जस्ता राष्ट्रघाति सम्झौताहरु ऐतिहाँसिक धोकालाई नहेरीकनै भएका छन् । लुट, खसोटका क्रममा हिंशा, हत्या, बलात्कारका बरबर घटनाहरु बढेको पाईन्छ । यहाँ त अरु देशमा जस्तो राज्य भन्ने मान्छेहरुको संख्या पनि कम देखिन थालेको छ । राज्यले के दिन्छ ? राज्य भनेको के हो? खै कहाँ छ राज्य ? भन्ने प्रश्न गरेको पाईन्छ ।

राज्यको महत्व कसैलाई थाहा छैन । कसैले राज्यको महशुस गरेका छैनन् । प्रत्येक राज्य–राज्यमा त्यही समस्या भएका कारण राष्ट्रियता पनि कमजोर भएर आयको देखिन्छ । देशका विषयमा कमै चर्चा चल्ने गरेका छन् ।समाजमा बर्चश्व कायम गर्नका लागि पैसा कमाउनु पर्छ पैसा ! पैसा भयो भने आँखो पनि किनेर हाल्न पाईन्छ, जे भने त्यही हुन्छ त्यसैले जसरी पनि पैसा कमाउनु पर्छ भन्दै हिड्दा कति अपराधका कालकोठरीमा पुगेका कुरा हामी प्रत्यक्ष देख्न पाउँछौं । बुढा बृद्द बुवा आमाको ख्यालै नगरेको पाईन्छ । कतिले त दौलतका लागि आमाबुवाकै हत्या गरेको पाईन्छ । बाल बच्चाहरुको स्वास्थ्य र शिक्षमा ध्यान नदिएको देखिन्छ । सत्ता र सम्पत्तिको लागि बाबु मार्ने राजसत्ताको अन्त्य भएको पनि धेरै समय वितेको छैन ।

यो निजी स्वार्थ भन्ने रोग त यस्तो हुँदो रहेछ, क्षेत्रीयता, राष्ट्रियता, सांस्कृतिक महत्व, सामाजिक न्याय जस्ता महत्वपूर्ण कुरालाई पनि ख्यालै नराखि नितान्त ब्यक्तिगत चिन्तनमा आधारीत भईहाल्दो रहेछ । यसै सिलसिलमा भाई फुटे गवार लुटे जस्तै गरि अन्तराष्ट्रिय छिमेकी राष्ट्रहरुले आँखा गाडेका गाड्यै छन् ।

कसरी यहाँको वहुमल्य प्राकृतिक सम्पदा र सौन्दर्यता हात पार्ने भन्ने दाउँ पेचका कारण कहिले ःऋऋ प्रकरण चल्छन त कहिले लिपुलेक लिम्पीयाधुरा कालापानी । भारत सबै भन्दा नजिकको छिमेकी हो त्यसैबाट बढी खतरा देखिएको छ । यो भाई त गोही जस्तो आँसु छार्छ त्यसैलाई हामी रोदन र भातृत्वको संज्ञा दिदै बस्नाले एक दिन नेपाललाई पक्लक्कै गोहीले माछा निले जस्तै गरि निलिदिने देखिन्छ । कहिले सात समुद्र पारीबाट ड्राईगन पनि आगोको लप्का लुकाएर मुस्कुराउँदै आउने गरेको देखिन्छ । यीनीहरुले बाघ कस्तो हुन्छ भन्दा बिरालो हेर्नु पर्ने र दुश्मन कस्तो हुन्छ भन्दा भाईको मुख हेर्नुपर्ने उखानलाई प्रमाणित गरिदिएका छन् ।

प्रशिद्द दार्शनीक चाल्र्स डार्विनले आफ्नो अस्थित्वको Survival of the fittest मा भनेजस्तै यो दुनीयाँ जित्नेहरुको हो । जसले ठाउँ, समय र परिस्थितिका आधारमा धर्ति, संस्कृति र प्रकृति सँग मुकाविला गर्न सक्छ उसैको हुन्छ । अब नेपाललाई त्यही पञ्चशिलको सिद्दान्तले जोगाउँछ भन्ने कुराबाट वाहीर निस्कीनु जरुरी छ ।

राजनीति दयामाया हैन । रणनिति र कुट्नीति चालबाट स्थापित हुन्छ भन्ने कुरा बुझी समयमै सेनाको संख्या मात्र हैन हात, हतियार, खरखजाना सँग आधुनिक तालिमको विकास गर्न जरुरी छ । त्यतिमात्र हैन देशको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नति गर्नका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, वैज्ञानीक वन ब्यवस्थापनको निति, उर्जा, पर्यटन र खानी उत्खनन जस्ता कुराहरुमा जोड दिनु पर्ने देखिन्छ ।

किनकी आज पनि त्यही क्षेत्रिय विचारबाट प्रभावित भएका कारण आफ्नो क्षेत्रयीताको रक्षा गर्दै अगाडी बढ्न सक्नु नितान्त आवश्यक कुरा हो । आज विश्वाब्यापी रुपमा फैलियका कोरोना भाईरसले पुजीवादी चिन्तनको खिल्ली उडाईदिएको छ । आफुलाइ संसारको वादसाह सम्झीने अमेरीकाले पनि चिनसँग सहयोगको हात फैलाउनु प¥यो, अमेरीकी राष्ट्रपति ट्रम्स आश्चर्य चकित हुँदै लज्जाले भरिएका उनका हात आज रसासँग पनि फैलाएको देखिन्छ ।

त्यसैले समाजवादी चिन्तन नै अकाट्य सत्य रहेछ । एकअपसमा मित्रता नै सर्वोपरि रहेछ । सद्भाव र भातृत्वले नै संसार सुखमय हुनेरहेछ भन्ने कुराको राम्रो स्पष्टिकरण बन्न पुगेको छ यो घटना ।

बारेकोट, जाजरकाेट