मार्च ८ र कम्युनिस्ट आन्दोलनमा महिला मुक्तिको प्रश्न

बिश्वब्यापी इतिहाँसमा राज्यसत्ता परिवर्तनको लागि महत्त्वपूर्ण आन्दोलनहरू भएको पाइन्छ । हरेक परिवर्तनको पछाडी राज्यसत्ता दासयुग सामन्तबादी युग र पुजीवादी युगमा बिश्व प्रवेश गरेपनी विश्वभरी महिला मुक्तिको कुरा र महिलामाथी भएको अत्याचार र त्यसको गहिरो अध्यन अनुसन्धान र महिला मुक्ति आन्दोलनको भूमिकाको बारेमा पुजीवादी राष्ट्रमा सकारात्मक मुल्यांकन भएको पाइदैन ।

८ मार्चको बारेमा सयुक्त राष्ट्रसंघ मार्फत अन्तर्राष्ट्रिय मान्यता दिएपनी त्यो भन्दा पहिले समाजबादी राष्ट्र सोभियत रूसको अगुवाइमा उत्पीडित बर्ग र महिलाको बारेमा गहिरिएर अध्यन सकारात्मक निर्णय लिएको पाइन्छ । जसको जस्को बिस्तृत ब्याख्या तल गर्न खोजिएको छ।

विश्व मानव सभ्यताको लामो इतिहासलाई गहिरो र गम्भीर बनेर ऐतिहासिक भौतिकबादी कोण होस या त सम्पुर्ण धर्मशास्त्रका कोणकोण केलाएर अध्यन गर्ने हो भने मानव जातिको दुख भन्ने सब्दको नमेटिएको नाम महिला हो त्यसबाट मुक्तिकोलागी इतिहासमा भुल्न नसकिने महिला आन्दोलन भएका छन । त्यस्तै महिला आन्दोलनको बिर्सन नहुने ऐतिहासिक दिन ८ मार्च हो ।

त्यो भन्दा पहिले सन १८५७ मा अमेरिकामा गार्मेन्ट मजदुर महिलाहरुले हडताल गरेको इतिहास छ । जतिबेला धेरै महिलाहरुको बलिदान भएको थियोे त्यसैको सम्झनामा सन १९१० मा डेनमार्कको कोपन हेगनमा अन्तर्राष्ट्रिय महिला सम्मेलनमा क्यालरा जेट्किन रोजा लगायतका केही महिलाले अमेरिकाको गार्मेन्टमा महिलाहरुले हडताल गर्नेक्रममा बलिदान भएको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउने भन्ने प्रस्ताव राखेपछि ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउन थालिएको हो ।

तर त्यो प्रस्ताव बिश्वब्यापी हुनसकेको थिएन । जब सन १९१७ मा लेनिनको नेतृत्वमा रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो । त्यतिबेला देखि नै सोभियत रुस कम्युनिस्ट पार्टीले राजकीय रूपमा नै सरकारी स्तरबाट निर्णय गरेर ८ मार्चलाइ बिधिबत रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउने भनेर घोषणा गरेको पाइन्छ । त्यसपछि संसारभरिका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउन थालेको हो ।

पछि बिस्तारै कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट सत्ता कमजोर बन्दै गएपछि कम्युनिस्ट आन्दोलनले स्थापित गरेका थुप्रै राम्रा कामहरु बुर्जुवा बर्गले नक्कल गरेर लागु गर्न थालेपछी १९७५ मा संयुक्त राष्ट्र संघले निर्नयार्थ पास गरेर बिश्वब्यापी रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको नाममा श्रमिक हटाएर अन्तर्राष्ट्रिय महिला दिबस मनाउन थालिएको हो । श्रमिक हटाएर पुजिपती महिलाहरुको समेत दिबस बनाइएको हो । त्यसपछि मात्रै संसारभरी ८ मार्चलाइ अन्तर्राष्ट्रिय महिला दिबसको रूपमा मनाउन थालिएको हो।

महिला उत्पिडन सम्बन्धि केहि कुरा

संसारको सबभन्दा लामो दुख के हो ? भनेर सोधेर प्रश्न गर्दा त्यसको उत्तर महिला हो भनेर भन्न सकिन्छ । बिश्व मानव सभ्यताको बिकास सँगसगै मानव असमान बर्गको निर्माण भएसगै महिलामाथी चरम उत्पिडन भएको हो । महिला उत्पिडनको इतिहास अध्यन गर्दा मानव समाजमा बर्गको निर्माण भएको झन्डै साढे आठ हजार बर्ष बेसि भयो ।

भने महिला हिंसा र उत्पिडन भएको पनि साडे आठ हजार बर्ष भन्दा बेसि भएको तितो सत्य हो। निजि सम्पत्ति र निजि समान सगसगै महिलालाई पनि निजि साधनको रूपमा प्रयोग गरेको तथ्य हो । महिलाको निम्ति निजि श्रीमान भन्ने रहेन । पुरुषको लागि निजि श्रीमति बनाउने जस्ले सन्तान उत्पादन र पुरुषले भनेका सबै काम गर्नुपर्ने त्यसो गर्न नसकेपछि पुरुषबाट मारिनुपर्ने कानुनी रूपमा आयो ।

तथ्यले के देखाउछ भने दास युगको सुरु हुनु भन्दा पहिले नै निजि सम्पत्तिको सुरुसगै महिलाहरू पहिलो दासको रूपमा परिनत भएको पाइन्छ । दास युगको अन्त्य भयपनी माहिला दासहरु यथावत उत्पीडित बनिरहेको इतिहास छ । सामन्तबदी युगमा सामन्तबाट भुदास किसान उत्पीडित बर्ग जाती समुदाय उत्पिडनमा पर्‍यो भने उत्पीडित बर्ग जाती समुदाय किसान मजदुर र सामन्तिबर्गकै महिलाहरु सम्पुर्ण रूपमा महिला हिंसा र उत्पिडनमा परेका इतिहासमा ताजै छन ।

तथ्यगत रूपमा अध्यन गर्दा उत्पीडित भित्रको महा उत्पीडित मानव जाती भनेकै महिला हुनपुगेको हो।
त्यसपछि पुजिबाद आयो पुजीवादी ब्यबस्थामापनी पुजिपती बर्गभित्रकै महिला उत्पीडित मजदुर बर्गभित्र मजदुर महिला उत्पीडित किसान बर्गभित्र किसान महिला उत्पीडित सम्पुर्ण जाती समुदाय बर्ग भित्रमा सम्पूर्ण महिला उत्पीडितको इतिहास छ । साडे आठ हजार बर्ष पुरानो इतिहासमा बर्गको निर्माण सगै दास युग सामन्तबादी युग पुजीवादी युग सम्म आउँदा दास किसान दास मजदुर बर्ग समुदाय मुक्त भय तर महिलाहरू आर्थिक सामाजिक संसकृतिक धार्मिक हिसाबले संसारभरी मुक्त हुन सकिरहेका छैनन ।

साम्राज्यवाद तथा भुमण्डलिकृत पुजीवाद र महिला 

दासयुग,सामन्तबादी युग औद्योगिक पुजीवादी युगमा महिलाको श्रमलाई सोषन गर्ने भन्दा भुमण्डलिकृत पुजिबादी युग महिला हिंसामा नित्कृष्ट र पासबिक तरिकाले उत्रेको छ । रूपमा हेर्दा स्वतन्त्रता जस्तो देखिएपनी सारमा महिलाहरुमाथी हुनेगरेको हिंसालाई गम्भीर अध्यन गर्ने हो भने समन्तबादी युगमा समाजमा महिला बेश्याबृती तथा देह ब्यापार कम हुनेगरेको पाइन्छ ।

त्यतिबेला सामन्त राजा महाराजाले यौन सोसन तथा महिला उत्पिडन गर्दा गनिका कक्ष भनेर राखेको पाइन्छ । हिजोका सामन्तबादी युगका राजा महाराजाहरुले गरेको भन्दा अहिलेको पुजीवादी युगमा महिला हिंसा नारी उत्पिडन अत्यन्तै डरलाग्दो र पासबिक तरिकाले बढेको पाइन्छ अहिलेसम्मकै सबैभन्दा आफुहरुलाइ अत्यन्तै मानव अधिकारबादी मुलुकहरू मध्य अब्बल दर्जाका राष्ट्र भन्न रुचाउने अमेरिका नर्बे र समाज बिकास र स्वतन्त्रताको हिसाबले आफुलाइ बिकासको उच्च गतिको रूपमा अगाडी देखिन कहलाउने थाइल्यान्ड जस्ता देशहरूमा माहिलालाइ बाध्यात्मक रूपमा देह ब्यापार गर्न बाध्य पारिएको पाइन्छ ।

त्यस्ता स्थानहरुमा बाहिय पर्यटकहरुलाई मनोरञ्जनका लागि हेर्नकालागी समेत खुल्ला गरेको पाइन्छ । निन्दनीय त के छ भने जबर्जस्त महिलाहरूमाथी यौनजन्य हिंसा भएको समेतलाई देखाइन्छ । जहाँ पुजीवादी युगका आफुलाइ मानव अधिकारबादी तथा मानबताबादी स्वतन्त्रताको उच्च अभ्यास गरेको दाबी गरेका छन । जहाँ लाखौलाख नारिहरुलाइ पैसाको मोलमोलाइ गरेर किन्ने र बेच्ने प्रचलन स्थापित गरेका छ्न ।

अहिले पनि महिला हिंसा सम्बन्धि बिश्वको तथ्यांक हेर्ने हो भने प्रतिदिन एक अरबको संख्यामा महिला हिंसा हुन्छ । यो हिंसालाई अध्यन गर्ने हो भने दोस्रो बिश्वयुद्द भन्दापनी चरम उत्पिडन भएको मान्न सकिन्छ । अझ यसलाई सपार्ट पारेर भन्ने हो भने पृतिसत्ताबादी सोचबाट उत्पादित पुजिबादले हरेकदिन एक एक अरब महिलामाथी गरेको उत्पिडन र अत्याचारको भयानक विश्व युद्ध हो । जसलाई अहिलेसम्म कुनैपनी समाजसाश्त्री उल्लेख गरेको पाइदैन । बर्गको उत्पतिसँगै लगातार आठ हजार बर्षदेखि अहिलेसम्म पुरुषले महिलामाथी गरेको अत्याचारको तितो इतिहास हो ।

महिलामाथी उत्पिडन हुने मुल समस्या पृतिसत्ताबाद के हो ?

पुजिबादको उदयसगै महिलाहरूमा देखिएको स्वतन्त्रता र उत्पिडनको ब्याख्या हुनु जरुरी छ । दास युग तथा सामन्तबादी युगभन्दा पुजीवादी युगमा राजनीति आर्थिक सामाजिक अधिकारहरु पुजीवादले धेरै दिएको पाइन्छ । तर महिला माथि पुरुषहरूको उत्पिडको मुल समस्या के हो भन्ने कुरा अहिलेसम्म कम्युनिस्ट आन्दोलन तथा प्रजातान्त्रिक मुलुकमा बहस हुन सकेको छैन । कम्युनिस्ट शासन ब्यबस्था स्थापना भएका धेरै राष्ट्रहरुमापनी महिला मुक्तिको प्रश्नको गम्भीर छलफल हुन नसकेको हो ।

महिला उत्पिडनको समस्या सर्बहारा बर्गकै हैसियतमा बर्गिय उत्पिडनको समस्या हो । जसको मुक्तिको प्रश्न सर्बहारा बर्गको मुक्तिकै आन्दोलन सग जोडेर लिनु जरुरी छ । महिला बर्ग होइन तर महिला उत्पिडनको समस्या सर्बहाराबर्गकै स्तरको समस्या हो । अबको जनबादि क्रान्ति समाजबादी क्रान्तिमा महिला मुक्तिलाई समाजदको स्थाइत्व र प्रतिक्रान्तिको निर्मुलिकरणमा अनिवार्य महिला मुक्तिको प्रश्न सग जोडिएर आउँछ ।

जसरी निजि सम्पत्तिको उत्पादन बर्गको उत्पादन सगै पृतिसता र महिला उत्पिडनको सुरुवात भएको हो । त्यसैले महिलामाथी हुने सम्पुर्ण हिंसालाई बर्गियमुक्ती आन्दोलनकै अभिन्न अङ्ग हो भनेर बुझ्न जरुरी छ महिला हिंसालाई कुनै किसान समस्या जस्तो होईन भनेर राजनीति पार्टी र सम्पुर्ण महिला अधिकारबादी महिला आन्दोलनकारिले बुझ्न् नितान्त जरुरी छ । बैज्ञानिक समाजबादी क्रान्तिको आधारभूत शक्तिनै सर्बहारा मजदुर महिला हो र सर्बहारा बर्गकै रूपमा महिला मुक्तिको आन्दोलन उठाउन जरुरी छ।

माक्र्सवादी दृष्ट्रिकोणमा प्रेम र स्वतन्त्रता 

कम्युनिस्ट आन्दोलनको लामो इतिहास अध्यन गर्दा प्रेमलाइ ब्याख्या दुई तरिकाले गरेको पाइन्छ । एउटा बर्गियता र अर्को एकनिष्ठता यतिलेमात्र महिला स्वतन्त्रताको कुरा अपुरो हुन्छ । रुसी कम्युनिस्ट आन्दोलनमा प्रेम र स्वतन्त्रतालाई एकनिष्ठता र बर्गियताले मात्रै सर्बब्यापी बनाउन सक्तैन भन्ने केलरा जेट्किन इलेक्जेन्ड्रा कोलन्ताइले महान बहसमा ल्याउनु भएको छ । प्रेमको एउटामात्र आकार देख्ने दृस्ठिकोणलेनै महिला मुक्ति आन्दोलनले स्वतन्त्रताको सफलता हासिल गर्न नसकेको तितो इतिहास छ ।

धेरै महिला राजनीति अधिकारकर्मीहरुमा प्रेम भनेको मन परेपछि महिला स्वतन्त्रताको सबथोक प्रेम पूरा भएको ब्याख्या गर्छन । यो बुझाइ र ब्याख्या नै नितान्त अधिभुत बादी चिन्तन हो प्रेम भनेको आफैले जोडी छान्न पाउनेलाइ मात्रै प्रेमभित्रको स्वतन्त्रता होईन वास्तविक रूपमा माक्र्सवादी दृस्ठिकोणको बैज्ञानिक कोणमा प्रेमभनेको महिला र पुरुष समान्तामा आधारित प्रेमलाइ प्रेम भनिन्छ ।

मुल समस्या अहिले महिला र पुरुष समनतामा आधारित प्रेमकै समस्या हो अबको माक्र्सवादी महिला आन्दोलनकर्मिले यो कुरालाई बुझ्न जरुरी छ। नेपाली समाजमा महिला स्वतन्त्रता र मुक्तिको प्रसङ्ग हेर्दा महिला र पुरुषको प्रेमबाट सुरु भएको सम्बन्ध वैवाहिक बन्धनपछि उत्पिडनमा रुपान्तरण भएको छ । यस्तो प्रकारको प्रेमलाइ प्रेम र स्वतन्त्रताको हिसाबले गम्भीर तरिकाले सोच्न बाध्य बनाउछ अबका माक्र्सवादी तथा प्रजातान्त्रिक महिला राजनीति कर्मी महिलाहरूले महिला र पुरुष संमानतामा आधारित आन्दोलनको बहस चलाउन जरुरी छ ।

नेपाली महिला मुक्ति आन्दोलन र मुक्तिको प्रश्न 

नेपाली समाजमा महिला मुक्तिको लागि नेपाली प्रजातान्त्रिक आन्दोलन देखि बर्गियमुक्ती आन्दोलनसम्मको इतिहासमा हेर्दा महिलाको उल्लेखनीय सहभागिता भएको छ । २००७ सालको राणा बिरोधि आन्दोलन २०२८ सालको झापा बिद्रोह २०४६ सालको जन आन्दोलन र दस बर्षको महान जनयुद्धमा महिला सहभागिताको मुल उदेश्य महिला माथी भएको उत्पिडन र अत्याचारको विरुद्धमा थियोे । भन्ने कुरालाई नेपाली राजनीतिमा गम्भीर समिक्षा नहुनु दुर्भाग्य हो ।

महिला अधिकारलाई सिङ्गो महिला मुक्ति आन्दोलनमा महिलाहरूको उल्लेख्य सहभागिता त्याग र बिरतापुर्ण बलिदानलाई बर्तमन अबस्थामा किसानको समस्या छेत्रीए समस्याको हिसाबले हेरिनु मुलत संविधानमै विभेद छ र राजनीति पार्टीहरुमा समेत खोटपुर्न दृष्टिकोण छ ।

जबसम्म समाज परिवर्तन र राज्यको कार्यकारी पदमा समेतमा पुरुषहरु बराबर महिलाको छेमता छेमता हुन्छ र छ भन्ने बैचारिक चिन्तन र दृष्टिकोणबाट राजनीतिमा बहस हुन सक्तैन तबसम्म महिला मुक्तिको प्रश्न ओझेलमा रहिरहन्छ महिलाहरूको सहभागिता बिना बिश्वब्यापी राजनीति आन्दोलन र वर्गसंघर्षको इतिहासमा सफलता असम्भव देखिन्छ ।

त्यसरीनै राज्यको कार्यकारी स्थानमा महिलाहरुको सहभागिता बिना राज्य ब्यबस्था अपुरो र अपांग रहन्छ भन्नेतिर अबको राजनीतिमा महिला मुक्तिको बहस हुन जरुरी छ बर्तमन संविधानमा र अहिलेका कम्युनिस्ट नामधारी पार्टी र आफुलाइ उचित प्रजातान्त्रिक राजनीति पार्टी भन्न रुचाउने राजनीति दलहरुको बैचारिक दृष्टिकोण हेर्दा महिला मुक्ती भन्दा महिलाको सहभागिता र आरक्षण पृतिसत्ताबादी सोचको घनत्वोको आकडाबाट हेर्दा महिला मुक्तिको प्रश्ननै राज्यको मुल समस्या हो भनेर नबुझ्ने देखिएको छ।

बुर्जुवा राजनीति पार्टी र महिलाहरूमा देखिएको गम्भीर कन्फ्युजन

महिला आन्दोलनमा महिला मुक्तिको कुरासँग हरेक बहसमा महिला नेतृत्वले गरेको बहस र बुझाइ गम्भीर अकर्मण्यता देखिन्छ । महिला मुक्तिको बिषयलाई राजनीति पार्टीको मुल निर्णयलाइ सैनिक निर्देशनको रूपमा बुझ्ने समस्या छ । अहिले सत्तामा र प्रतिपक्षी राजनीति पार्टीको कार्यकारी पदमा बसेका महिलाहरूले छड्के किनारमा बसेका साक्षीको रूपमा भुमिका निर्वाह गरेको पाइन्छ ।

कतिपय राजनीति दलका महिलाहरुमा आफ्नो राजनीति पार्टिले पृतिसत्ताबादी निर्णय गरेपछि पनि त्यो सहि ठान्ने पाखण्डी पृतिसत्ताबादी सोच बुर्जुवा राजनीति पार्टीका महिलाहरूमा गम्भीर समस्या देखिन्छ मुख्य कुरा बिश्व महिला मुक्तिको कुरा र कम्युनिस्ट आन्दोलनको भूमिकाको बारेमा सुरुमै भुमिकामा लेखिएको छ वास्तविक कम्युनिस्ट पार्टी माक्र्सवादी चिन्तन बाहेकका बुर्जुवा राजनीति पार्टी बुर्जुवा सरकारले महिला मुक्तिको प्रसङ्ग सब मिथ्या हो भन्ने साबित छ ।

यतिबेला कथित कम्युनिस्ट नामधारी राजनीति गर्ने पार्टी र तिनैको पेरिफेरिमा बनेको सरकारले महिला अधिकार मुक्ति सत्तामा महिलाको भुमिका सबैभन्दा रुढीबाद पाखण्ड पृतिसतात्मक चिन्तन अनुरूपको देख्दादेख्दै चुपचापले समर्थन र त्यसैलाई कम्युनिस्टको राजनीति कार्यदिशा कम्युनिस्टको सरकार देख्नु गम्भीर समस्या हो ।

बास्तबिकता के हो भने अर्ध सामन्त तथा अर्ध उपनिवेशिक राज्य ब्यबस्था चलेको देशमा जबसम्म जनबादी क्रान्ति मार्फत जनबादी गणतन्त्र स्थापना गरेर बैज्ञानिक समाजबादी समाजको निर्माणसगै महिला र पुरुष सम्मान सहभागिता सहितको राज्य ब्यबस्थाको निर्माण सगै महिला मुक्तिको सुन्दर भबिश्य सुनिश्चित हुन्छ ।

धेरैजसो महिला राजनीति कर्मी तथा महिला अधिकारकर्मीले महिला उत्पिडनको मुल समस्या सामाजिक अअर्थिक धार्मिक संसकृतिक मात्रै देखाउछन त्यो मात्रै होइन जबसम्म राज्यसत्ता संचालन लगायतका सम्पुर्ण कार्यमा पुरुष सरह महिलाको संमान सहभागिता र श्रममा महिला सरह पुरुषले संमान सहभागिता जनाउने राज्यको मुल कानुन बन्दैन ।

त्यहाँ सम्म महिला मुक्तीको कुरा असत्य साबित हुनेछ राज्यको स्वरुप पुर्नरुपले जनबादी तथा सर्बहारा बर्गको अधिनायकवादी बन्दैन त्यहासम्म महिलाको भुमिका शून्य रहनेछ त्यसको लागि जनबादी गणतन्त्र स्थापना हुन जरुरी छ । अनिमात्र बैज्ञानिक समाजबादी क्रान्तिका लागी बलियो आधार तयार निर्माण हुन्छ समाजबादी क्रान्तिमा पुरुषहरूको भन्दा महिलाको भुमिका अत्यन्तै महत्त्वपूर्ण बन्छ ।

नेपाली महिला नेतृत्वमा देखिएको वास्तविक समस्या 

नेपाली महिला मुक्ति आन्दोलनमा महिलाहरुले जसरी मुक्तिको लागी बलिदानी पुर्बक संघर्स गरेर सत्ता र शक्तिमा पुग्दछन त्यसपछि भुमिकाहिन आकडामा सिमित भएको देखिन्छ महिला अधिकार र मुक्तिका लागी सत्तामा सरकारमा पुग्छन । आफुले रुचाउने राजनीति सिद्धान्त राजनीति पार्टीको बफादार सिपाहीको मात्रै भूमिकाको जिम्मेवारीमा सिमित रहन्छन् ।

श्रीमानले महिला अधिकार यहीं हो यहाँ देखी अगाडी जानेबाटोपनी यहीं हो भनेपछि महिला नेताकार्यकर्ता त्यसैमा सिमित रहन्छन योनै महिलाभित्र उत्पन्न पृतिसत्ताबादी अकर्मण्यता गम्भीर समस्या हो । पुरुषले लेख्देको प्रतिबेदन महिलाको अधिबेशन र संघसंगठनका कार्यक्रममा रटाउने समाजबाद महिलाको मुक्तिको नचाहिने सपनाहरू अलाप्नु रहस्यमय समस्या बनेको छ ।

श्रीमान तथा आफ्नो राजनीति नेर्तित्वसग कार्यकारी पदको बार्गेनिङ गरेर महिला अधिकार तथा मुक्तिको आन्दोलनको मुद्दाहरूको बेवास्ता गर्ने जस्ता समस्या देखा परेका छन् अबको महिला मुक्ति आन्दोलन जनबादी गणतन्त्रको स्थापना गर्नको लागी जनबादी क्रान्तिको बाटोमा लाग्न अनिवार्य जरुरी छ । जनबादी क्रान्ति सप्पन्न गरेरमात्र बैज्ञानिक समाजबादी क्रान्तिका लागि सिङ्गो समाज तयार हुन्छ बैज्ञानिक समाजबादी क्रान्तिमामात्रै पुरुष सरह महिलाको संमान सहभागिता बढेर जान्छ भन्ने कुरामा अबको महिला अगुवा तथा अधिकार कर्मिले बुझ्न जरुरी छ ।

लेखकः देशभक्त जन गणतान्त्रिक मोर्चा केन्द्रिय सदस्य हुनुहुन्छ ।