राहत वितरणमा विपन्न वर्गमाथी शुन्य राजनिति प्रदर्शन

करिव चार महिना अघिदेखी चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी यात्राले बिश्वको मानवजगत निकै नै शिथिल बन्न पुगेको छ। यसको कारणले हाम्रो जस्तो अल्पविकसित देश पनि अछुत रहन सकेन ।  बिश्व कोरोनाले आक्रान्त भइ रोइरहेको छ भने मानव अस्तित्व गुम्ने खतरासंग जुध्नु सामान्य पक्कै पनि छैन  ।

विश्व यात्रामा हिंडेको कोरोना फ्रान्स वेलायत कतार र भारत हुंदै नेपाल समेत छिर्यो भने भारतमा एकाएक यसको महामारी फैलिने अवस्था सिर्जना भएपछी भारतले लामाे समयका लागि लकडाउन जारी नै गर्यो ।  त्यसैकै परिणामस्वरूप खुल्ला सिमानाको कारणले नेपालले थप भयाबह हुने असरलाइ मध्य नजर गरी नेपालमा समेत महिनाैँ लकडाउन भयो ।

लकडाउनको बारेमा बुझ्ने र यसलाइ रोकथाम गर्ने उपायबारे संसारमा सबैभन्दा धेरै समय नेपालले नै पायो र बिश्व भरमा भएको मानव जिवनको क्षतिका कारुणिक तस्विर हेर्दा साच्चै मानव विनासको अन्तिम विन्दु होकि भन्ने जो कोहिलाइ नै लाग्नु स्वभाविक छ । दिनमा हजारौ संख्यामा मान्छेको ज्यान जानु मृत शरीर व्यवस्थित ढंगबाट आफ्नो परम्परा र आफन्त बाट हुने दाह संस्कार नहुनु खाल्डो खन्दै पुर्दै गरेका भाव विवहल कारुणिक तस्विर हरु हेर्दा मानव जिवन के नै रहेछ भन्ने प्रश्न आम मानिसको दिमागमा उब्जिनु स्वभाविक नै हो ।

यसै परिवेशलाइ हाम्रो जस्तो देशमा केहि राजनितिक चरित्रहरु आफुलाइ दुनियाकै अब्बल राजनितिज्ञ र चिकित्सक बनाउन खोज्नु आफैमा दुर्भाग्य थियो नै तर यहां भएका सम्पुर्ण घटना विशेषलाइ हेर्दा के देखिन्छ ।   भन्दा जो निम्न वर्ग रोजि रोटी गरेर खाने मानिसहरु यहि महासंकटमा आफ्नो जिवन गुजारा कसरी चल्छ  । रोगले मर्नु भन्दा भोकले मरिएला भन्ने चिन्ता देखिन थाले त्यसै विचमा विभिन्न खालका राहतका प्याकेज आउन थाले तिनलाइ विश्लेषण र सरसर्ती हेर्दा राहत शव्द आफैमा कारुणिक मन छुने शब्द नै हो ।

यसको व्यवहारिक प्रयोग त्यतिबेला हुन्छ जतिबेला भवि तव्य महासंकटले संवेदनशिल कारुणिक अवस्थामा मानव समाजलाइ असर पुर्याउंछ र कुनै काम गरेर खाने अवस्था हुंदैन त्यतिबेला राहतको महशुस हुन थाल्छ । जुन चिजले आधा महिना एक महिनासम्म पुग्ने गरी संकटमा गुज्रेको समुदायले प्राप्त गर्ने राज्य वा अन्य निकाय बाट दिने आहात भोको पेट भर्ने चिज नै राहत हो ।

यो अति विपन्न परिवारलाइ राज्यद्वारा गरिने मलमपट्टी वा पुण्य कमाएर बेसहारा निम्न आय श्रोत भएका मानिसहरुबाट लिने आशिर्वाद को रुप नै राहत हो । यसले हाम्रो समाजमा केहि राहत वितरणकर्ता द्दारा राहत वितरण गर्ने कार्यमा सहभागी हुंदा एउटा हातले दिंदा अर्को हातले थाह नपाओस जुन कर्मको कारणले आफुलाइ प्रशन्न्ता र जिवन धान्नका लागी राज्यको मुख ताकेर बसेका मानिसहरुको सदभाबले राहत वितरणकर्ताको सामाजिक सम्मान र प्रतिष्ठा उचो नै रहोस भन्ने र भविस्यमा असल सामाजिक राजनितिक सेवक बन्ने लक्ष्य पुरा रहोस भन्ने नै हुन्छ र यो प्राप्तीको लागी राहतवितरण कर्ता कस्ता र के देखिए भन्ने सन्दर्भलाइ हेर्दा केहि वास्तविक घटनालाइ नियाल्दा हाम्रो समाजमा भएको राहत वितरणको शैलि हास्यास्पद, हतारपुर्ण खास रुपमा फोटो विज्ञापनसंग समबन्ध राख्ने गरेको देखियो ।

यसले चेतनशिल मानिसको दिमागमा कस्ता खालका प्रश्नहरु उठान गर्ला त सजिलै अनुमान लगाउन सकिन्छ । न्युन ज्याला निम्न आय स्तर बिहान दिउसो को रोजिरोटी गरी छाक टार्ने मानिसहरुको स्वाभिमान माथी कति पनि ध्यान दिएको देखिएन । यसले केहि स्थानिय तहमा हुने गरेका राहत वितरणका तस्विरले सरकारको छवि माथी प्रश्न गर्ने देखिन्छ भने कतिपय ठाउंमा जनप्रतिनिधिको चेतनाको स्तर र विपन्न वर्गमाथी गरेको अपमान सहज अनुमान गर्न सकिने खाल्को देखिन्छ।

राहत शव्द र त्यसको दुरुपयोगको स्तरिकरण कसरी गर्ने त्यो पनि त हेर्नु पर्ने होनि समाजमा रहेर आफ्नो अस्तित्व त्यही वर्ग समुदायबाट खोज्ने राजनीतिकर्मीले उनिहरुको स्वाभिमानलाइ गिज्याउनु राहतको नाममा एक पोका तेल ३ जनालाइ एक पोका नुन ३ जनालाइ एउटा साबुन घरघर हिंड्दै तस्विर राख्दै हिड्नाले तत ठाउंका प्रतिनिधिको चेतना स्तरको समेत बाहिरी रुपमा छरपस्ट देखियो ।

राहत वितरणमा के सामाग्री खरिद गरी वितरण गर्ने भन्दा कुन क्यामेराले फोटो खिच्दा राम्रो तस्वीर आउला भन्ने चिन्तन भन्दा बाहिर केहि चिन्तन जनप्रतिनिधि को देखिदैन। संसारमा करोडौ राहत दिने मानिस पनि थिए तर ति समाचार बाहेक राहत प्याकेज समातेको तस्विर पनि देखिएन यसले अझै समाज भित्रका केहि अगुवा र नेतृत्वको चेतना स्तरलाइ मापन चाही पक्कै गर्छ भन्ने ठम्याइ हो । यस्तो खालको प्रदर्शनले त्यस्ता पात्र भित्रको चेतनासंगै समाप्त गरेको देखिन्छ । राहत त महसुस गर्ने चिज हो ।

त्यो उपभोग गरे बापत केहि दिन को गुजारा हुनु पर्ने हो खुद्रा सामाग्री को तमासालाइ नि राहत वितरण गर्दै भन्दा उसको चेतना स्तर नाप्न त अहिलेको पिढिले सजिलै सक्छ। राहत भन्दै सस्तो लोकप्रियता आफ्नो विस्वसनियता चेतना स्तर सामाजिक आदर्श राजनितिक चरित्र राजनीतिक प्राणिमा हुने गुण जनता प्रतिको निष्ठा आफैले आफैलाइ गिज्याउनु उचित देख्न सकिदैन । गरिब अति विपन्न समुदायका मानिसको आश्रय स्थल भनेका जनप्रतिनिधि हुन तर यहां केहि घटना ठिक उल्टा देखिए।

छुचो राजनीतिक दरिद्रता छरपस्ट पार्दा समेत आफुलाइ नामुक राजनितिक्रमि ठान्नु अमुक चेतना मात्र हो भन्न सकिन्छ । राहतको परिभाषित व्यवहार त पुण्य कमाउने प्रशन्न्ता हुनु पर्ने हो सरकारले ८० करोड राहत वितरण को डाटा संकलन गर्दै गर्दा आफ्नो मुठ्ठीबाट दिएको राहतले कति प्रशन्न भएतरुआफ्नो जिवनको कति कमाइ हिजो आफुलाइ त्यो स्थानमा पुर्याउने विपन्न वर्गको लागी खर्च भयो तरुकहिले काही त यस्ता प्रवृतिका पात्र आफ्नो सो मुल्यांकन गर्न थाल्छ थाल्दैनन भन्ने मुल कुरा हो । आफ्नो सामाजिक प्रतिष्ठा बचाउनका लागी नक्कली फिका प्रतिष्ठा समाजमा राख्नु लज्जास्पद हो ।

मानिस समाजमा आफ्नो एउटा सामाजिक हैसियत निर्माण गर्दै गर्दा सबैका एकनासका सामाजिक हैसियत हुंदैनन नै तर केहि हैसियत फरक खालका हुन्छ्न जुन सामाजिक रुपमा स्थापित हुन्छ्न भने केहि गौण पनि तसर्थ जनप्रतिनिधि ले आफुलाइ सामाजिक राजनितिक हैसियत दिए बापतमा निम्न वर्गले पाउनु पर्ने भनेको गरिब निमुखालाइ आफ्नो गास कटाएर दिने हो ।

संकटमा लज्जास्पद सामाग्रीको प्रदर्शन गर्नु हैन यसले आफ्नो विवेक माथी समेत प्रश्न तेर्सिन्छ भन्ने हेक्का राख्नु पर्दछ यस्ता भद्दा मजाक ले वर्गिय निराधार भएका रोजिरोटी नभएका मानिसको स्वाभिमान माथी आंच पुर्याउने हुंदा यस्ता गतिविधी गर्ने र आफ्नो सामाजिक स्थान खोज्ने प्रतिनिधिले समाजवासको लक्ष राखेको सरकारलाइ नै स्थानिय जनप्रतिनिले गिज्याइदिनु लज्जास्पद हो गैह्र राजनितिक चेतना हो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ।यसले हामिलाइ हाम्रो लक्ष्यमा पुग्न असहज गराउंदछ तसर्थ विवेकी राजनितिक चेतना रोप्नु आम युवा वर्गको दायित्व हुन आउंछ।