कम्युनिस्ट अन्तरविरोध, एकता, संघर्ष र रुपान्तरण

नेपालको राजनितिक विकासक्रमको इतिहासलाई हेर्दा २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पाटी विभिन्न कालखण्डमा निर्माण भई वर्गिय संघर्षको मोर्चावाट निर्माण भएको हो । यसलाइ नेपालमा कम्युनिस्ट पाटिको औचित्यलाइ थप उचाइमा पुर्याउने उद्देश्यका साथ संस्थापकको रुपमा पुष्पलाल , नर बहादुर कर्माचार्य , मोतिदेवी श्रेष्ठ , निरन्जन गोबिन्द बैध्य, नारायण विलास जोशी नै प्रमुख थिए ।

स्थापना कालदेखी नै निरंकुश राणा शासनले ब्युताएका सामन्तका अवशेष निरंकुश राज्यव्यवस्थाको विरुद्धमा अग्रमोर्चामा रहेर अथक संघर्ष त्याग र बलिदानबाटै यसपाटी को यात्रा जारी रहिरह्यो । लोकतान्त्रिक आन्दोलनलाइ उचाइमा पुर्याउने काम समेत विश्व २०३६ पछि अझ बढी रुपमा अहिले भएका कम्युनिस्ट पाटीका नेतृत्ववाट नै हुंदै आयो । २०४६ सालको आन्दोलनमा समेत अग्र मोर्चामा रहेर महत्वपूर्ण भुमिका यस पाटिले खेलेको थियो ।

बलिदानिपुर्ण संघर्ष त्याग कठोर जेलजिवनको यात्राबाटै लोकतान्त्रिक चरित्रको राज्यव्यवस्था निर्माण गर्ने उद्देश्यमा यस पाटिको जिवन बित्यो । जनताका खास मुद्दासंग जोडिएर स्वाधिनता,सार्वभौम सत्ता ,राष्ट्रिय अखण्डतालाइ बलियो बनाउनका लागी आन्दोलनको मोर्चामा यस पाटी रहेको थियो।

नेकपालाइ फर्केर हेर्दा २०४६ पछि सामाजिक न्यायका निम्ती सामाजिक सांस्कृतिक समस्यालाइ रुपान्तरणको प्रक्रियाबाट अगाडि बढ्ने कार्यलाइ प्रधान प्राथमिकतामा राखेर अघि बढ्यो । विभिन्न टुक्रा टुक्रामा विभक्त भएका कम्युनिस्ट पाटिहरु फरक फरक मोर्चामा विभाजित भए र कतिपय पाटी रक्षार्थको अवस्थामा समेत पुगे तत्कालीन समयका मार्क्सवादी लेनिनवादी, माले , एमाले लगायतका विभिन्न कम्युनिस्ट शक्तीले आफुलाइ स्थापित गर्दै जनताको चाहना अनुरुप अघि बढ्दै गए भने त्यही ठुलो राजनितिक शक्तिको रुपमा एमाले उदाएर अघि बढ्यो ।

एमाले तत्कालिन समयमा मदन भण्डारीले प्रतिपादन गरेको बहुदलिय जनवादलाइ अंगिकार गरि अघि बढ्दै लोकतान्त्रिक मोर्चा संहाल्दै त्याग र बलिदानको गाथा बाटै अगाडी बढ्यो र जनताको जनमत को अथाह सदभावले मनमोहन अधिकारी कम्युनिस्ट पाटिका प्रधानमन्त्री बने भने त्यो छोटो समयको सरकार पनि लोकप्रिय बन्यो जसको ब्याज पछि सम्म एमाले ले खाइरहयो। कम्युनिस्ट पाटि वामदेब समुह समेतले फुटाले र पछि विकल्प नभएसि एकतामै बल हुन्छ भनेर आए ।

यसरी कम्युनिस्ट इतिहास हेर्दा एक अर्काको अस्तित्व स्विकार नगर्ने होड्बाजिले नै अहिलेको कम्युनिस्ट पाटी निर्माण हुंदै आएको हो।तत्कालीन समयमा नेकपा माओवादीले २०५२ फागुन २ गते शशस्त्र जनयुद्धको थालनी गरी राष्ट्रिय स्वाधिनता,गणतन्त्र,धर्मनिरपेक्षता, साम्राज्यवादी शासन को बिरुद्द वैज्ञानिक समाजवाद निर्माण गर्ने उद्देश्य का साथ जनयुद्ध मा होमियो ।

भने तत्कालिन सबै राज्य शक्तिले यसलाइ खास अर्थहिन रुपमा लियो र जबरजस्त दमन गर्यो यसको परिणाम स्वरुप जनयुद्द चर्कियो र हजारौको बलिदान पछि मात्र जनयुद्ध ले उठाएका एजेन्डा पुरा हुने अवस्था सिर्जना भयो र २०६२र६३को आन्दोलन पश्चात संविधान सभाको निर्वाचन भयो र गणतन्त्र स्थापना लगायत धर्मनिरपेक्षता समावेसिता संघिय संरचना यसैको जगबाट निस्किएका उपलब्धि हुन ।खासमा भन्दा तत्काली माओवादी को एजेन्डामा देश अगाडी बढिरहेको छ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड र क्रमश माधव कुमार नेपाल झलनाथ खनाल बाबुराम भट्टराई र केपि शर्मा ओलि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे भने पाटी भित्र को अन्तरसंघर्ष विरोध सहित सरकार बाट समेत बाहिरिए।नेपाल कम्युनिस्ट पाटी भित्रकै अन्तरसंघर्ष विरोध को कारण पाटिहरु परिवर्तन भए र पहिलो संविधान सभामा पहिलो शक्ती को रुपमा रहेको माओवादी पाटी आफ्नै कमजोरी को कारण दोस्रो संविधान सभाको चुनाबमा नराम्रो संग हार ब्योहोर्यो र टुक्र टुक्रामा विभाजन र भयो र दोस्रो संविधान सभा चुनावमा माओवादी शक्ती बाट अलगिएका शक्तिले खुलेर बिरोध गरे।

यसमा आफै भित्रको कारक तत्व नै बढी जिम्मेवार थियो भन्नु पर्छ। विभिन्न कित्ता कित्तामा विभक्त कम्युनिस्ट आन्दोलन एक पक्षिय आफुलाइ सबै भन्दा मार्क्सवादी सिद्दान्त को वकालत गर्ने रे अर्को समुह मुख्य विचार लाइ परिस्कृत गर्ने सैद्धान्तिक बहसलाइ जिम्मेवार मा नलिने गरि अलगिए ।यसरी कम्युनिस्ट पाटिका उतार चढाब धेरै नै रहयो भने एक अर्काको अपनत्व कहिले स्विकार्न नसक्ने गरी पाटी पंक्तिमा गुट उपगुट मौलाउदै गएको पाइन्छ।

यसले स्थायित्व प्रदान गर्न नसक्ने निष्कर्ष बमोजिम गएको पछिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्र र एमाले ले कार्यगत एकता र पाटी एकता को एजेन्डा लिएर चुनावी अभियानमा होमिए सोहि अनुरुप जनताको अथाह साथ पाएर करिव दुइ तिहाइ को हाराहारी को मत पाए र सरकारको निर्माण समेत गरे।

जनताको बहुदलिय जनवाद एक्काइसौ सताब्दिको जनवाद र माओवाद समबन्धी मान्यतालाइ नयां ढंगबाट विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवाद निर्माण गरी अगाडि बढ्ने सहमती समझदारी द्धय अध्यक्ष को निर्णय आधिकारिक मानिने गरी २०७५ जेठ २ गते समझदारी पत्रमा हस्ताक्षर गरि पाटी एकता अगाडी बढाइयो भने पाटिले सर्वसम्मत रुपमा केपि शर्मा ओलिलाइ प्रधानमन्त्री को रुपमा अगाडी सार्यो तर कम्युनिस्ट आचरण लाइ आत्मसाथ गरी अगाडी बढ्नु पाटी प्रणाली र एकताका कार्यभार पुरा गर्न बांकी छंदै ओलि समुह र दाहाल नेपाल समुह दुइ कित्तामा देखिनुले कतिपयले यसलाइ कम्युनिस्ट पाटी भित्रको लोभको रुप र अवसर माथी निरंकुश शैली बाट धाबा बोल्ने र पद किमार्थ त्याग नगर्ने खराब खालको आचरण शैलिको रुपमा व्याख्या गरेका छ्न भने कतिपयले ओलि प्रवृतीको विरुद्दको अन्तरसंघर्ष हुनुपर्ने भनेको पाइन्छ ।

त्यसैले गर्दा पाटिलाइ मजवुत गराएर अगाडि बढ्ने कि पाटिको विधान अनुरुप पाटी संस्थागत भएर अगाडी बढ्ने र पाटी प्रधानतालाइ मान्यता दिनु पर्ने त लोकतान्त्रिक चरित्रमा राजनितिक दलको पहिलो सर्त हो तर यहां ठिक उल्टो देखिन्छ । पाटी भित्र अनतरसंघर्ष चलिरहेको नै हुन्छ तर जनमत र जनताको कदर नगरी संकटको बेलामा समेत बेमौसमी बाजा बजाएर लोकलाइ हंसाउने काम भएको देखियो।

कम्युनिस्ट पाटिको विधान अनुरुप सहमती सहकार्य गरी प्रधानमन्त्री को विकल्प खोज्ने भन्ने विषयमा पाटी भित्र भएका अन्तरविरोध पनि लोकतान्त्रिक चरित्र नै हुन भने प्रधानमन्त्री को,एकलौटी रबैया पाटी बिधान र लोकतान्त्रिक चरित्र माथी धावा भएको हुंदा विकल्पमा यसलाइ सच्याएर अगाडि बढ्नु पर्ने या सरकार यथावत रहनु पर्ने जस्ता अनेकौ विष्लेशण पाटी भित्र हुनु रुपान्तरण का पक्ष हुन ।

तसर्थ नेकपाले लोकतान्त्रिक अभ्यास दिलाउदै पाटी विधान, संस्थागत पाटी कमिटी प्रणाली कार्यान्वयन र पाटी प्रधान र अन्तरसंघर्ष भित्रको रुपान्तरण नै प्रमुख विषयवस्तुको रुपमा नेतृत्वले लिनु पर्ने र मनन गरी एक ढिक्का भएर अगाडी बढ्नु पर्ने नेकपा माथिको वर्तमान को कार्यभार हुन आउंछ ।

त्यसैले नेपालको कम्युनिस्ट आन्दोलनलाइ नियाल्दा विभिन्न परिघट्ना हरु खास गरी एक अर्काको अस्तित्व स्विकार नगर्ने एक अर्कोलाइ उग्र वामपन्थी र यथास्थितिवादीको तक्मा भिराउंदै नेतै नेताको पाटीको रुपमा कम्युनिस्ट आन्दोलनको संघर्ष अन्तरविरोध रुपान्तरण हुंदै यहां सम्म कम्युनिस्ट आन्दोलन आएकोले वर्तमानको नेकपा मा थप जिम्मेबारी हुनु लोकतान्त्रिक चरीत्र अनुरुप पाटिलाइ अगाडी बढाउनु आजको आवस्यकता र जनताको चाहना हो भन्न सकिन्छ।