शिक्षा प्रणालीको पुनसंरचना

पृष्ठभूमी,

समय गतिसिल छ । व्यक्ति र समाजका आवश्यकता,चाहनार आकांक्षा पनि वदलिदा देखिन्छन् । विज्ञान र प्रविधिको तिव्रतर विकासले वस्तु उत्पादन मात्र होइन ज्ञानको उत्पादन र प्रसारणको स्वरुपमा पनि वदलाव आएको छ । हिजो सर्वोत्कृट देखिएको ज्ञान,सीप र प्रविधि आज क्रमश स् कमजोर हुँदै गइरहेको छ र सोको स्थान नविनतम् ज्ञान,सीप र प्रविधिले ओगटदै गएको छ ।

परिवर्तन यति छिटो भएको छ कि नविनतम्भनिएका ज्ञान र प्रविधि पनि एकाध समय भित्रपुराना र वासी हुन थालेका छन् । अझ त शैक्षिक प्रणालीको परिवर्तन झन भयावह रुपमा हुने गरेको छ । ज्ञानको तीव्रतर विष्फोटन र सिकारु(समाजको ज्ञानकांक्षाले शिक्षा प्रणालीमा परिवर्तन गर्न निरन्तर रुपमा दवाव परेको छ । शिक्षा स्वं नै सवै खाले परिवतर्नको साधक हुने भएकाले शिक्षाको स्वरुपमा निरन्तर परिवर्तन हुनु स्वभाविक पनि हो ।

शिक्षा प्रणालीले मुलुकको समग्र प्रणालीलाई पुनस्ताजगी गरिरहेको हुन्छ । शिक्षा प्रणालीले नै मुलुकका अन्य प्रणालीको स्याहार र सम्भार गरिरहेको ठानिन्छ । मुलुकको कृषि कस्तो वनाउने रु कृषि शिक्षामा निर्भर हुन्छ । मुलुकको स्वास्थ्योपचार कस्तो वनाउने रु स्वास्थ्य शिक्षाले निर्धारण गर्दछ ।

मुलुकको राजनीति कस्तो वनाउने ? राजनीतिक नेतृत्वले हासिल गरेको शैक्षिक स्तरले नै तय गर्दछ । मुलुकको नागरिक समाज कस्तो वनाउने रु नागरिकले प्राप्त गरेको शिक्षाको स्तरले निश्चित गर्दछ । यसैले भनिन्छ कि मुलुकको शिक्षा प्रणाली भन्दा राम्रो मुलुकको सामाजिक र राजनीतिक प्रणाली किमार्थ हुन सक्दैन । यसरी भन्न सकिन्छ कि शिक्षा प्रणालीलाई कमजोर र पश्चगामी वनाएर मुलुकले विकास र समृद्धिको अग्रगामी सोच राख्नु सोह्रै आना असंभव देखिन्छ ।

नेपालको शिक्षा परापूर्व कालदेखी अदुरदर्शि राजनीतिको सिकार वन्यो । वन्नु पर्थ्यो शिक्षा राजनीतिक संस्कार विकासको माध्यम तर वन्यो शिक्षा गलत राजनीतिको अखडा । चुनावको अघिल्लो दिनसम्म शिक्षक र विद्यार्थी नेताका उर्जा वने तर चुनाव जितेको एकाध घण्टा पछि ती धुजा भए ।

गौतमवुद्धले प्राप्त गरेको शिक्षाको आडमा वयैक्तिक मात्र नभइ अन्तराष्ट्रिय शान्तीको कामना गरिएको छ । जिसस क्राइष्ट होउन कि पैगम्वर मोहम्मद अर्थात अल्लाह होउन कि साइवावा यी सवै धर्मभीरुले दिने आर्दशको स्रोत पनि उनीहरुले जीवनकालमा प्राप्त गरेको शिक्षा नै हो । गिता होस् वा कुरान,वेद होस वा वाइवल,त्रिपिटक होस वा रुमी यी सवै धर्मग्रन्थमा रहेको अज्रस ज्ञानको स्रोत पनि जीवन र जगतको सूक्ष्म विश्लेषण गर्न सक्ने शैक्षिक व्यक्तित्वका सिर्जनाका उपज हुन् ।

यसरी आर्दश समाजको निर्माणका लागि नैतिकता र निष्ठाको दृष्टान्त पेश गर्ने दार्शनिकदेखी व्रमहाण्डको विकास र समृद्धिमा उल्लेख्य योगदान गर्ने वैज्ञानिकको जननी शिक्षा नै हो । सारमा परम्परा र संस्कृतिको संरक्षणदेखी विज्ञान र प्रविधको तीव्रतर विकाससम्मको अन्तरयामी शिक्षा नै हो ।

विकास र प्रविधिको विकासमा सैसला खेलीरहेका शक्तिराष्ट्रहरुको यति विघ्न चुरीफुरी वढाउने कारक शिक्षा वाहेक अरु होइन । त्यस्तै गरिवी र अल्पविकासको रसातलमा डुवीरहेका राष्ट्रहरुको वाधक पनि शिक्षाको अभाव भन्दा अर्को ठम्याउन सकिदैन । जो जो राष्ट्रहरु र नेतृत्वले शिक्षाको महिमा वोध गरे शिक्षालाई पहिलो प्राथमिकतामा राखी लगानी गरे, शिक्षाको विकास विना समाज र राष्ट्रको विकासले गति नलिने, दीगो नहुने गुँदी कुरा वुझे ।

ती राष्ट्र आज विकास र समृद्धिको अभियन्ता वने । शक्तिराष्ट्रको सूचीमा दरिए । विडम्वना जुन राष्ट्रर नेतृत्वले शिक्षालाई अनदेखा गर्यो । शिक्षामा गलत राजनीति गर्यो । शिक्षाको विकासमा वक्रदृष्टी राख्यो । शिक्षक र विद्यार्थीलाई गलत राजनीतिको हतियार वनायो । त्यो राष्ट्र आज विश्व मानचीत्रमा दीनहीन वन्यो ।

नेपालको शिक्षा परापूर्व कालदेखी अदुरदर्शि राजनीतिको सिकार वन्यो । वन्नु पर्थ्यो शिक्षा राजनीतिक संस्कार विकासको माध्यम तर वन्यो शिक्षा गलत राजनीतिको अखडा । चुनावको अघिल्लो दिनसम्म शिक्षक र विद्यार्थी नेताका उर्जा वने तर चुनाव जितेको एकाध घण्टा पछि ती धुजा भए ।

राजनीतिले शिक्षकलाई कहिल्यै विद्यार्थीसँगै राखी जान्ने र विश्लेषण गर्ने र वुझ्ने कोशिश गरेन । ठान्यो होला यो भेक छ । लाग्ने गर्दछ, हिजो राणाहरुले आफ्ना भाइभारदारको शिक्षाको चिन्ता गरेकै थिए । त्यसैले सन्तती लागि देश विदेशमा राम्रो शिक्षाको व्यवस्था गरेकै थिए । दरवारियाका लागि दरवार स्कूल खोलेकै थिए । आफ्ना सन्ततीको सुन्दर भविश्यको लागि अनेकानन् प्रवन्ध गरेकै थिए । उनीहरुले शिक्षाको प्रभाव र असर राम्ररी विश्लेषण गरेका थिए ।

शिक्षा लियो भने लाटो पनि वाठो हुन्छ । असमर्थ व्यक्ति समर्थवान कहलिन्छ । मौनता साँध्ने व्यक्ति पनि कोलाहल मच्चाउने मतियार हुन सक्छ भनेर उनीहरुले राम्ररी वुझेकै हुन् । त्यही भएर त्रिचन्द कलेजको उद्घाटनमा चन्द्र शम्शेरले कलेज खोलेर आफ्नै खुट्टामा वन्चरो हानेको तितो अनुभूती अभिव्यक्त गरेका थिए ।

कता कता अहिले पनि यसको अवशेष वाँकी नै छ जस्तो अनूभूति गर्दछु । होइन भने शहरीयाका छोराछोरी पढ्ने स्कूल मात्र सुन्दर किन देखिदाहुन ? धनिका छोराछोरी पढ्ने स्कूलमा मात्र नपुग्दो केही किन नदेखिदो हो ? मेरो गाउँको रामे, श्यामे, रिता, सिता पढ्ने स्कूल वर्षौवर्ष राउटेको झुपडी झै किन रहँदो हो ?

एउटै राज्यप्रदत्त शिक्षाभित्र विभेदको ठूलो खाडल छ । यस्को कारण पनि छ । स्कूल हिजो राज्यले खोलेन । राज्यले कहाँ कस्तो स्कूल छ भनेर खोलेको भए यस्तो समस्या रहँदैनथ्यो । तर स्कूल खोल्ने क्रममा त्यसको अगुवाइ गाउँका टाँठावाठा तथा कथित सामन्तहरुले गरे र पटक पटक यो स्कूल मैले खोलेको, मेरा वावाले खोलेको, मेरा वाजेले खोलेको भन्दै दुहाइ दिए । जुन सोचले ती स्कूलमा आम जनताको अपनत्व स्थापित हुन दिएन ।

यसरी राज्यको सहानुभूतीमा खोलिएको कुनै स्कूल गाउँका जनताको हुन नसकी कथित ठूलाठालीको पेवा हुन थाल्यो । उनीहरु नै त्यो स्कूलका व्यवस्थापक कहलिए । सर्वसेर्वा भए । शिक्षक दरवन्दी आयो उनीहरुकै छोरी-वुहारी, ज्वाई-छोराले शिक्षक हुने अवसर पाए । यसरी शैक्षिक संरचनामा एकाधको आधिपत्य स्थापित हुन पुग्यो र आम आधिपत्य कायम हुन व्यवधान खडा भयो । अर्कोतिर पाठ्यक्रम वनाउने वर्ग पनि धुरीकै वर्ग थियो ।

त्यो वर्ग जान्दैन्थ्यो कि विद्यार्थी के चाहन्छ ? अभिभावकको अपेक्षा के छ ?  समाजको आवश्यकता के छ ?  कस्तो पाठ्यक्रमले स्थानीय संभावनाको उजागर गर्न सक्छ ? सारमा भन्दा ठोस अवस्थाको ठोस विश्लेषण र पहिचान नगरी वनाइएको पाठ्यक्रम र उक्त पाठ्यक्रमको अपेक्षा वोध गर्न नसक्ने शिक्षकका कारण विद्यार्थीको सपना धुलिसात भएको छ ।

अध्ययनले पुष्टी गरिसकेका छन् कि हाम्रो विद्यालय शिक्षा पूरा गरेको दस्ता पुर्ख्यौली पेशालाई समृद्ध रुपमा नभइ सामान्य रुपमा पनि निरन्तरता दिन सक्दैन नत नै कुनै नयाँ पेशा व्यवसायको सुरुवात गर्न गर्ने सामार्थ्य पनि राख्दैन । यसरी पुर्ख्योली पेशा व्यवसायको विरासत विस्थापित गर्न पनि सिकाउने र नयाँ पेशा व्यवसायको आत्मसातकरण गर्न आवश्यक सक्षमताको विकास पनि नगर्ने यो अर्कमण्य शिक्षाका कारण आज हरेक नेपाली युवा दोवाटोमा द्धिविधामा रुमलीएर वसेको यर्थाथ हाम्रा सामु छ ।

अव्वल प्राकृतिक भूवनोट र अज्रस प्राकृतिक स्रोतका हिमायती नेपालीहरु कुनै समय व्रम्हाण्डको अभियन्ता थिए । शान्तीका दूत गौतमवुद्ध नेपाली नै थिए । वाल्मिकी, गाग्री, महर्षि, जनक, सिता, भृकुटी, वलभद्र कुँवर लक्ष्मीप्रसाद देवकोटा, योगी नरहरीनाथ आदि नेपाली नै थिए ।

खासमा अध्यात्मवादको नेतृत्व यही पवित्र भूमीमा पाउ टेकेका पुरुषहरुले नै गरिरहेका थिए । त्यतीखेर खास त अनौपचारिक शिक्षा प्रणाली प्रचलनमा थियो । सायद त्यो त्यसैको उपज थियो । तर जव हामीले औपचारिक शिक्षा प्रणालीको विकास गर्यौ । यसपछि उल्लेखनीय महापुरुषको निर्माण हुन सकेको देखिदैन ।

चिसो पानी, प्रचुर विविधता र स्वच्छ पर्यावरणको सामिप्ता पाएर पनि किन नेपाली धर्तीमा पाउ टेकेको पात्र भौतिक विकासको यस श्रृखलासम्म आइपुग्दा विश्वमानचित्रको हिमायती हुन सकेन ? किन विज्ञानको चमत्कारिक विकासको सहयात्री वन्न सकेन ?। आजको दिनसम्म नोवेल पुरस्कारको एउटा पनि दावी नेपाली माटोको प्रतिनिधिवाट किन हुन सकेन ? गम्भिर समिक्षा गर्दै शिक्षा प्रणालीलाई समृद्ध वनाउन अव विलम्व गर्नु हुँदैन ।

पछिल्लो समयमा जापान रोवोटिक्समा एकछत्र राज गर्दै छ । छिमेकी भारत सूचना प्रविधिका विविध क्षेत्रलाई संयोजन गर्दै अघी वढ्दैछ । विश्वमा नानो टेक्नोलोजीको दवदवा देखिन्छ यतिखेर । तर हाम्रो शिक्षा,स्वास्थ्य, कृषि तथा उत्पादन र सेवा प्रवाहको पुरातन प्रविधि पटाक्षेप हुन सकेको छैन । समस्या त हाम्रो शैली र सोचमा घनीभूत छ । हामी परम्पराका यति हिमायती छौ कि परम्पारगत शैलिले सखाप नपार्दासम्म विउँझने हिक्मत हामीमा आउनै सक्दैन । जोखिम मोलेर छलाङ मार्ने योजनामा हामी छैनौ वरु घिस्रिएर जिजिविसा चलोस्, हामी यही चाहन्छौ ।

हामी किन परिवर्तनलाई अस्वीकार गर्दछौ ?

हामी परिवर्तनका कुरा गर्दछौ । परिवर्तनको स्वघोषित अभियन्ता पनि कहलाउँछौ तर परिवर्तनको नीतीलाई हामी अस्वीकार गर्दछौ । परिवर्तनले तँ वदलिनु पर्दछ भन्छ हामी तिमी वदलिएनौ भनेर गुनासो गर्दछौ । परिवर्तनले तँलै त्याग गर्नु पर्दछ भन्छ हामी त्याग तिमीवाट हुनु पर्दछ भनी अपेक्षा गर्दछौ । र आफ्नो लोभी र भोगी प्रवृतिलाई पूर्ण विराम दिने होइन झन हराम वनाउँदै जान्छौ ।

यसको जड कारण हामीले प्राप्त गरेको शिक्षा नै हो । किनकि हाम्रो शिक्षाले हामीलाई उद्यमी वन्न सिकाएन,मालिक मात्र वन्न अह्रायो । सिर्जनसील होइन,संकीर्ण वन्न सिकायो । जोखिम मोल्न होइन वचेर चल्न सिकायो । ठूलो सपनाको हिमायती होइन,संकीर्ण स्वार्थको जंजिरमा अड्केर वाँच्न सिकायो ।

शैक्षिक प्रणाली रुपान्तरणको अवसर

कोरोना कहरले समग्र शिक्षा प्रणालीलाई निष्क्रिय वनाइ दिएको छ । शिक्षाको सैद्धान्तिक धरातलवाट हेर्दा शिक्षाले निषृत गर्ने स्वास्थ्य ज्ञान र स्वास्थ्य उपचार निष्फल सावित भएका छन् । शिक्षाले समस्याको पूर्व अनुमान गर्ने र संभाव्य उपचार खोज्ने गर्दछ । कोरोनाले शिक्षाको यस सामार्थ्य माथि प्रश्न चिन्ह तेर्साएको छ ।

समस्या आउन नै नदिन शिक्षा असमर्थ त भयो, भयो । समस्या आइसके पछि पनि सोको उपचार पहिल्याउन अद्योपान्त शिक्षा असफल देखिएको छ । भोलीका दिनमा देखिने समाधानको पूर्व आंकलनसम्म गर्न सकिएको छैन, यो थप दुर्भाग्य होशिक्षा व्यवस्थाको ।

अर्कोतिर ज्ञान उत्पादनको पाटोसँगै ज्ञान प्रवाहको पाटोमा समेत समस्या देखिएको छ । खासगरी नेपालको शिक्षा व्यवस्थामा यसको प्रभाव वढी देखिएको छ । समृद्ध देशको शिक्षा प्रणाली लकडाउनको एकाध हप्ता पछी वैकल्पिक रुपमा समेत सक्रिय भइसकेको देखिन्छ । हामी भने अहिलेसम्म कुहिरोको काग वनेका छौ ।

अझैसम्म एस इ ई कसरी टुग्याउने निधोमा पुग्न सकेका छैनौ । कक्षा ११ र १२ को परीक्षा कसरी अघी वढाउने निक्यौल गर्न सकेका छैनौ । विद्यार्थीको सिकाइलाई कसरी निरन्तरता दिने अर्को ठूलो अन्यौलमा परेका छौ ।  यस परिवेशमा देखिएका शैक्षिक वहस र गरिएका प्रयत्नहरु पश्चगामी प्रवृतिका सिकार भएका छन् । अग्रगामी सोचले हेर्दा नेपालको शिक्षा प्रणालीमा विंगहम परिवर्तन गर्ने उपयुक्त समय यहि देखिन्छ ।

शिक्षालाई जीवनको तयारीका रुपमा नभइ जीवनकै रुपमा विकास गर्ने । सैद्धान्तिक र मेकाले सोचवाट ग्रसित पाठ्यक्रमलाई कार्यमूलक र विश्व शिक्षा प्रणाली अनुकुल वनाउने अवसर उपस्थित भएको छ ।

सिक्ने कुरा छोडौ स्कूल समयमा स्कूल जान चिडिचडाहट महशुस गर्ने पढ्न र सिक्नलाई क्वीन्टल भारी वोक्नु भन्दा वढी ठान्ने विद्यार्थीमा शैक्षिक अटुट उत्प्रेरणा र जागरण ल्याउने समय अहिले जुरेको छ । पढाउने नाममा वेद वाचनको शैली प्रस्तुत गर्ने शिक्षकहरुलाई विद्यार्थीको मनोभावना आत्मसात गरी क्रियाकलाप परक शिक्षणमा पोख्त वनाउने मौका छ यतिखेर, सदुपयोग गरौ ।

शैक्षिक प्रणाली पुनसंरचनाका अवयवहरु

पाठ्यक्रम

पाठ्यक्रम सैद्धान्तिक भएको गुनासो पुरानै हो । ढिला नगरी यो गुनासो मेटौ अव । कुन उमेर र कुन कक्षाका विद्यार्थीलाई कस्तो ज्ञान सीप र अभिवृति दिने हो निधो गरौ । डोको वुन्न सिकाउने हो भने डोको वुनेर सिकाउन पट्टी लागौ । डोको वनाउने विधि घोकाउन छोडौ । कालोपाटीमा डोको वनाउने तरीका भो अव नसिकाऔ ।

जीवन जीउन, जगत वुझ्न कस्तो कस्तो सीप चाहिन्छ, त्यती मात्र दिऔं । हातमा सीप दिने, मनमा समझदारी दिने, मस्तिष्कमा तर्क र विवेक जन्माउने र काँधमा जिम्मेवारी महशुस गराउने शिक्षा दिऔं । वजारमा जाँदा काम पाउने, समाजमा वस्दा सम्मान कमाउने र गोजीमा दाम रखाउने शिक्षा दिऔं । कार्यमूलक व्यवहारकि र सान्दर्भिक शिक्षा दिऔं ।

कोरोनाको कहर आउँदा कोरोना भगाउने र जित्ने शिक्षा दिऔं । खेतीपातीको समयमा खेतीपातीमा जोतिने प्रवृति विकास गराउने शिक्षा दिऔं । आचरण, सदाचार, नैतिकता, निष्ठा र राष्ट्रियताका साथै सार्वजनिक हीतको प्रर्वद्धनमा नमूना उदाहरण पेश गर्ने शिक्षा दिऔं । प्रकृतिको संरक्षण समानता र सामाजिक न्यायको प्रर्वद्धन गर्ने र अन्यायप्रति असहिष्णुताको विकास गर्ने शिक्षा दिने पाठ्यक्रमको विकास गरौ ।

शिक्षक

पाठ्यक्रम निक्कै राम्रो भयो तर शिक्षक निक्कै कमजोर भयो भने शिक्षा व्रम्हाले वनाएको सुनको मानिस झै निक्कै सुन्दर त देखिएला तर वोल्न नसक्ने हुन्छ । भन्नुको तात्पर्य शिक्षकको स्तर भन्दा माथि शिक्षा हुन सक्दैन । पाठ्यक्रमलाई कक्षाकोठामा रुपान्तरण गर्ने शिक्षक नै हो । यसैले शिक्षक सवै भन्दा सक्षम हुनु पर्दछ ।

समाजमा शिक्षकको स्थान अतुलनीय रहनु पर्दछ । दुईटा कुरामा शिक्षक अव्वल हुनु पर्दछ । एउटा शिक्षक ज्ञानको अज्रस स्रोत हुनु पर्दछ । शिक्षक विद्यार्थीको ज्ञानको प्यास मेट्न सक्ने मात्र हेइन कि विद्यार्थीमा ज्ञानको अनन्त प्यास सिर्जना गर्ने सामार्थ्य शिक्षकमा हुनु पर्दछ । अर्को शिक्षक सवै भन्दा वढी जिम्मेवार र जवाफदेही हुनु पर्दछ । शिक्षक आफ्ना एक एक शिष्यको सिकाइको ख्याल गर्ने । एकएक शिष्यको सुदुर भविश्यको चिन्ता गर्ने ।

एकएक शिष्यको जीवनको सार्थकता हासिल गराउन वत्ति झै वल्ने । एकएक शिष्यको सफलतामा समर्पित हुने हुनु पर्दछ । यसरी शिक्षकको ज्ञानको तह, आचरण र व्यवहारको तहमा वदलाव ल्याइ शिक्षकको पुर्ववत मर्यादा शिक्षक व्रम्हा, शिक्षक विष्णु शिक्षक महेश्वरको फर्काउने गरी शिक्षकको विकास गरिनु पर्दछ ।

शिक्षक आफ्ना घरायसी मामलावाट उन्मुक्त रहन सक्ने र पलपलमा शिष्यको जीवनको सार्थकता निर्माण तर्फ चिन्तन मननमा लीन रहन सक्ने हुनु पर्दछ, शिक्षक पेशालाई मर्यादित वनाउने परिवेशको निर्माणमा राज्यले थप लगानी समेत गर्नु पर्दछ । शिक्षकलाई वर्तमानको जस्तो दीनहीन वनाएर शिक्षा प्रणालीको उत्थान गर्न सकिदैन । शिक्षा प्रणालीको पुनसंचित गर्दा शिक्षकको मनोवल र पेशागत विकासलाई केन्द्र भागमा राखिनु पर्दछ ।

विद्यार्थी

शिक्षा प्रणालीको सार्थकता विद्यार्थीको सिकाइ उपव्धीमा मात्र नभइ सफल विद्यार्थीले समाज र राष्ट्रको विकासमा पुर्याउने टेवावाट झल्कन्छ । राज्यको लगानीमा हासिल गरेको योग्यताले पराया भूमीको सेवा गर्दछ । त्यही योग्यताको प्राप्ती पछि जन्माउने आमा नजान्ने वुढीमा परिणत हुन्छिन् । जन्मे हुर्केको परिवेश दुर्गम लाग्छ भने सफल विद्यार्थी असफल शिक्षा प्रणाली वन्ने खतरा रहन्छ ।

तर जुन शिक्षाले आमाको अनुहारको झलझली वढाउँछ र आमाको मायालाई सम्मान गर्न सिकाउँछ । देशको माटोलाई अविरको टिका ठान्दछ । समाज र राष्ट्रको विकास र समृद्धिका लागि अहोरात्र डट्ने वनाउँछ । उपभोग होइन उत्पादनमा केन्द्रित गर्दछ । अनुकरण होइन प्रर्वतन अवलम्वन गराउँछ ।त्यो शिक्षालाई अन्ततस् सफल शिक्षा प्रणाली भन्न सकिन्छ ।

साथै विद्यार्थीलाई शिक्षा प्रणालीको केन्द्र भागमा राखेर हरेक शैक्षिक लगानीको हिसाव किताव विद्यार्थीको सिकाइ उपलव्धीसँग एकाकार गर्नु पर्दछ । विद्यार्थीलाई सिकाइ अवसरको ओछ्यान र अवसरकै ओढ्नेदिने, सिकाइ अवसरकै निन्द्रा र सिकाइ अवसरकै कल्पना जपना गर्ने शिक्षा प्रणालीको प्रर्वद्धन गर्नु पर्दछ ।

शहर वजारका नाममा, धनी र गरिवका नाममा विद्यालयहरुमा देखिने शैक्षिक र भौतिक विभेदहरुका पर्खालहरु फेरी नउठ्ने गरी लढाइनु पर्दछ । वालक जहाँ रहोस्, जस्तो अवस्थामा रहोस् तर उस्ले राज्यवाट पाउने शिक्षाको अवसर एकै होस् । उस्ले पाउने शिक्षामा उस्को गरिवीको गन्ध नहोस्, भूगोलको दुर्गमता नदेखियोस् । दुर्गममा हुर्केको र गरिवीमा जन्मेकै कारण उस्को सपना रतिभर नमुर्झाओस् ।मुलुकको जुन कुनामा रहेर पढे पनि जीवन सुन्दर वनाउने एकथान सपना हरेक विद्यार्थीले देख्न सकोस् ।

सूचना प्रविधि

मानिसको प्रयोगवाट विभेद हुने खतरा अनन्त रहिरहन्छ । यसको समाधान मन भन्दा मष्तिष्कको प्रयोग गर्न सक्ने मानिसको उपयोगवाट हुन सक्छ । मानिसको मन पूर्वाग्रही हुन्छ । मष्तिष्क विवेकी हुन्छ यद्यपी संकिर्ण भने हुन सक्छ । यहाँ प्रविधिको प्रयोग मनको पूर्वाग्रह नियन्त्रण गर्न र मष्तिष्कको विवेकशिलता वढाउने अर्थमा समेत गर्ने गरिन्छ । यसैले सूचना र प्रविधिको महत्तम प्रयोग गरी शिक्षामा देखिएको वर्तमानको खाडल अर्थात विभेद कम गर्न सकिन्छ ।

साथै मानिस मानिस वीच विभिन्नता रहन्छ । सुगममा काम गर्ने शिक्षक सक्षम र समर्पित हुने तर दुर्गममा काम गर्ने शिक्षक कमजोर र कामचोर रहने संभावना समेत उत्तिकै रहने हुँदा यो अवस्थाको अन्त समेत प्रविधिको प्रयोगवाट गर्न सकिन्छ । विद्यार्थीहरुलाई सिकाइको असीम अवसरवाट सुसज्जित गराउन सकिन्छ । कुना कन्दरा समेतमा समान सिकाइको अवसर दिलाउन सकिन्छ ।

यसरी प्रविधिले विद्यार्थीको सिकाइमा समन्याय गर्न सक्दछ । यसैले अवको शिक्षा प्रणालीको पुनसंरिचत गर्दा प्रत्येक विद्यार्थी र विद्यालयमा सूचना प्रविधिको पहुँच कायम गर्ने गरी र शिक्षाको अभिन्न अंगका रुपमा प्रविधिलाई आत्मसात गर्ने गरी पुनसंरचित गर्नु पर्दछ ।

निष्कर्ष

सामन्ती मेकाले शिक्षा प्रणालीको पुनसंरचना गर्न एउटा अवसर दैलोमा फेरी देखिएको छ । शिक्षा व्यवस्थावाट युगिन रुपमा प्रताडितहरु माझ पुनस्एउटा आशा पलाएको छ । युगौयुगसम्म शिक्षाको न्यानो घाम ताप्नवाट वञ्चित भएकाहरुको मुहारमा फेरी एउटा खुशी देखिन खोज्दैछ । यो अवसरलाई प्रयोग गरौ र शिक्षामा गरिव र दुर्गमले अनुभूत गरेको विभेद हटाऔ ।

मौजुदाको शिक्षा प्रणालीले आत्मसात गरेको गल्लास सिलिङ इफेक्ट हटाइ सिर्जनसील मष्तिष्कहरुलाई झन् अघी वढाउने शिक्षा प्रणालीको निर्माण गरौं । अवसरको नियोजन गर्ने नभइ अनन्त अवसरको सिर्जना गर्न सक्ने ज्ञान र सोचको दायरलाई क्षितीजीकरण गर्न सक्ने शिक्षा प्रणालीको विनिर्माण गरौं।

सूचना र प्रविधिको महत्तम प्रयोग गर्दै स्थानीयकरण र विश्वव्यापीकरणवीच सन्तुलन कायम गर्न सक्ने शिक्षा प्रणाली आजको आवश्यकता हो, निर्माण गरौं । सारमा एउटा अवसर छ यसको सदुपयोग गरी विश्व नागरिकको निर्माणमा कामयावी हुने शिक्षा प्रणालीको पुनसंरचना गरौ ।

उप सचिव, वीरेन्द्रनगर नगरपालिका सुर्खेत  ।