नेतृत्वसामु दुई चुनौती: महामारी र अर्थतन्त्र

विश्व व्यवस्थामा चुनौतिको पहाड बनेर महामारिको रुपमा देखा परेको कोभिड-१९ को कारणले विस्व मानवजातिमा र अर्थतन्त्रमा भयानक जोखिम हुँदै गैरहेको छ। विश्वभर हाल सम्म करिब ३७  लाख मानिसहरु यस महामारीबाट संक्रमित भइसकेका छन्। महामारिको रुपमा फैलिएको यस रोगबाट करिब २ लाख ५८  हजारले ज्यान गुमाइसकेका छ्न। यसले आजको दिनमा विश्व मानव जगत र अर्थतन्त्रमा भएको भयानक दुर्घटनाले नेतृत्वसामु दुई संवेदनशील प्रश्न खडा गरिरहेको छ- पहिलो प्रश्न, मानिसको रक्षा र दोश्रो अर्थतन्त्रले निम्त्याउने जोखिम । यो नै मुल प्रश्न को रुपमा खडा भएको छ।

विश्वमा विकसित र शक्तिशाली राष्ट्रका रुपमा रहेका अमेरिका र इटाली जस्ता शक्तिशाली देशहरुमा लासका चांगहरु थुप्रै बेबारिसे हुँदा मानवीय मस्तिष्कमा खेलेका अनेकै प्रश्न विस्वमानव जगतसामु छदै छ । यसले अझ बढी आक्रान्त र विक्षिप्त बनाउँदै जादा नेतृत्व सामु ठूलो चुनौती छ भन्ने कुरा सहज अनुमान गर्न सकिन्छ।

सबै खालका भौतिक सम्पन्नताले भरिपूर्ण देशमा भएको यस कोलाहलले वर्तमानमा कारोनाको निदानको कार्यको लागि तत्कालिन समयमा खास चासो राखेको देखिएन, जसको परिणामस्वरुप हालको भयावह अबस्था सिर्जना भयो, मानविय क्षति र आर्थीक वृद्धिदरमा धेरै गिरावट नै आयो भने शक्तीशाली विकसित देश ठानिएको अमेरिका पनि मानविय क्षति गुमाउनेमा अग्रपंक्तिमा नै रह्यो।

यसले खास गरिकन कम विकसित देशको अवस्थालाई समेत अझ बढी गिज्याइरहेको छ भने कम विकसित देशहरु यस रोगको भ्याक्सिन कहिले आउला भन्ने दिन कुरेर बस्नु पर्ने बाहेक अन्य विकल्प नहुन सक्छ । जसले गर्दा विस्व व्यवस्था र यसले निम्त्याएको चुनौती विस्वको नेतृत्व सामु त छदैछ भने नेतृत्वको क्षमतामा समेत प्रश्न चिन्ह खडा गरेको छ।

नेपाल जस्तो अल्पविकसित देशमा नेतृत्व सामु यहि दुइ प्रश्न खडा भएको छ, जुन महामारीबाट जनतालाई कसरी बचाउने ? अर्थतन्त्रमा देखिएको ह्रासलाइ कसरी जोगाउने ? भन्ने नै मुल प्रश्न खडा भएको देखिन्छ। यसले अग्निपरिक्षाको रुपमा मानिसको रक्षा कसरी गर्ने मानविय पहिचानसँग जोडिएका सामाजिक अवस्थालाइ कसरी जोगाउने अर्को पेट भरी खान नपाउने र ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेर खाने वर्गको लागि चरम अभावका संकेत गुनासो राहत वितरणमा देखिएका विभेदपूर्ण व्यवहारले नै सहज अनुमान गर्न सकिने अवस्था छ । कि हाम्रो खाद्य भण्डार खपत माथिको प्रश्न या नेतृत्वको कमजोरी यी दुबैको उत्तर खोज्न अझै एक महिनासम्मको लकडाउनको अवस्था ब्यहोरेपछि सहजै पाइने नै छ।

नेपालको यस समस्यालाई ध्यानमा राख्ने हो भने नेतृत्वले ग्रामिण अर्थतन्त्रमा बढी भन्दा बढी सामाजिक दुरि कायम गर्न सकिने हुंदा खाद्य उत्पादन, कृषिसंग समबन्धित जीवन निर्वाहको लागि उत्पादनतर्फ छोटो समयमा उत्पादन गर्न सकिने कृषिजन्य उत्पादनको लागि कुनै चासो राखेको देखिदैन। यसले खास गरि हाम्रो सामाजिक चेतना विकासस्तर नै परनिर्भरतामा आधारित अर्थतन्त्र, रेमिटेन्स लगायतबाट धानिएको हाम्रो जीवनस्तर अझ बढी गुज्रीन सक्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ।

यसले गर्दा सबैखालका व्यवस्थापकिय क्षमतामा नेतृत्वमा आएको ह्रासले ग्रामीण अर्थतन्त्र उपर कुनै खाले जीवन निर्वाहको लागि कृषि उपकरण बिउ, मल लगायतमा ध्यान नदिंदा भारतबाट आयातित वस्तुबाट हाम्रो जीवन धान्न सकिएला त भन्ने नै आजको मुल प्रश्न हो। हामिले सुक्ष्मभन्दा शुक्ष्म कार्यतर्फ ध्यान नदिदा महामारिले बांच्न त कठिन हुन्छ नै त्यससंगै निम्तिने भोकमरी समेत ब्यहोर्नु नपर्ला भन्न सकिदैन ।

अहिलेको अवस्थालाइ र छिमेकि देश भारतमा भएको महामारिको रुपलाइ हेर्दा नेपालको नेतृत्व सामु भएका मानवजिबन र अर्थतन्त्र बचाउने उपर बढी चासो हुनु पर्ने देखिन्छ। भारत संग परनिर्भर हाम्रो अर्थ व्यबस्था संग प्रत्यक्ष असर रहेको हुंदा यस महामारिले लामो समय सम्म रहिरहंदा हाम्रो सामाजिक क्षेत्रमा त नकरात्मक असर नपर्ला तर आर्थिक र मानविय क्षेत्रमा निकै जोखिम निम्तिन सक्ने हुंदा यसबाट थप जोखिम ब्यहोर्नु पर्ने हुन सक्छ। यसबाट जोखिम न्युनिकरणमा ध्यान दिनको लागि बेलैमा सचेत रहनुको विकल्प देखिदैन ।

राजस्व न्युन हुनु, आर्थिक अवस्था खपत नरहनुले थल जटिलतालाइ निम्त्याउँछ नै तसर्थ यस्ता जोखिमबाट बंच्नको लागि ग्रामीण क्षेत्रमा कृषि उत्पादनमा व्यापक लगानी ,पुँजिगत खर्चको अत्यावस्यक बाहेकको शिर्षक कटौती, चालु खर्चतर्फ अत्यावस्यक बाहेकका शीर्षक कटौती, संसद विकास कोषको रकम को पारदर्शी खर्च, कोरोना नियन्त्रण कोषमा जम्मा भएको रकमको सहि सदुपयोग , गरि मितब्ययी ढंगबाट खर्च गरि आधारभुत स्वास्थ्य सामाग्री र कृषि खाद्य उत्पादनमा लगानी मैत्री वातावरण निर्माणबाट नै आर्थिक संकट रोकिने र महामारी रोकथाम गर्न सकिने लगायतका कार्य हुने हुंदा यस महामारी रोक्नका लागि र अर्थतन्त्रलाई जोखिमबाट बचाउनका लागि अनुमानित बजेटको आंकडालाइ जनता सामु ल्याइ सबै खालका सहयोगको अपेक्षा राख्नु र मानविय कल्याणमा जुट्नका लागी सरकारले आहवान गर्नु  साथै सरकारले निर्देशन गरेको लकडाउनको पालना निर्वाह गरि अघि बढ्नु नै उत्तम देखिन्छ।

तसर्थ राजनितिक नेतृत्व सामु रहेका संवेदनशील चुनौतिलाई कम गर्न साझा अभियान, सर्वपक्षीय, सर्वदलिय ,साझा सहमती साझा उत्तरदायित्वबाट नै महामारिका चुनौतीपूर्ण अवस्थाबाट बच्न सकिन्छ भन्ने अनुमान लगाउन सकिन्छ। यसबाट नै नेतृत्वसामु खडा भएका चुनौतिको सामना गर्न सकिन्छ।