परीक्षा प्रणाली र दक्ष जनशक्तिको सवाल

यतिबेला बिद्यार्थीको लागि फलामे गेटको रुपमा रहेको SEE परिक्षा सन्निकट भबिश्यमा छ । एसइईसंगै बिद्यार्थीको सपनाको पहिलो ढोका खुल्नेछ । बिद्यार्थीहरूकाे भबिश्यका निम्ति निरन्तरताकाे अर्काे चरण सुरू हुनेछ । विगतमा SEE दिदा वा पास गर्दा एक निश्चित अवस्था प्राप्त गरेको मानीन्थ्यो । एसईइले नयाँ सपनाको अध्याय सुरु गरेको मानिन्थ्यो ।

सरकारी सेवाको पहिलो ढोका खुलेको बुझीन्थ्यो यद्धपी आजका दिनमा अझै केही प्रकृया बाकी छन् । विगतको परिक्षा र हाल हुने परिक्षाको बुझाई र व्यावहारिक्ता केही फरक पनि छन । यहाँ SEE मात्र होइन सम्रग परिक्षा प्रणाली र देशको जनशक्तीका सवालहरुमा लेख्ने प्रयास गर्दैछु ।

आजको २१ औँ शताव्दीको युग बैज्ञानीक शिक्षाको युग हो । यसो भन्दा उचित होला यो शिक्षाको युग हो र वैज्ञानीक युग हो । यसर्थ यो शैक्षिक फड्को मार्ने युग पनि हो । संसारका विकसित देशहरुमा मानव निर्मीत यन्त्र र कम्प्युटर द्धारा शिक्षा लिइरहेका छन । सफटवयरको बिकाससंगै मान्छे रोर्बटमा परिबर्तन भएको छ ।

मान्छेले गर्ने कामहरु रोर्बटले गर्दछ । नयाँ नया खोज अनुसन्धान, अध्ययन र विकास पनि भइरहेको छ । ति मुलुकका विद्यार्थी र शिक्षकले विद्यालयमा धाउनु पर्दैन भन्दा हामीलाई अनौठो पनी लाग्ने गदर्छ तर हामी नेपालीका लागि यो तितो सत्य नै हो ।

संसार विकसित अवस्थामा पुग्दा समेत हामी किन पछाडी छौ ? हामी किन अहिले पनि गुरुकुल अवस्थामा शिक्षा लिई रहनु पर्ने स्थिती छ । यिनै सवालहरुमा केन्द्रीत रहेर हाम्रो देशको परिक्षा प्रणाली र उत्पादीत जनशक्तिका सवालहरुमा केहि बहस गर्ने जर्मको गरीहेकोछुौ ।

सर्वप्रथम त यहाँ परिक्षा प्रर्णालीको कुरा गर्नु भन्दा अगाडी देशको शैक्षिक सवालमा केही कुरा गर्न जरुरी छ । खास गरी हरेक शैक्षिक मुद्धाहरुमा भएका विद्यार्थी आन्दोलन र विषेश गरी जनयुद्धकालमा अखिल क्रान्तिकारीको नेतृत्वमा शैक्षिक सवालका ठुला ठुला आन्दोलन संघर्ष भए ।

केवल अव्यहारीक , अवैज्ञानीक शिक्षाको अन्त्य , जनवादी वैज्ञानीक , व्यवहारीक , सिपमुलक रोजगार मुलक शिक्षाको स्थापना गर्नका निम्ती संघर्ष र बलिदानका कृतिमानहरु खडा भएता पनि अहिलेसम्म यसको व्यवहारीक पुष्टी हुन सकीरहेको छैन ।

अहिले प्रचलनमा रहेको शिक्षाले सामान्यतया चेतना स्तर उठाइदिएकोे छ । दैनिक कार्य संचालन र औपचारीक कार्यलयका काम त गर्न सक्छन् । तर हाम्रो जस्तो अर्धऔपनिवेसीक तथा अर्धविकास उन्मुख कृषिमा आधारित कृर्षि प्रदान देशमा कृषि सम्बन्धी र अन्य व्यवहारीक शिक्षाका सवालमा कत्ती पनि व्यवहारीक्ता छैन ।

जसकारण शैक्षिक प्रमाणपत्र बोकेको वेरोजगार युवाहरु भौतारी रहनु पर्ने जहाँ जेसुकै आयोग खुला सबैले आफ्ना कागजपत्र पेश गरी नाम निकाल्नका लागी निश्चित हाकीमहरुको जिहजुरी , पाउमलाई देखि घुससम्म खुवाउने स्थीती बनिरहेको छ । त्यसरी पनि जागीर फिक्स नभएपछी अन्तीममा फर्केर मार्कसिट थन्काउदै परम्परादेखी गर्दै आएको किसान खेतीमा बावुवाजेको बिडो थामेर बस्नुपर्ने नेपाली युवाहरुको विवशता छ ।

यसर्थ जागीरे मानमिकताको पढाई र शिक्षा प्रर्णालीका कारण हाम्रा विद्यालय दक्ष जनशक्ति होइन वेरोजगार जन्माउने कारखाना बनिरहेका छन् । हरेक व्यक्तिको जिवन २५ वर्षसम्म अध्ययन , ३० वर्षभित्र रोजगारी , ४५ वर्षसम्म आयआर्जन , ५५ सम्म छुटेका वडी व्यवस्थापन समिक्षा , ६० देखी माथी रेष्टको चरण हुनुपर्ने हो । तर लागु गर्न सकीरहेका छैनौ ।

संसारमा भौतिक पुर्वाधार देखी सफ्टवयेरको विकासमा जो चमत्कारीक रुपले फड्को मारेको छ । यो शिक्षाले नै ग¥यो । चाहे मंगल ग्रहहरुमा पुग्ने होस या नयाँ प्राविधिक र आर्णविक हातहतिर विकास उत्पादन उपयोगदेखी बिलासिताका सम्मानहरु विकास शिक्षालेनै हो । यो यर्थात हुँदाहुदै पनी हाम्रो देशमा आत्मरती लिने वाहेक व्यवहारीकता प्रयोग गर्न, सकीरहेका छैनन् । जसकारण हातमा सर्टिफिकेट लिएका युवक खाडी मुलुकदेखी इन्डीयाका गल्लीहरुमा धाइरहनु पर्ने वाध्यता छ ।

यसको मुख्य समस्या भनेकै हाम्रो शिक्षा प्रार्णली हो भने अर्को परिक्षा प्रर्णाली हो । परिक्षा प्रर्णालीमा सिस्टम छैन । विद्यार्थीलाई एम्बुसमा पार्ने गरी सोधीएका प्रश्नहरु निश्चित समय सिमा भित्र उत्तर दिनुृ पर्ने हुदा जागीर र रोजगरीका निम्ति जसरी पनि पास हुनुपर्छ भन्ने मनशायले चिटिङ गरेर हुन्छ । अन्य तरीकाले अपनाएर पनि पास गर्नका लागि परिक्षा केवल औपचारिक्ता निर्वाहा गर्ने थलो वनेको छ ।

कडाइका साथ पढाई हुदैन विषय अनुरुप शिक्षक हुदैन । विना व्यवस्थापन र भौतिक पुर्वाधार विनानै विद्यालय खोल्ने अनुमती दिइन्छ । अस्थव्यवस्थाको विचमा सञ्चालन हुने परिक्षा टाइट गर्ने आट पनि हुदैन आफ्नो विद्यालयले प्रतिशत राम्रो ल्याहोस जती सके बढी विद्यार्थी उत्तिर्ण हुन भन्ने अभीभावक दखी शिक्षकको चाहना हुन्छनै ।

यसको परीणाम शिक्षकहरुनै चिटीङ्ग गराउने देखी बोर्डमा लेख्ने र गेस पेपरका पेजहरु भन्न सम्म पुग्छन् । अर्कोतिर विदेश बाट शैक्षिक क्षेत्रमा भएको लगानी उपलब्धी मुलक छ र प्रगती भईरहेको साक्षरता प्रतिशत वढीरहेको देखाउनु पर्ने नेपालसरकारलाई छ ।

यो सवैको समयकेन्द्र पढाई परिक्षा फितलो हुदै जानुले शैक्षिक प्रमाण पत्र बोकेका वेरोजगारहरुको अखडाको रुपमा विकास हुदै गएको छ । पछिल्लो समय पढाइलाई व्यवस्थीत गर्ने र कडाइका साथ परिक्षा संचालन गर्ने केन्द्रदेखी स्थानीय तहसम्मका सरकारहरु लागी परे पनी तत्कालै तोड्न सकिने अवस्था छैन ।

यदी अवस्थामा भई रहेको उत्पादनले के अहिलेको आवश्यक परिपुर्ति गर्न सक्लान ? गाईड , गेसपेपर , बोर्डमा लेखेर पास गरेको जनशक्तिले अहिलेको माग बमोजिम जिम्मेवारी पुरा गर्न सक्लान ? घुस , ज्याक र पाउमलाईका आधारमा जागीरे बनेकाहरुवाट जिम्मेवारी पुरा होला ? शिक्षामा चासो राख्ने देखी देशका सम्पुर्ण निकाएमा रहेका जिम्मेवारहरुले सोच्ने वेला भएको छ । अझ भनौ दुई तिहाइको कम्युनिष्ट सरकारले यी प्रश्नको जभाफ दिने गरी विकास गर्न जरुरी छ । शिक्षाले नै मुलुकको समृद्धिको सपना पुरा गर्दछ भन्ने कुरा सबैले बुझन जरुरी छ ।

अन्तमा आजको युगमा शिक्षा अनिवार्य आधारभुत विषय बनी सक्यो । यो अवस्थामा परिवर्तित परिस्थिती अनुरुपको शिक्षा प्रणाली , शैक्षिक सामाग्री , व्यवस्थापन र परिक्षा प्राणाली व्यवस्थापन नहुने हो भने आत्मनिर्भर होइन परनिर्भर हुनेछन् ।

आफ्नो खुट्टामा आफै उभीने नभई केही कसैको दासहरु निर्माण गर्ने थलो बन्न सक्छन् । पछिल्लो समय मा.वि. तह १२ कक्षासम्म घोषीत भएपछी जेनतेन १२ पास गर्ने र त्यसपछी पढाई निरन्त्रता नदिई बसीरहने अवस्था बन्दै गएको छ । यदी यही अवस्था रही रहने हो भने अवको केही वर्ष पछी १२ पास गरेका माथी पढ्न नसकेका कैयौँ वेरोगारहरुको अखडा गाउँघर बन्दैछ ।

तसर्थ फलामे ढोका पास गर्ने वेलामा मात्रै परिक्षामा मेहनत गरेर लाग्ने भन्दा सुरुदेखी परिक्षासम्म निरन्तर मिहेनत गर्ने अनुशासीत बन्ने र लगनशिल भएर अघी बढेमात्र आजको युगको सम्बोधन हुन सक्छ । अनिमात्र दक्ष जनशक्ति उत्पादन हुनसक्छ ।

विद्यालय तह (तत्कालीन एसएलसी) भन्दा माथिको शैक्षिक पाठ्यक्रम बनाउँदा नै श्रम, सीप देशलाई कस्तो खालको जनशक्तिको आवश्यकता छ र त्यसका लागि कुन किसिमको पाठ्यक्रमको आवश्यकता पर्छ भन्ने विषयमा ध्यान दिनुपर्ने जरुरत छ । विशेष गरी, प्राविधिक तथा व्यावसायिक शिक्षालाई अब राष्ट्रिय मान्यता प्रदान गरेर त्यसलाई शिक्षाको मूलधारमा समाहित गर्नैपर्छ । जसले दक्ष र सीपयुक्त जनशक्ति विकासमा योगदान दिन सक्छ ।

त्यसैले शिक्षामा सरोकार राख्ने निकाय सरकारी गैर सरकारी शिक्षक बुद्धिजिवी , बिद्यार्थी र अविभावक गम्भीर रुपले लाग्न जरुरी छ । नत्र सुघा रटाई पढाई र चिट चोराइको परिक्षा प्रणालीको चक्र चली रहने हो भने दक्ष जनशक्ति उत्पादन गर्ने खोक्रो नारा मात्र हुनेछ । समग्र रुपले देश पछाडि पर्दै जानेछ ।

लेखकः  पचालझरना गाउँपालिका  अध्यक्ष हुनुहुन्छ ।