चिन्ताको महामारी !

खोल्साको सागु (लाप्सो)

चिन्ता घृणा डर आदिले शरीरका कोशहरुलाई कहिल्यै राम्रो प्रभाव पार्दैनन् । चिकित्सकहरुले सिद्ध गरेका छन् कि मानिसका भावनाको असर उसका शारीरिक कृयामा अत्याधिक गहिरो पर्दछ । यदि मन शान्त छ भने मानिस रोगि नै भएपनि उसको रोग निको भै हाल्छ तर मन यदि भयग्रस्त र चिन्ताग्रस्त छ भने चिकित्सकले बुझिहाल्छ कि त्यो रोगि स्वस्थ हुन धेरै समय लाग्छ ।

चिकित्सकहरुले सयकडौँ यस्ता घटना देखेका हुन्छन जबकि कुनै हैजा लागेको मानिस रोगका कारणबाट भन्दा रोगको भयका कारण समयपूर्व नै मर्छन् । रोग भन्दा भयजन्य रोग असाध्य हुन्छ । शरीरका विभिन्न अङ्गमा डरको तत्काल असर पर्दछ ।

मुख्यतया: मृगौला¸ मुटु तथा पाचनकृयामाथि त यसले सबै भन्दा बढी असर पार्दछ । त्यसबाहेक हाम्रो भावना र मनोवृत्तिको पनि हाम्रो अङ्गप्रत्यङ्गमा असर परेको देखिन्छ । अधिकांस मानिस टेलिग्राफ¸ टेलिफोन देख्‍नासाथ डराउँछन् चाहे त्यसमा खुशियालिको समाचार नै किन नहोस । उनीहरुको मानसिक सन्तुलन बिग्रिन्छ ।

प्रसन्न चित्तका लागि प्रसिद्ध एक महान् पूरुषसँग मैले एकपटक सोधेको थिएँ :‑’तपाई आफ्नो मानसिक हर्षलाई कसरी स्थायी बनाउन सक्नु हुन्छ ? ‘ उनले जवाफ दिए ‘म कुनै सम्भावित दुर्घटनाका बारेमा सोचेर आफ्नो मनलाई त्रसित बनाउँदिन । म सधै शुभफलकै आशा गर्दछु ।

यदि कहिले कुनै अप्रिय प्रसङ्ग आइ नै हाल्यो भनेपनि त्यसलाई प्रिय बनाइहाल्छु र त्यसैबाट प्रसन्नता र आनन्दको मार्ग खोजि गर्दछु । सबै युगमा मानिसहरु नैसर्गिक रुपले अलग‑अलग ढङ्गले काल्पनिक चिन्ताद्वारा त्रस्त हुन्छन् । चिन्ता¸ त्रास¸ भय आदिले उनीहरुलाई जतिखेर पनि घेरिरहेको हुन्छ र उनीहरु त्रसित भइरहेका हुन्छन् ।

चिन्ता भबिष्यको यसरी हुन्छ सुरु:

एउटा सानो सुन्दर गाँउ थियो । त्यस गाँउमा एक जना साधारण किसान बस्थ्यो । उसको पेशा भनेको जंगलमा भएका निगालोबाट बनेका सामाग्री बनाएर बिक्रि गरेर आफ्नो गुजारा चलाउने गर्थ्यो । उसको ५ बर्षको सानो जिज्ञासु एवम सुन्दर छोरो पनि थियो । त्यो छोरो बाहेक यो संसारमा उसको कोही खाष आफ्नो थिएन । एक दिन निगालाको काममा व्यस्त थियो त्यसै बिचमा उसको छोराले केहि जिज्ञासा राख्यो र उक्त सम्वाद यसरि अगाडि बढेको थियो ।

छोरा : बाबा यो के गर्न लाग्‍नु भएको ?

बाबा : यो निकालाबाट यसको बोक्रा झिक्दै छु छोरा ।

छोरा : अनि यो झिकेर के गर्ने हो नि बाबा ?

बाबा : यसको बोक्राबाट डोको बनाउने हो छोरा ।

छोरा : अनि डोको बनाएर के गर्ने हो नि बाबा ?

बाबा : डोको बनाएर बिक्रि गरौला अनि कुखुराको चल्ला किनौला छोरा ।

छोरा : कुखुराको चल्ला किनेर के गर्ने नि बाबा ?

बाबा : त्यो कुखुराको चल्ला पालेर ठुलो बनाउला अनि बेचौला नि छोरा ।

छोरा : त्यो बेचेर के गर्ने नि बाबा ?

बाबा : त्यो बेचेर बाख्राको सानो पाठो किनौला नि छोरा ।

छोरा : पाठो किनेर के गर्ने नि बाबा ?

बाबा : पाठो पालेर ठुलो बनाउने अनि त्यसलाइ बेचेर घोडाको बछेरा किनौला नि छोरा ।

छोरा : बाबा बाबा म त्यो घोडाको बछेरो चढ्छु है ?

(त्यो व्यक्ति यति गिहरो कल्पनामा पुगिसकेको थियो कि त्यो साच्चै भैसक्यो अनि त्यसलाइ आफ्नो छोराको कुराप्रति रिस उठ्यो किनकि त्यो घोडाको बछेरा थियो जुन सानो थियो र चढन मिल्दैन थियो यदि चढिहालेमा उसको ढाड भाचिन सक्थ्यो भन्ने कुराले उसको दिमागमा घण्टी बज्यो)

बाबा : रिसले चुर हुदै भन्यो सानो घोडाको बछेरो चढछस ? ढाड भाचिदैन् ? ल जा ल जा ल जा भन्दै चार पाँच पटक जोरले छोराको टाउकोमा हान्यो ।

यति भएपछि उसको छोरा भुइमा ढल्यो एकैछिन पछि उसको छोरा सदाका लागि यो धर्तिबाट बिदा भयो । पछि उसले सब हेर्यो उसको हातमा निगाला बाहेक अरु केहि थिएन । छोरा भुइमा ढलेको थियो । उसका ति कल्पनाका बस्तुहरु थिएनन् । न घोडा थियो न बाख्रा न कुखुरा न बनाउन लागेको डोको नै थियो ।

यस प्रकार मानिसले कल्पना गर्नु पर्छ तर कल्पनामा छु भन्ने कुरा बिर्सेर खराब नतिजाबाट डराएर त्यसै अनुरुप प्रतिक्रिया देखाउनु भनेको पागलपन हो । त्यो किसानको कल्पना ठिक थियो तर त्यसबाट सिर्जित नतिजा भने उसले कहिल्यै नसच्चिने गरि प्राप्‍त गरेको थियो । यस प्रकार कल्पना सहि भए पनि त्यसमा डुबेर आफु पुरै समाहित हुनुको नतिजा पनि खराब हुने भएकोले असल र सजगता अनुरुप आफुलाइ चिनेर यथार्थमा मिल्ने गरि कल्पना गर्ने र त्यो पुरा गर्ने परिपाटीको विकास हुनु पर्दछ ।

खोल्साको सागु (लाप्सो)

एक किसानकी किशोरी कन्या प्रतिदिन दूध दुहुनका लागि एउटा सानो खोला तरेर जानु पर्थ्यो । त्यो खोलामा सानो साँगु (लाप्सो) थियो त्यो तेरर सधैँ ओहोर दोहोर गर्नु पर्थ्यो । एक दिनको कुरा हो उ घरमा आएर बडो जोड जोडले रुन थालि कि उसलाइ ठुलै बज्रपात परेको छ झैँ । अनि घरमा सबैले रुनुको कारण सोध्‍न थाले । धेरै पटक सोधिखोजि गर्दा उसले एउटा अनौठो खालको मुर्खतापूर्ण कथा सुनाइ र त्यो सुनेर सब छक्क परे । कथा यस्तो थियो ।

म त्यो खोला तर्दै थिए एत्तिकैमा मेरो मनमा विचार आयो कि अबका केही बर्षमा म ठुलि हुनेछु र मेरो बिहे हुनेछ अनि मेरो सानो छोरा जन्मिनेछ । सदाझैँ म त्यो खोल्साको सागु (लाप्सो) तरेर दूध दुहुन जानेछु । मेरो छोरो पछि पछि पछ्याउदै जानेछ । जब म सागु (लाप्सो) तरेर पारि जानेछु मेरो छोरा त्यो सागु(लाप्सो)मा आउनेछ अनि त्यहाँबाट खसेर खोलामा पर्ने छ र खोलाले बगाउनेछ । मेरो छोरा मर्ने भयो हि हि हि ।

यस प्रकारको सोच तथा कल्पनाले हाम्रो वर्तमानको खुशि जिन्दगिलाई दुख तिर धकेल्‍ने गर्दछ । दुखलाई हामिले आफै आमन्त्रण गरिरहेका हुन्छौ । गर्दछौ  हामिले धकेलि रहेका हुन्छौ । हामी प्राय नकरात्मक भविष्यवाणी गर्दछौ अनि चिन्तित हुन्छौ । भविष्‍यप्रति चनाखो हुनु स्वभाविक हो तर भविष्य अन्धकार र पिडायुक्त मात्र हुने भविष्यवाणि गर्नु सरासर झुट हो । त्यसैले भलो सोचौ भलै हुनेछ ।

हाल विश्‍वमा आएको कोरोना महामारिलाइ पनि मानव जातिले त्रासपूर्ण तिरकाले सोचिरहेको पाइएको छ । मानवसमाज यतिखेर त्रासदिपूर्ण जिवनयापन गरिरहेको छ । धेरै ठाँउमा यसको कारण निम्तिन सक्ने खतरा आकलन तथा भविष्यवाणि गरेर आत्महत्या गर्नेको संख्यामा बृद्धि भैरहेको छ । यस्ता खालका घटनाहरुलाई नकरात्मक तवरले गरिएको भविष्यवाणि तथा चिन्ताको कारण हो । यसैले पृथ्वीमा चिन्ताको महामारिले पनि स्थान लिन सक्ने देखिएको छ ।

यस तर्फ मनोरोग विशेषज्ञले पनि सकरात्मक भूमिका खेल्नु पर्ने देखिन्छ । साथै परामर्शको पनि ठुलै खाँचो विज्ञहरुले औल्याएका छन् जुन एकदम अपरिहार्य भैसकेको छ । त्यसैले अब भबिष्यप्रति बढी चिन्ता र चासो लिनेभन्दा पनि बर्तमान समयलाइ होसियारिका साथ सरकारले लागु गरेका नीति तथा नियमको पालना गरेर बस्ने गर्न जरुरी छ । अनि हामिले यो चिन्ताको महामारिबाट छुटकरा पाउने निश्चित छ ।

लेखक ः पलाता ८ कालिकोट पूर्व स्थानिय शान्ति समितिको अधिकृत  हुनुहुन्छ  ।